प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं । श्रमिक समुदाय मोर्चा नेपालसहित सातवटा राजनीतिक श्रमिक-दलित मोर्चाहरुले सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको ठाडो दबाव तथा हस्तक्षेपको घोर विरोध एवं भत्र्सना गर्दै नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गरेका छन । श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष – रामलाल बिश्वकर्मा ,नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष – अमर परियार जातव्यवस्था उन्मूलन मोर्चा नेपालका संयोजक – राजकुमार हिङमाङ, राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालका संयोजक – दर्शन कुमार नेपाली, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष – उपेन्द्र छटुन्जेल , नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष – जनक कामी ,संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष – दुर्गा बराईलीले आज एक संयुक्त प्रेस बिज्ञप्ति जारे गर्दै सो माग गरेका हुन्।
बिज्ञप्तिमार्फत उनीहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरि कुनैपनि प्रकारका सन्धि–सम्झौतमा हस्ताक्षर नगर्न नेपाल सरकार समक्ष विशेष मागसमेत गरेका छन ।
