दलाल पुँजीवादी अराजकतावाद दक्षिणपन्थी अवसरवादको एक भद्दा नमुना
यतिबेला राजनैतिक रुपले नेपाल कम्युनिष्ट पार्टी, यसको विचार र कार्यदिशा तथा नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ । यो कार्य साम्राज्यवाद, देशी–विदेशी प्रतिक्रियावाद तथा दलाल पुँजीवादीहरु र पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी र अराजकतावादीहरुबाट एकै चोटी भइरहेको छ । देशी, विदेशी प्रतिक्रियावादीहरुबाट हुने हमला स्वभाविक छ किनकि हामी वर्गीय लडाइँमा छौं, क्रान्तिको प्रक्रियामा छौं र एकीकृत जनक्रान्ति निरन्तर जारी छ । विपरित वर्गका बीच एकले अर्कोलार्ई पछार्ने र सत्ता संघर्ष पनि निरन्तर जारी छ । यही त वर्ग संघर्ष जो साम्यवाद नआउँदासम्म निरन्तर चलिरहन्छ । त्यहाँसम्म पार्टीको अस्तित्व पनि केही न केही रुपमा रहिरहन्छ । त्यसको प्रभाव कम्युनिष्ट पार्टीभित्र पनि परिरहन्छ । बेलाबखतमा पुँजीवादको हावाले हानिरहन्छ । कम्युनिष्ट पार्टीभित्र यसको प्रभाव विभिन्न खाले अवसरवादको रुपमा आइरहन्छ । यस्ता प्रवृत्तिले कम्युनिष्टहरुलार्ई सताइरहन्छ । माक्र्स–ऐंगेल्सदेखि लेनिन–माओसम्म आउँदा रुप बदलिएका यस्ता बहुर¨ी अवसरवादसँग निरन्तर र जीवनको अन्तिम क्षणसम्म पनि लडिरहनुभयो । यसबाट नेपाली कम्युनिष्ट आन्दोलन पनि अछुतो रहेन । मनमोहन, रायमाझीदेखि एमाले–प्रचण्ड र पछिल्लो समयमा सुदर्शन –कञ्चनसम्मका विचलनहरु श्रृँखलामा हेर्न सकिन्छ । हाम्रो पार्टीभित्रका केही अराजकतावादी साथीहरु वितण्डता मच्चाउँदै साम्राज्यवादी तालमा नाच्न पुग्नु र पार्टी फुटसम्मको घोषणा गर्न पुग्नुको यसको पछिल्लो उदाहारण हो ।
यो बझ्न जरुरी छ कि सुदर्शन–कञ्चनहरुको पलायनता र भागदौड केवल संयोग मात्र होइन, यो सुनियोजित र प्रायोजित छ । किनकि नेतृत्व तहबाट गरिने यस्ता पहलुहरु अन्जानमा र भबितव्यमा गरिँदैनन् । यस्ता घटनाहरु आकस्मिकतामा हुने गर्दैन, यो सचेततापूर्वक र योजनाबद्ध रुपमा हुने गर्दछन्् । जुनसुकै विज्ञानमा होस प्रकृतिमा घटने घटनाहरु आकस्मिकतामा हुँदैनन् । यसका धेरथोर, लामोछोटो समयको फरक हुन सक्ला तर यसका क्रम हुन्छ । मात्रा–मात्राबाट गुणमा परिणत हुने अवस्थामा घटना घटेको देखिन्छ । मात्रा र गुणको सम्मिलन नै कुनै पनि घटनाको परिणाम हो । सुदर्शनहरुले पार्टी फुटको घोषणा गर्न पुगे, त्यो परिणाम हो । मात्रा मात्राहरुको योगफल हो । उनीहरुले जेलभित्र र बाहिर आएपछि गर्दै आएका कयौं भित्री गुटबन्दी र पार्टी अनुशासन विपरित कार्यहरुको परिणाम नै सांगठनिक, आर्थिक, सांस्कृति, राजनैतिक विचलन हो । अन्ततः यो दलाल पुँजीवादी अराजकतामा देखाप¥यो । यो एकैचोटी वैचारिक, राजनैतिक, आर्थिक, सांगठनिक र सांस्कृतिक अराजकतामा देखा प¥यो । नेतृत्वमाथिको हमाला, क्रान्तिमाथिको हमला, विचार–राजनीतिमाथिको हमला, कार्यदिशामाथिको हमला !! यो एकैचोटी भएको होइन । यसका पछाडि केही अदृश्य शक्ति छन्् । उहाँहरु उत्तोलक मात्र बन्नुभयो, प्रयोग हुनुभयो । पार्टी फुटको घोषणा गर्ने चितवन भेलाको आयोजना ं….. पार्टी प्यालेसको सम्पूर्ण व्यवस्थापन नै प्रचण्डपुत्री रेणु दहालले गरिदिएको भन्ने छ । यसले के प्रमाणित गर्दछ भने पार्टीभित्रको अराजकतावाद श्रोत पनि दलाल पुँजीवाद नै हो ।
