नेकपाद्वारा स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बिरुद्ध संघर्षको शंखघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बिरुद्ध संघर्षको शंखघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ति जारी गर्दै संघर्षको शंखघोष गरेका हुन् । प्रवक्ता प्रकाण्डले २१ औँ शताव्दीको पहिलो दशकको मध्यवाट आफ्नो विश्वव्यापी साम्राज्य ग्ुमाउन थालेको अमेरिकी साम्राज्यवाद तेस्रो दशक प्रवेश गर्दा नगर्दै, विश्व दुई धुव्र र वहुधुव्रको रुपमा व्यक्त भइराखेको र वर्तमान वहुधुव्रीय विश्वको चरित्रले अमेरिकी साम्राज्यवादी विश्व वर्चश्वलाई धरापमा पार्न थालेपछि आतंकित र विक्षिप्त हुन पुगेको अमेरिकी साम्राज्यवाद विश्व पुर्ण नियन्त्रणको रणनीति विकास र त्यसको कार्यान्वयनको प्रकृया विश्वव्यापी रुपमा तिव्रताका साथ वढाई राखेको उल्लेख गर्दै हिन्द प्रशान्त रणनीति (IPS) यसैको खतरनाक अंग भएको कु्रा आजका मितिसम्म आउँदा दुनिँया र नेपालमा छर्लंग भएको ठोकुवा गरेका छन् । उनले नेपालमा MCC मार्फत सुरु गर्न थालेको अमेरिकी साम्राज्यवादी रणनीति अहिले SPP को रुपमा व्यक्त भएको उल्लेख गर्दै यो अमेरिकी साम्राज्यवादीे हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गत नेपाल राष्ट्र, नेपाली सेना र नेपाली जनता माथिको नाङ्गो हस्तक्षेप र गम्भीर षडयन्त्र भएको ठोकुवासमेत गरेका छन ।
घाेषित संघर्षका कार्यक्रमहरु अनुसार आज साँझ देशव्यापी मशाल जुलुश, भोलि असार ३ गते देशव्यापी विरोध प्रदर्शन तथा सभा र असार ४ गते शहर र सदरमुकामहरुमा अन्तरक्रिया गर्ने रहेका छन् ।
