‘दलाल पुंजीवादी वादशाहलाई घोडाबाट खसाल्न अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालको विद्यमान अर्थिक राजनैतिक संकटको भरपर्दो र दिगो समाधान गर्ने दलल पुजीवादी वादशाहालाई घोडाबाट खसाल्न अनिवार्य रहेको बताएका छन । जनअधिकार अभियान नेपालद्वारा मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित “नेपालको कम्युनिस्ट आन्दोलन र आबको बाटो विषयक” अन्तकृया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन।
महासचिव विप्लवले भने – ‘नेपालमा जसरी राजनीतिक संक्रमण नै टुंगोमा पुग्न पाएको छैन । त्यसको कारणले सबै पार्टीहरुमा प्रभाव परेको छ, कम्युनिस्ट पार्टीहरुदेखि सबै पार्टीहरुमा विभाजन हुने समस्या देखियो । क्रान्तिकारीहरुमात्रै होइन अरुले पनि परिवर्तन अपुर्ण रहेको स्वीकार गरेको महसुस गरेका छन । ‘ उनले भने – ‘हामी प्रतिवन्धित हुदा गगन थापाहरु एमसिसीविरोधी देखिनु भयो , हामी खुला भएपछि एमसिसीको समर्थक बन्नु भयो । नेपालका सामन्ती राजा महेन्द्रले पनि भुमिसुधारलगायत तत्कालीन परिवर्तनकारी एजेन्डा लागू गरेपछि पञ्च्यात तीन दशक टिकेको हो । अहिले त्यतिपनि दलहरुले गर्न नसकेपछि मुलुक समस्यामा परेकोहो ,यो भनेको संक्रमणको काम अझै बाकी छ भन्ने हो ।हामीले प्रचण्ड- बाबुरामहरुसङ्ग अन्तिम समयसम्म पनि भुमिको मामला हल गरौ भनेका थियौ। यो सामन्तवादी उत्पादन सम्वन्धबाट पुजीवादी र प्रगतिशील रुपान्तरणको ऐतिहासिक कार्यभार पूरा हुन नसक्दा उत्पन् भएको समस्या हो।’

यसैगरी, महासचिव विप्लवले भने – ‘ नेपालमा बेरोजगारीको कारण पार्टीहरु फुट्ने समस्या देखियो। पार्टीहरुको अर्थसम्वन्धी प्रस्ट दृस्टिकोणको अभाव देखिएको र यसले पनि पार्टीहरु फुट्ने र चन्दा उठाएर खाने जस्तो भयो ।यसले त ढिलो चाडो फुट्ने समस्या आइहाल्छ। आजका समस्याहरुलाइ हल गर्ने बारे एमाले भित्रका नया पुस्ता र वुद्दिजिविहरुपनि आफ्नै पार्टी र नेताहरूबाट सन्तुष्ट छैनन। एक निश्चित समयसम्म उनिहरुले नेतृत्वलाई साथ पनि दिए तर नेताहरुले पार लगाउन सकेनन भन्ने उनिहरुको बुझाई छ। यी सबै एजेन्डाहरुमा हामी बृहत् ढंगले बहस गर्न चाहान्छौ। हामी काङ्ग्रेससङ्ग पनि राजनीतिक ढङ्गले बहस गर्न चाहान्छौ। तपाइहरुले अघि सारेको विचारले मुलुक र जनताका समस्यासङ्ग सरोकार राखेको खै?संसदवादबाट नेपाल अगाडि जान्न भन्ने कुरा त पहिल्यै प्रस्ट भैसकेको हो नि ।’
महासचिव विप्लवले नेपालका तथाकथित वामपन्थी र कम्युनिस्ट भनिएकाहरुले विश्व परिस्थिति निकै प्रतिकुल रहेको भनेर संसदिय बाटो लिएको तर्फ संकेत गर्दै अन्तर्राष्ट्रिय परिस्थिति बारे भने- ‘ आजको वहुध्रुविय विश्वको चरित्रले समाजवादी क्रान्ती नजिक ल्यउदै छ । प्रथम विश्वयुद्दले रसियन क्रान्ति जन्मायो , दोस्रो विध्वयुद्दले चीनलगायतका देशमा समाजवादी र राष्ट्रिय मुक्ती आन्दोलन अगाडी आयो । अहिलेका विश्वका पछिल्ला शक्ति संघर्सहरुले फेरि समाजवाद र साम्यवाद लाई सन्निकट ल्याउने निश्चित छ ।”

प्रगतिशील लेखक देव बहादुर पौडेलद्वारा लिखित क्रान्तिको बाटोको सवाल पुस्तकको विमोचनसहित भएको उक्त कार्यक्रममा नेकपा सचिवालय सदस्य सन्तोष बुढा , केन्द्रिय सदस्यहरु बन्धु चन्द, खुमा सुवेदी , आस्था र लेखक तथा वामपन्थी वुद्दिजिवी झलक सुवेदीलगयतको उपस्थित रहेको थियो भने कार्यक्रमको अध्यक्षता एकराज भण्डारीले गरेका थिए ।