हो चुनाव एउटा दक्षिण दिशाबाट घुम्ने एउटा कार्यनीतिक घुम्टी हो । यो कार्यनीति (चुनावी कार्यनीति) पार्टीबाट केही अवसरवादीहरु भाग्न सक्छन््, उत्तेजित हुन सक्छन््, वामपन्थी लफ्फाजीका नाममा पार्टी र नेतृत्वलार्ई संसदवादी भयो भनेर सराप्दै भाग्न पनि सक्छन््, अस्पष्ट कतिपय भ्रममा पर्न सक्छन््, प्रचण्डहरु हाम्रै बाटोमा आए भनेर आत्मरति गर्न सक्छन््, समर्थक जनाता, कार्यकर्ता, सहिद÷वेपत्ता परिवारहरु बाहिरका कुराहरु सुनेर, पार्टी विग्रिन्छ कि भेरी चिन्ता गर्न सक्छन््, कार्यकर्ताहरु चुनावी कार्यनीति प्रयोग गर्नु कतै संसदवादतिर जाने त होइन भनेर तर¨ित र सशंकित हुन सक्छन्् । वर्ग दुश्मनहरु त्यसमा खेल्न र अझ उत्तेजित बनाउन सुनियोजित कदम चाल्न सक्छन्् । यसमा नेतृत्व पुरा सचेत छ र स्पष्ट छ । केन्द्रीय समिति स्पष्ट र एकढिको भएर गएमा यसलार्ई सजिलै चिर्न सकिन्छ र कार्यकर्ता पंक्तिलार्ई पनि बुझाउन सकिन्छ ।
चुनावी कार्यनीति कार्यनीतिको पनि सहायक कार्यनीति थियो । यसलार्ई एउटा संघर्षको माध्यमको रुपमा, एउटा मोर्चाको माध्यमको रुपमा, जनतालार्ई सचेत, एकताबद्ध र धु्रवीकृत गर्ने राजनीतिक संघर्षको माध्यमको रुपमा, जनपरिचालन, जनसम्बन्ध विस्तार र जनसंघर्षको उत्थान गर्ने माध्यमको रुपमा, पुरानो सत्तामाथि हस्तक्षेपको रुपमा र यसलार्ई जनक्रान्तिको व्यापक तयारीको रुपमा प्रयोग गरेर जानु पर्छ । यसलार्ई केवल हार र जीतको रुपमा मात्र हेर्नु हुँदैन । किनकि हामीसँग पहिलो त समय थिएन, दोस्रो मतदाता नामावली अपडेट थिएन । तेस्रो, पूर्व तयारी थिएन । चौथो हामीसँग जनतालार्ई भुल्याउने र ढाँट छल–कपट गर्ने, भ्रम दिने नीति छैन । पाचांै, हामीसँग अहिले चुनावी संगठनहरु पनि छैनन् । फेरि पनि हामी यो देशको क्रान्तिकारी शक्ति हौं । देशको जिम्मेवारी हामीमाथि छ । दलालहरुले देश बर्बादीमा लग्दैछन्् । हामी यो देशको एक वैकल्पिक शक्ति हौं । यो देशको जिम्मेवारी पार्टी हो हाम्रो पार्टी । हाम्रो नेतृत्व देशकै वैकल्पिक नेतृत्व हो । हामीसँग देश बदल्ने जिम्मेवारी छ । दुनियाँ बदल्ने आँट छ । हाम्रो काँधमा जनतालार्ई सचेत बनाउने सचेतकको जिम्मेवारी पनि छ । यो अवस्थामा साम्राज्यवादी शक्ति र सारा दुश्मनहरुको आँखा पनि हाम्रै पार्टी र नेतृत्वमाथि परेको छ । दुर्भाग्यवस परिस्थितिले केही साथीहरुलार्ई पार्टीबाट बाहि¥याको छ । केही प्रतिवन्धको बेला बाहिरिए । केही शान्ति प्रक्रियामा बाहिरिए । यो वर्गसंघर्षको नियम हो । पछि बाहिरिने साथीहरु अहिले बढी खरानी घस्दै वर्ग दुश्मनसँग घाँटी जोडेर वर्ग दुश्मनभन्दा चर्को स्वरमा पार्टी र नेतृत्वलार्ई सराप्दै हिँडेका छन्् र हिजो सडकमा असरल्ल भएका अराजकतावादीहरु आज संगठित रुपले क्रान्तिमाथि हमला गरिरहेका छन्् ।
