‘चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारी होइन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासिचव विप्लवले चुनावको कार्यनीतिलाई संसदवाद देख्नु र पार्टी फुटाउनु क्रान्तिकारी नहुने भन्दै आफ्नो अराजकताप्रति आत्मालोचित हुदै पार्टीमा फर्किन कञ्चन र सुदर्शन समुहलाई आग्रह गरेका छन । नेकपद्वारा कर्णालीको जुम्लामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै महासचिव विप्लवलेआग्रह गरेका हुन । महासचिव विप्लवले दसौं केन्द्रीय समितिको वैठकमा चुनावमा जानुपर्छ कि भनेर कञ्चन र सुदर्शनजीले नै प्रस्ताव गरेको खुलासा गर्दै चुनावकै विषय वनाएर अहिले पार्टी फुटाउनु जाहेज नभएको वताउदै चुनाव साहायक कुरा हो उनीहरु दुवै जनामा विचारमा नै विचलन र दुष्टिकोणमा नै त्रुटि भएकोले पार्टी फुटाएको ठोकुवा गरे ।
महासचिव विप्लवले चुनाव प्रयोगले संसदवादी देख्ने साथीहरुले २०४८,२०६४ र २०७४ सालमा किन नदेखेको भन्ने प्रश्न गर्नु गर्दै क्रान्तिको फाईदाका लागि कहिले चुनाव प्रयोग हुन सक्छ भने कहिले चुनाव वहिष्कार हुन सक्ने बताए । उनले इतिहासमा लेनिनले पनि चुनाव प्रयोग गरी क्रान्तिकारी फाईदा लिएको प्रसंग कोट्याउदै नेपालमा पनि क्रान्तिको फाईदाको लागि चुनाव प्रयोग हुदै आएको प्रट्याए ।
उनले भने – “यसलाई संसदवादी देख्ने साथीहरुले पार्टीमै वसेर वहस गरेपनि हुन्थ्यो किन ? एक हप्ताकै संघर्ष वाट झोला वोकेर भागेको होलान ।”
महासचिव विप्लवले रणनीति कार्यनीति र कार्यदिशामा कुनै अन्तर नभए पछि र सच्चा हिसावले क्रान्ति गर्ने मनसाय भए पार्टी अलग हुन नपर्ने वताउदै भने “अभै पनि उहाँहरुलाई सच्चिएर पार्टीमा फर्किन आग्रह गर्छु । कमिकजोरीको समिक्षा गर्न सकिन्छ । तर पार्टी फुटाउने र क्रान्ति विरुद्ध लाग्ने कुरा स्वीकार गर्न सकिदैन ।”
महासचिव विप्लवले जनयुद्धका वेला कर्णालीको आधार क्षेत्र र क्रान्तिको लागि उर्वर आधारभूमि भएकोले पनि अधुरो क्रान्ति पुरा गर्न एकीकृत जनक्रान्तिको वाटोमा लाग्न कार्यकर्तालाइृ निर्देशन दिए । उनले पार्टी कहिल्यै र कुनैपनि हालतमा संसदवादी नहुने प्रतिवद्धता जनाउदै क्रान्तिकारी विचार पार्टी र लाईनको पक्षमा दृढ र कठोर रहेको वताए । उनले कञ्चन र सुदर्शनले छुट्टै क्रान्तिको कुरा गर्नु भ्रम मात्र हुने र २०७४ मा संसदीय चुनावको अभ्यास गरेको मोहन वैद्यको नेकपा क्रान्तिकारी माओवादी पार्टीमा अव छिट्टै विलय हुने ठोकुवा गरे । उनले आजको विश्वमा क्रान्ति अनिवार्य भएको ,समय पनि अनुकुल भएको र आफूले विश्वको व्याख्या गरेअनुसार नै विश्व एकधुव्रीयमा नभई वहुध्रवीयमा विभाजित भएकोे दावी गरे । महासचिव विप्लवले क्रान्तिको अनुकुल परिस्थितिलाई वुझदै क्रान्तिकारी एकता अनिर्वाय भएको र सवै क्रान्तिकारी एक हुनुपर्ने वताए ।
प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका सचिवालय सदस्य संतोष वुढामगर ‘विषम’ले फुटवादीहरुलाई आफ्नो पार्टीले क्रान्ति छोड्यो भनेर भ्रम नछर्न चेतावनी दिए । नेता विषमले विचार र दृष्टिकोणवाट पयालयन भएर क्रान्ति नहुने स्पष्ट पार्दै एउटा क्रान्तिकारी पार्टी र नेतृत्वलाई खुइल्याउन र साम्राज्यवादीलाई सहयोग गर्न अनावश्यक भ्रम फैलाएको वताए । उनले यस्तो उग्रयान्त्रिक भौतिकवाद र विचलनवादले क्रान्ति कहिल्यै नहुने भन्दै कञ्चन सुदर्शनको तरिकाले क्रान्ति नहुने ठोकुवा गरे ।
नेता विषमले पार्टीले केवल क्रान्तिको तयारीको लागि र जनतासंग जोडिन एकपटक चुनावको प्रयोग मात्र गरेको कुरालाई संसदवादमा गएको भनेर भ्रम छर्नु क्रान्ति विरुद्धको काम भएको वताउदै कञ्चन सुदर्शनमा दृष्टिकोणको समस्या देखिएको र उहाँहरु आफै क्रान्तिको वाटो छोड्ेर भाग्नु भएको भन्दै केवल अरुलाई भ्रमित पारिरहनु भएको टिप्पणी गरे ।
नेता विषमले पार्टीमाआर्थिक अनुशासन उल्लंघन गर्ने,अर्थ विभागको निर्देशन विपरित आर्थिक चलखेल गर्ने लगायतका विचलनहरु कञ्चन सुदर्शनमा देखिएको दोहोर्याए । उनले कञ्चन सुदर्शन पार्टीले आर्थिक हिनामिना वारे छानविन गर्ने निर्णय गरेपछि अरु केही नपाएर चुनावको चोर दुलोवाट फुटवादतिर गएको बताउदै आफ्नो पार्टी क्रान्ति प्रति प्रतिवद्ध रहेको र एकीकृत जनक्रान्ति पुरा गरेर छाड्ने प्रतिवद्धता पनि जनाए ।
यसैगरी , सोही कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चुडामडी वली आदर्शले अन्नपूर्ण होटेलवाट सुदर्शनको निर्देशनमा ५० लाख रुपैया ल्याएर हिनामिना गरेको बतौदाई पार्टीको नीतिविरुद्ध लाग्नेहरुले र दृष्टिकोण नभएकाहरुले क्रान्तिको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे । अर्का केन्द्रीय सदस्य शुशिलले पार्टी भित्रको खराव प्रवृति पखालिएर गएको वताए ।
प्रशिक्षण कार्यक्रममा साविकको कर्णालीका चार जिल्ला कालिकोट,जुम्ला,मुगु र हुम्ला जिल्लाका गरी करिव २०० वढी अगुवा कार्यर्ताहरुको सहभागीता रहेको थियो । केन्द्रीय सदस्य रणवीरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा कालिकोट जुम्ला जिल्ला इन्चाज कर्ण भण्डारी (विराट)ले गरेका थिए ।