‘नेपाल कम्युनिष्ट पार्टी संसदवादी बन्नै सक्दैन ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कुनैपनि हालतमा संसदबादी नबन्ने प्रतिबद्धता पुन : दोहोर्याएका छन । नेकपाद्वारा दाङको घोराहीमा आयोजित राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले सो प्रतिबद्धता पुन : दोहोर्याएका हुन । महासचिव विप्लवले पछिल्लो चुनावी प्रयोगको बिषयलाई लिएर पार्टी संसदबादी भयो भन्ने धारणाबारे प्रस्टीकरण दिदै विप्लव संसदबादी भए भन्दै कन्चन – सुदर्शनले पार्टी फुटाउने कार्यलाई अवसरबादी कदमको भएको बताए । उनले कन्चन-सुदर्शनको पार्टी फुटपछिको राजनीतिक प्रस्तावलाई जैसीको पात्रो जस्तो भएको टिप्पणी गर्दै कन्चन-सुदर्शनहरुले भालु तर्साउने हवाई फाएर मात्रै भएको बताउदै कोहिपनी भ्रमित नभएर क्रान्तिकारी युवाहरु बिचल्लित नहुन अपिलसमेत गरे ।
महासचिव विप्लवले भने – ‘क्रान्ति गर्ने पार्टी बनाउने हो, चन्दा उठाएर खाने पार्टी बनाउने होइन । संसदबादीहरुले उनको आँखाले हेर्दा हामीलाई संसदबादी देखे तर हामी संसदबादी होइनौ, हाम्रो दस्तावेजमा क्रान्तिको चित्र कोरिएको छ । आफ्नो कार्यदिशा देखेर आफै तर्सने कन्चनले कार्यकर्तालाई ढाँट्दै पुर्बाग्रह पोखेर क्रान्ति हुँदैन ।’
महासचिव विप्लवले पार्टीलाई फुटबाट जोगाउन आफु एक कदम पछि हटेको र अझै पछी हट्ने तयार हुँदै गर्दा मिडिया बाजी गर्नु नियति र पुर्बाग्रह भएको बताउदै अगाडि भने– ‘शान्त जिवनबाट सिर्जनाको सम्भावना हुदैन।उथलपुथलबाट नै नयाँ जीवनको सम्भावना हुन्छ। पुजीवाद रहेसम्म क्रान्ती अनिवार्य छ। पुजीवादको विरुद्धमा विभिन्न तरिकाले क्रान्ती चलिरहेको छ र हामी क्रान्तीको युगमा छौं।’

अमेरिका बलवान कमजोर जे भएपनी क्रान्ती सम्भव छ।अमेरिकाको एकछत्र राज अब दुनियाँमा चल्दैन।अधिकतम जनता दलाल पुजीवादका विरुद्धमा भएकाले क्रान्ती सम्भव भएको महासचिव विप्लवको ठहर थियो। अमेरिकालाइ जित्ने हो भने दलाल पुजीवादी सत्तालाइ फाल्नुपर्ने र स्वाधिन देशले मात्रै साम्राज्यवादसंग लड्न सक्ने महासचिव विप्लवको जिकिर थियो।
महासचिव विप्लवले दलाल पुजीवादी सत्ता असफल र संकटग्रस्त हुँदै गएको बताउदै यो सत्ता र व्यवस्था जनताको आखामा लोकप्रिय नभइ जनतालाइ कंगाल बनाएर लुटिखाने व्यवस्था भएको टिप्पणी समेत गरेका थिए। पुजीवादी व्यवस्थाले कम्युनिस्टहरुलाइ भोक,प्यास र छट्पटीमा सडाउन चाहेको महासचिव विप्लवको भनाइ थियो। नेकपा बिभाजन गरि छुट्टै पार्टी बनाएर हिडेका कन्चन-सुदर्शनमा निजि स्वार्थ सहितको पुजीवादी अर्थवाद देखा परेको महासचिव विप्लवको भनाइ थियो।

सोहि प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य विषमले कम्युनिस्टहरुले यो समाजलाइ सचेत रुपले बदल्न चाहेको बताएका थिए। उनले भने– ‘कम्युनिस्टहरु यो समाज बदल्न चाहान्छन,अचेतन मानवलाइ सचेत बनाउछन।’
गलतका विरुद्ध हिजो आफ्नै गुरुहरुलाइ छाडेर आएको भन्दै नेता विषमले कन्चन-सुदर्शन समुहको फुटबाद,गुटबाद र अराजकताबादलाइ परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गर्नु आजको मुख्य जिम्मेवारी रहेको बताए।
यस्तै प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य आदर्शले नेकपा (बहुमत)का हेमन्त प्रकाश वली ‘सुदर्शन’ लगाएतका नेताहरु सांस्कृतिक र आर्थिक रुपान्तरण हुन नसक्दा पार्टी फुटाएको बताएका थिए। राप्ती स्तरीय पार्टी प्रशिक्षणको क्रममा कम्युनिष्ट बिचारबाट स्खलित भएर सांस्कृतिक तथा आर्थिक विचलन भएकाहरुले पार्टी फुटाएको नेता आदर्शले बताएका हुन ।
नेकपा केन्द्रीय समितिको १२औं बैठकले चुनावलाई कार्यनीतिक प्रयोग गर्ने निर्णय बहुमतले पारित गरेर, आफ्नै निर्णयलाई लात हानेर कन्चन-सुदर्शन नेकपा(बहुमत)बनाएको वलीले बताए । उनले प्रश्न गरे ‘निर्णयमा चित्त नबुझे नोटअफ डिसेन्ट लेखेर महाधिवेशनसम्म पर्खिन नसक्ने नेताले कसरी क्रान्तिको नेतृत्व गर्न सक्छन ?’
नेता आदर्शले महासचिव विप्लवको एकीकृत जनक्रान्तिको दस्ताबेजलाई फूलबुट्टा भरेर पैसा झारेर खाने सुदर्शनहरुको क्रान्ति भएको दाबी गर्दै अन्नपुर्ण होटेलको पैसा पार्टीको निर्णय बिपरित उठाएको र आर्थिक कारबाही हुने भएपछी चुनाव प्रयोगको निर्णयलाई हतियार बनाएर सुदर्शन लगाएतका नेताहरुले पार्टी फुटाएको ठोकुवा गरे ।
नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यमा भएको केन्द्रिय प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सचिवालय सदस्य विषम,पार्टी केन्द्रीय समिती सदस्यहरु आदर्श, बिश्व, सुन्दर, सबिन, जागृती, बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेशको आतिथ्यता रहेको थियो।
नेकपाका केन्द्रीय सदस्य एवम प्युठान जिल्ला इन्चार्ज जागृतीको स्वागत मन्तव्यबाट सुरु भएको केन्द्रीय प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिनले १३औ केन्द्रीय समितिको पुर्ण बैठकको प्रस्ताव तथा सर्कुलर बाचन गरेका थिए। नेकपाका केन्द्रीय सदस्य एवम रोल्पा जिल्ला इन्चार्ज सुबाशको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले गरेका थिए।