सबैलार्ई थाहा छ पार्टी निरन्तर वर्ग संघर्षमा पनि छ र पार्टीभित्रका खरावीहरुसँग संघर्ष गर्दै पनि आएको छ र यो अन्तिमसम्म, जबसम्म साम्यवाद प्राप्त हुँदैन, तबसम्म चलिरहन्छ, बाहिर र भित्र लडिरहनु पर्छ र क्रान्तिकालभरि क्रान्तिकारी पार्टी र क्रान्तिकारीहरु निरन्तर यसको सामना गर्नु पर्छ, प्रतिरोध गर्नु पर्छ, प्रतिहमला जारी राख्नु पर्छ । साथै पार्टीभित्र बेलाबेलामा दायाँ वा बायाँ कोणबाट देखा पर्ने अवसरवादसँगको सघर्षमा पनि पार्टी नेतृत्व सचेत छ । मात्र कतिवेला कुन प्रवृत्तिसँग लड्ने र कुन बेला कुन अवसरवाद कुन रुप–र¨मा आउँछ र कुन इस्यु लिएर देखा पर्छ भन्ने मात्रै हो । यसैमा पनि आजभोलि बदलिएको विश्व साम्राज्यवाद, जसले हरेक पार्टीमा, राज्यका हरेक अ¨ र समाजका हरेक वर्ग–समुदायमा कुनै न कुनै रुपमा आफ्ना दलाल जन्माउने वा घुुसाउने वा रोप्ने गर्दछ । यो कार्यमा दुश्मन सिपालु छ, त्यसमा साम्राज्यवाद सफल हुनु नै क्रान्ति विथोलिनु हो । यसमा साम्राज्यवादको घुसपैठ रोक्न नसक्नु, संगठित र एकताबद्ध हुन नसक्नु, संगठित प्रतिरोध गर्न नसक्नु नै कम्युनिष्टहरुको असफलताको कारण बनेको छ । जसको कारण कम्युनिष्टहरु टुक्राटुक्रा र समूह–समूहमा विभाजन भएर विश्वक्रान्ति केही पछाडि धकेलिएको छ र यसले गर्दा विश्व पुँजीवादको आयुु केही समय लम्बिन पुगेको छ । यसमा हाम्रा अराजक तथा फुटवादी गुटवादी साथीहरुको क्रियाकलापले थप टेवा पु¥याएको छ ।
कम्युनिष्ट आन्दोलनमा पुँजीवादको प्रभाव जवरजस्त परेको छ । यो अराजकतामा देखापरिरहेको छ किनकि पुँजीवाद भनेकै अराजकतावादको श्रोत हो । अराजकता राजनैतिक, आर्थिक, सांस्कृति, सांगठनिक रुपमा देखा पर्दछ । शुरुमा यो आर्थिक, सांगठनिक वा सांस्कृतिमध्ये कुनै एकमा देखापर्छ । आर्थिक अराजकता राज्यसत्ता र पार्टीको पनि अख्तियारी पदमा पुगेपछि भ्रष्टाचार गर्ने ठाउँमा पुगेपछि यो अराजकताले भ्रष्टाचारको रुप लिन्छ । यसको प्रारम्भिक लक्षणहरु व्यक्तिगत वा संस्थागत रुपमा मनपरि गर्ने, लपरवाही गर्ने, अपारदर्शी र अनियमितता आदिको रुपमा देखा पर्छ । यी नै भ्रष्टाचारको प्रारम्भिक शृंखला हुन् । कम्युनिष्ट पार्टीमा वा हरेक क्षेत्रमा आर्थिक परिचालनका आफ्नै नियम र विधि–विधान हुन्छन्् । कम्युनिष्टहरुमा अझ राम्रो हुनु पर्ने हो किनकि उनीहरु वैज्ञानिक समाजवाद र साम्यवादसम्मको परिकल्पना गर्छन् । कम्युनिष्ट आन्दोलनमा आजसम्मका नेताहरुमा हेर्दा कम्युनिष्ट अर्थनीतिको अभावमा र नेतृृत्वमा पुगेका नेताहरुले नै यसलार्ई कम्युनिष्ट नीति र विधि–विधानमा नढाल्दा र आपूmहरु त्यस विधि–विधानमा रहन नसक्दा पार्टीभित्र वर्ग जन्मिने र आर्थिक रुपमा विचलन पैदा हुने गरेको पाइन्छ । पार्टीभित्रका नेताहरु ठूलठूला भ्रष्टाचार गरेर धनाढ्य वर्गमा परिणत भएपछि पार्टी र क्रान्तिमा विचलन आएको छ । वर्ग उत्थानले वर्गचेतना बदलिदिएको छ । जब पार्टीभित्र वर्ग जन्मन्छ तव सर्वहारापन नासिन्छ, हराउँछ र विभेद, असमानता पैदा हुन्छ । यसले नेताहरुमा वर्ग विचलन ल्याउँछ र पार्टीभित्र अन्तरसंघर्ष र दुईलाइन संघर्ष जन्माउँछ । अन्तमा यो हल नै नहुने स्थितिमा पुगेर पार्टी नै टुटफुट् हुने गर्दछ । यसमा कम्युनिष्टहरु साम्राज्यवादी वा पुँजीवादीहरुबाट सजिलै किनिने र विचलन हुने गर्दछन्् । यो आर्थिक अराजकताबाट पैदा हुने पहिलो विचलन हो । सुदर्शन कञ्चनहरु तत्काल यो प्रारम्भिक वर्ग विचलनसम्मको यात्रा तय गरेका छन्् । यो यात्रा सत्ताको उपल्लो दर्जामा पुगेपछि ठूलो रुप लिन्छ । आजका लखपति भोलि करोडपति, आजका करोडपति भोलिका अरवपतिमा पुग्छन्् ।
दोस्रो — सांगठनिक अराजकता हो । सांगठनिक अराजकता पनि यसै अर्थ सम्बन्धसित घनिष्ठ रुपले गाँसिएको हुन्छ । स्वार्थसहित पार्टीमा भित्रिएकाहरु कुनै न कुनै रुपमा गुट बनाउँछन्् । पार्टीमा नेता भएपछि धेरै आर्थिक परिचालन गर्न पाइन्छ, सुविधाभोग गर्न पाइन्छ, मनपरि गर्न पाइन्छ, कसैले प्रश्न उठाए भने पार्टी अलग गरेर भ्रष्टाचार गरेको पैसा पचाउन पाइन्छ र संसदवादी दलहरुको एक अंग बनेर कुनै न कुनै रुपमा सत्तामा पुगेर सत्ताभोग गर्न पाइन्छ भनेर शुरुदेखि नै पार्टीभित्र गुटबन्दी गर्न शुरु गर्छन् । पार्टीमा पार्टी सदस्य भर्ना गर्ने होइन कि आफ्नो मान्छे भर्ना गर्ने र आफ्नो वरिपरी सानो समूह वा झुण्ड बनाउने संसदवादी बीउ रोप्ने गर्दछन्् । यो गुट वा समूह बनाउने र एउटा क्रान्तिकारी पार्टीको सांगठनिक नीति विधि र अनुशासन विपरित आफ्नै मनसुवाले काम गर्न पुग्छन्् । कम्युनिष्टहरु यसलार्ई सांगठनिक अराजकता भन्ने गर्दछन्् । यसमा गुटबन्दी गर्ने, समूह बनाउने, अर्काको दोहोलो काट्ने, व्याक वाइटिङ गर्ने, मनपरी पार्टी नीति–विधि र अनुशासन विपरित मान्छे भर्ना गर्ने, बिरोधीहरुको सञ्चार माध्यमहरुमा जथाभावी बोल्ने, लेख्ने, सूचनाहरुको चुहावट गर्ने, नेतृत्व र आफ्नै पार्टीको विरोध गर्ने, पार्टी निर्णयहरु सार्वजनिक गर्ने र गोप्यनियता भङ्ग गर्ने, दुश्मनहरुको माध्यम बन्ने आदि यावत कुराहरु सांगठनिक अराजकताका रुप हुन् । यो आर्थिक लाभ लिन, सांगठनिक महत्वाकांक्षा पूरा गर्न, यसबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यले गर्ने गर्दछन्् । यो क्रान्तिका लागि अति घातक छ ।
तेस्रो — सांस्कृतिक अराजकता । यो पुँँजीवाद छाडा संस्कृति र यौन स्वच्छन्दतामा देखा पर्छ । यसमा कुनै न कुनै रुपबाट कुनै न कुनै धर्म, संस्कृति–संस्कारको प्रभाव, जातीय, क्षेत्रीय, लि¨ीय, भाषिक–सांस्कृति प्रभाव, जो खानापिना, दैनिक रहनसहन, उठवसमा देखा पर्दछ । सामान्य तर अति संबेदनशील यस क्षेत्रमा धेरै कुराहरु नीति–विधिभन्दा पनि सचेतना र विचारले हल गर्ने विषय हुन्छन्् । यसले पनि क्रान्तिलार्ई निकै हदसम्म प्रभाव पारिरहेको हुन्छ र घातक बनिरहेको हुन्छ । संस्कृति विशुद्ध संस्कार संस्कृतिमा मात्र छैन । यो आजको जमानामा शिक्षा, दिक्षा, स्वास्थ्य आदि क्षेत्रहरुमा समेत पुँजीवादी संस्कारले लपेटेको छ । यसले पार्टी र क्रान्तिमा पनि निकै हदसम्म प्रभाव पारेको छ । पुँजीवादी मुलुकहरु अमेरिका, युरोपलगायतका मुलुकहरुको सामाजिक, सांस्कृति, शैक्षिक, आर्थिक र दैनिकी अर्को ठाउँमा छ र हाम्रो जस्तो कमजोर, गरिब देशहरुको अवस्था र सामाजिक चेतना, शिक्षा–स्वास्थ्यको अवस्था विल्कुल अर्को ठाउँमा छ । यसले समग्र सामाजिक चेतनामा पार्ने प्रभावको प्रतिविम्ब कम्युुनिष्ट आन्दोलनमा पनि पर्नु स्वभाविक हो । कम्युनिष्टहरु त्यसैलार्ई सचेततापूर्वक बदल्न चाहन्छन्् । जसले यसलार्ई सचेततापूर्वक बदल्न तयार हुन्छ उही कम्युनिष्ट हो । जो यसको दास बन्छ त्यो कम्युनिष्ट होइन । आज एक थरि कम्युनिष्टहरु उपभोक्तावादी संस्कृतिका दास बनेका छन्् । कम्युनिष्ट भनेको समाजको एउटा मोडेल व्यक्ति हुनुपर्छ । फलाना जस्तो हुनुपर्छ भनेर दुनियाँ बदल्ने मोडेल बन्नु पर्छ । उल्टो फलाना जस्तो भनेर नेगेटिभ मोडेल (पुँजीवादी मोडेल) बन्ने व्यक्ति कसरी कम्युनिष्ट हुन्छ र कसरी समाज बदल्न सक्छ ? हो मानिस चेतनशील प्राणी भएकोले उसले आपूmलार्ई रुपान्तरण पनि गर्न सक्छ । कमी कमजोरीहरु सच्याउन सक्छ त्यसैले ब्यक्तिलार्ई सधैं एउटै आँखाले हेर्नु हुँदैन भन्ने कम्युनिष्टहरुको एउटा द्वन्द्ववादी दृष्टिकोण पनि छ तर मान्छे नबदलिने उहीको उही रहने वा गरिरहने तर हेर्ने मान्छेले दृष्टिकोण बदल्ने भन्ने त हुँदैन होला । वस्तु बदलियो भने त्यसले चेतनालार्ई प्रभाव पार्छ र दृष्टिकोण बदलिदिन्छ । सांस्कृति रुपमा कम्युनिष्टहरुले अन्तिम हदसम्म बदल्ने र रुपान्तरण गर्ने प्रयास गर्दछन्् गर्नु पर्छ तर रुपान्तरण नै भएन भने क. माओले भन्नु भए जस्तै विमारीलार्ई अन्तिमसम्म बचाउने कोसिस गर्नु पर्दछ यति गर्दा पनि मरिहाल्यो भने गाडेर छोड्नु पर्छ भने झैं जति प्रयास गर्दा पनि नबाँच्ने विमारीलार्ई गाड्नुको विकल्प हुँदैन । यो नै कम्युनिष्ट कल्चर हो ।
चौथो — जहाँसम्म राजनीतिक अराजकताको प्रश्न छ — स्पष्ट रुपमा भन्दा यो वैचारिक विचलन हो । आर्थिक, सांस्कृति र सांगठनिक अराजकताको पराकाष्ठा नै राजनैतिक अराजकता हो । राजनैतिक अराजकता राजनैतिक दृष्टिकोणको उपज हो । दृष्टिकोण विचारसँग सम्बन्धित छ । यसै विचार–दृष्टिकोण राजनीति, राजनीतिक संस्कार, संगठन, संघर्ष, अर्थदृष्टिकोण र अर्थनीति, संस्कार–संस्कृति, आदत र वानीबेहोरामा देखापर्छ । यी सवैको समग्रता राजनीति हो । राजनीतिक अराजकता पुँजीवादी राजनीतिक संस्कार हो । त्यसैमा पनि भद्दा राजनीति दलाल पुँजीवादी राजनीतिको भद्दा नमुना हो । त्यसैले राजनैतिक अराजकता राजनैतिक विचलन हो, यो वर्ग विचलन हो ।
समाजमा दुई खाले राजनीति छ । एउटा सर्वहारा वर्गीय राजनीति र अर्को पुँजीवादी राजनीति । सर्वहारा वर्गीय राजनीति परिवर्तनकारी राजनीति हो भने पुँजीवादी राजनीति यथास्थिति वा पश्चगामी अराजकतावादी राजनीति हो । परिवर्तनकामी राजनीति अगाडि बढ्न चाहन्छ भने पश्चगामी राजनीति पछाडि फर्कन चाहन्छ । यथास्थितिवादी राजनीतिले विद्यमान सत्ता, वर्ग र संस्कार संस्कृतिलार्ई यथावत् बचाउन चाहन्छ । विद्यमान दलाल पुँजीवादी राजनीति यथास्थितिवादी र पश्चगामी वर्ग–राजनीतिको गठजोड हो । विद्यामान राज्यसत्ता भत्काउन खोज्ने र यसको सट्टामा प्रगतिशील समाज व्यवस्था वा जनताको व्यवस्था स्थापना गर्न चाहने राजनीति नै अहिले प्रगतिशील वा क्रान्तिकारी राजनीति हो । नेपालमा नेपाल कम्युनिष्ट पार्टीले अँगालेको राजनति यही हो ।
अर्को पुँजीवादी राजनीति छ । यसको नेतृत्व विश्व पुँजीवाद वा आजको साम्राज्यवाद (उत्तर साम्राज्यवाद)ले गरिरहेको छ । यसले समाजमा वर्ग पैदा गर्दछ र एउटा वर्गको पक्षपोषण गर्दछ र गरिरहेको छ । यो बहुलवादी सिद्धान्तमा आधारित छ । यो अराजकतावादी राजनीति हो । त्यसैले वर्गीय समाजमा राजनीति पनि वर्गीय हुन्छ । पक्षधरता पनि वर्गीय हुन्छ । जव वर्गीय पक्षधरता छोडिन्छ तव विजातीय वर्गको सेवा र पंक्तिमा पुगिन्छ । सर्वहारा वर्गको नेतृत्व र पक्षधरता आजको समाज र आजको दुनियाँमा कम्युनिष्ट पार्टीले गर्दछ । कम्युनिष्ट पार्टीभित्रको अराजकता पार्टीभित्र पुँजीवादी राजनैतिको प्रभाव र घुसपैठ हो । यो संसदवाद हो । संसदवादी अराजकताको विशेषता दुईजना हुँदासम्म पनि फुटिरहनु हो । यो बहुलवादी सिद्धान्तको द्योतक हो । हामी किन र केका लागि फुट्छौं ? हामी जुटेको र हामीले गर्ने राजनीति भनेको क्रान्तिका लागि हो । स्वार्थ लुट्न, महल ठड्याउन, मोजमस्ती गर्न र आफ्नो अहँकार पूरा गर्नलार्ई होइन । यही गर्नु नै संसद्वाद हो ।
फुटाउने, जुधाउने र भ्रम छनर््े साम्राज्यवादी रणनीति हो । त्यसमा पनि कम्युुनिष्टहरुलार्ई दवाउने, फुटाउने र क्षतविक्षत पार्ने रणनीति पहिलो सूचीमा छ । नेपालमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वमाथि उनीहरुको पहिलो प्रहार केन्द्रित छ । यो सबैलार्ई थाहा भएको कुरा हो । हामी सही ठाउँमा छौ, हाम्रो विचार सही छ, हाम्रो कार्यदिशा सही छ, हाम्रो नेतृत्व सही छ र हाम्रा तत्कालिक कार्यनीति सही छ र त हामीलार्ई यति धेरै आक्रमण गरिरहेका छन्् । जवसम्म हामी सही विचार र दिशामा हुन्छौं, सही विचार र लाइनमा कम्युनिष्टहरुलार्ई एकढिका बनाउनु पर्दछ । साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध बलियो मोर्चा कस्नु पर्छ । यसैको लागि हाम्रो पार्टीले कम्युनिष्ट ध्रुवीकरणमा जोड दिँदै आएको छ । हाम्रो पार्टीले पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप नै पहिलो त पार्टीलार्ई जनतासँग जोड्न चाहन्छ । दोस्रो क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुवीकरणमा जोड दिँदै आएको छ । तेस्रो वामपन्थी कम्युनिष्टहरुको ध्रुवीकरणमा जोड दिँदै आएको छ । चौथो देशभक्त शक्ति र प्रगतिशील लोकतन्त्रवादी शक्तिहरुको ध्रुवीकरणमा जोड दिँदै आएको छ । त्यसबाट पहिलो रणनीतिक प्रकारको संयुक्त मोर्चामा जोड दिएको छ भने दोस्रो कार्यनैतिक संयुक्त मोर्चामा पनि ध्यान दिएको छ । यसरी राष्ट्रियता र जनतन्त्र तथा जनजीविकाका मुद्दाहरुमा संघर्ष चलिरहेको बेला स्थायी वा अस्थायी मित्र शक्तिहरुसँगको विभिन्न खाले, क्षणक्षणमा बदलिने मोर्चाहरुमा समेत पार्टीले ध्यान दिइरहेको बेला पार्टीका अगाडि दलाल पुँजीवादी सत्ताको स्थानीय निर्वाचन आयो । हामी सबैलार्ई थाहा छ र पार्टी आफ्नो लक्ष्य र उद्देश्यमा दृढ र स्पष्ट छ कि यो चुनाव दलाल सत्ताकै एक अंगको चुनाव हो र यसले संसदीय व्यवस्थालार्ई नै सुदृढ बनाउँछ, संसदवादी दल र नेताहरुलार्ई नवीकरण गर्छ । यो व्यवस्था अन्तर्गत हुने कुनै पनि तहका चुनावहरुले संसदीय व्यवस्थालार्ई नै निरन्तरता दिन्छन्् सुदृढ गर्छन् । यसमा कुनै भ्रम छैन । साथै यसमा पनि कुनै भ्रम हुनु हुँदैन कि चुनावबाटै वैज्ञानिक समाजवाद आउँछ । कसैलार्ई चुनावाट क्रान्ति हुन्छ र समाजवाद आउँछ भन्ने लाग्छ भने यो भ्रम मात्र हो । तर, कम्युनिष्टहरुले बुझ्नै पर्ने र अहिले भर्खरै केही साथीहरुको विमति रहेको र नबुझेको कुरा के हो भने पहिलो, चुनाव आफैँमा गलत होइन यो साधन मात्र हो साध्य होइन । किनकि चुनाव त भोलि हाम्रो सत्ता आयो भने पनि राज्यको जिम्मा सम्हाल्ने कोही न कोहीलार्ई त चुन्नु पर्दछ । मात्र त्यस बेला व्यवस्था र प्रणालीमा परिवर्तन भएको हुन्छ । तर, चुनाव त हुन्छ नै । त्यसैले चुनावको हामी विरोध गर्दैनौं । दोस्रो चुनाव रणनीति होइन अर्थात् चुनावलार्ई कम्युनिष्टहरुले रणनीतिक विषय बनाउनु हुँदैन । यसलार्ई कार्यनीतिको विषय बनाउनु पर्दछ । किनकि कम्युनिष्टहरुको रणनीति भनेको क्रान्ति हो, वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको लागि एउटा क्रान्ति अनिवार्य छ । त्यो क्रान्तिको बाटो (कार्यदिशा) एकीकृत जनक्रान्ति हो । एकीकृत जनक्रान्ति सम्पन्न गर्न हजारौं पाइलाहरु चाल्नु पर्ने छ । ती पाइलाहरु क्षण–क्षणमा बदलिन्छन्् । ती पाइलाहरु तात्कालिक परिस्थिति अनुरुप के गर्दा क्रान्तिलार्ई फाइदा हुन्छ त्यो गर्नु पर्ने हुन्छ । एकीकृत जनक्रान्ति कयौं यस्ता घटनाक्रमहरुको बीचबाट गुज्रन्छ जसलार्ई नछिचोलिकन धरै पाइन्न । यो नै कार्यनीति हो । चुनाव पनि एउटा यस्तो कार्यनीति हो जो यो संसदीय व्यवस्थामा प्रत्येक ४÷४ वर्ष, ५÷५ वर्षमा आइरहने राजनीतिक घटना हो । त्यसलार्ई कसरी क्रान्तिको पक्षमा प्रयोग गर्ने भन्ने प्रश्न कम्युनिष्टहरु र क्रान्तिको प्रक्रियामा कार्यनीति मात्र बन्न सक्छ । यसलार्ई प्रयोग गर्नु कला पक्ष हो । किनकि कार्यनीति कला पनि हो । क्रान्तिमा विज्ञान र कलाको उचित समायोजन भएन भने क्रान्ति सफल हुँदैन । विज्ञानमा आधारित कला क्रान्तिकारी कम्युनिष्टहरुको आवश्यकता हो । कलामा आधारित विज्ञान हुँदैन विज्ञानमा आधारित कला हुन्छ । प्रचण्डले पछिल्लो समयमा कलालार्ई विज्ञान बनाउन खोज्दा विग्रिएको हो । कलालार्ई विज्ञान बनाउँदा कार्यनीति रणनीति बन्छ । अहिले हाम्रा नामधारी बहुमतवाला अल्पमत (मेन्सेभिक) साथीहरुले पनि त्यही प्रचण्डपथ पछ्याउनु भयो । प्रचण्डले कलालार्ई विज्ञान बनाउने कलाविहिन नाटक गर्दा विग्रिएको हो । हाम्रा मेन्सेभिक साथीहरुले पनि कार्यनीतिलार्ई रणनीति बनाउँदा त्यो ठाउँमा पुग्नु भयो जुन ठाउँमा दुश्मनहरु ढुकेर बसेका थिए । उहाँहरु मज्जाले दुश्मनको जालोमा पर्नु भयो र क्रान्ति विरोधीको गोटी बन्नु भयो । जब कि यो स्थानीय चुनावमा पार्टीले पार्टी दर्ता गरेर चुनावमा सहभागी नहुने, एमसीसी विरोधी एवं राष्ट्रघाती विरोधी प्रतिनिधिहरुलार्ई प्रतिनिधि बनाउने र सहयोग गर्ने निर्णय एकमतले पास गरेको छ र यसलार्ई कार्यनीतिक रुपमा प्रयोग गर्ने भनिएको छ । यो कला पक्ष होे र गन्त्यात्मक पक्ष हो । गतिशीलतामा छ तर साथीहरुले यसलार्ई गतिहीनतामा बुझ्नुभयो र कुरा मिलेन । प्रस्तावको स्पिरिट क्रमभ¨ गर्ने रहेको छ तर उहाँहरु पहिलो, स्थिर दिमाग र जाम भएको सिमेन्टेड मस्तिष्कले बुझ्न खोज्नुभयो, दुःखद कुरा यसरी उहाँहरुले बुझ्न सक्ने कुरै भएन र सकेनन् । दोस्रो, अन्त कतैबाट गाइदेड दिमागले यसलार्ई बुझ्ने कोशिससमेत गर्न सक्दैनन् र सचेत रुपले बङ्ग्याउँछन््, वंग्याइएका छन्् । तेस्रो, यो नबुझेर होइन वाहना मात्र थियो । किनकि क्रान्तिकारी कम्युनिष्टहरुले चुनावलार्ई कहिल्यै रणनीतिक रुपमा हेर्दैनन् र हेर्नुहुँदैन । चौथो पार्टीले यो चुनावलार्ई चुनाव र भोटलार्ई इस्यु बनाएर व्यापक रुपमा ध्रुवीकरण आन्दोलन चलाउने र मोर्चामा बदल्ने एक महिने व्यापक राजनैतिक भण्डाफोर अभियान चलाउने पुरानो राज्यसत्तामा हस्तक्षेप गर्ने, सके ढाल्ने र नसके भण्डाफोर गर्ने र कमजोर बनाउने नीतिको रुपमा प्रयोग गरेको थियो ।
नेपालमा नेपाल कम्युनिष्ट पार्टीले नेपाली जनताका दुश्मन दलाल पुँजीवादको अन्त्य गर्न चाहन्छ र नेपाललार्ई एक स्वाधीन मुलुक, स्वाधीन र स्वाभिमान नेपाली जनता बनाउन चाहन्छ । नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर सबै नेपालीहरुलार्ई यो १८ औं शताब्दीको असफल संसदीय व्यवस्थाको दलदलबाट उम्काएर योभन्दा असल र वैज्ञानिक विकल्प दिन चाहन्छ । नेपालको सन्दर्भमा यही नै आजको राजनीतिक सच्चाई हो । यसको लागि विगत ८ वर्षदेखि तत्कालिन नेकपा माओवादी संसदवादमा चुर्लुम्म डुब्न पुगेपछि हामीले माओवादीको क्रान्तिकारी सारलार्ई पक्रेर पार्टी पुनर्गठन ग¥यौं । गएको ७४ सालको सबै तहका चुनावहरुलार्ई तत्कालिन परिस्थितिको मागअनुसार नै खारेज गरेर आज नेपालमा एक मात्र नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा वैकल्पिक राजनैतिक शक्तिको रुपमा नेकपा र यसको नेतृत्वमा महासचिव कमरेड विप्लवलार्ई बैकल्पिक क्रान्तिकारी नेताको रुपमा स्थापित ग¥यौं । यो इतिहासको माग थियो र वर्ग संघर्षको देन थियो । किनकि नेता त्यतिकै आकाशबाट झर्दैन, धर्तीबाट उम्रिदैन । नेता त्यतिकै हुन्छु भनेर रहरले हुने कुरा पनि होइन । नेता त वर्गसंघर्षले जन्माउँछ । नत्र “हाम्रो गाउँमा एकजना केटाले पछाडिको कपाल (जुल्फी) लामो लामो पालेर दिनको चार पटक कपडा बदलेर हिँड्दा गाउँका बृद्धबृद्धाले पटक्कै मन पराएनन् र यो केटोले यस्तो के गरेको हो ? भनेर गाली गर्दा कसैले जवाफ दियो – आजकालका सिनेमाका हिरोले यस्तो गर्छन् । तिनको सिको गरेरको रे । यो सुनेर ती बृद्धाले भनेछन्् – “विचरा निर्भाग्य हिरो पो रहेछ त बरा !!।” हाम्रा केही साथीहरु त्यस्तै “निर्भाग्य नेता” बनेका छन्् विचराहरु !! भन्नु पर्ने अवस्था नआओस् । नेता जवरजस्त रहरले पार्टी फुटाएर, कसैको प्रायोजनमा विज्ञापनको साधन बनेर भइने कुरा होइन । नेता इतिहासको आवश्यकतामा, वर्गसंघर्षले आकस्मिकतामा पैदा गर्दछ । विप्लव इतिहासको आवश्यकताले जन्मिएको नेता हुन् र रहरले जन्मेका अराजक व्यक्ति होइनन् । आज जनताको आशा र भरोसाको केन्द्र बनेपछि साम्राज्यवादीहरुले कसरी जनताको यो आशालार्ई निरासामा बदल्ने र क्रान्ति असफल बनाउने, नेतृत्वलार्ई कसरी बदनाम गर्ने र जनतामा भ्रम, वितृष्णा र अविश्वास पैदा गर्ने ? भनी डिजाइन गरिरहेका बेला उहाँहरु त्यसका गतिलो प्रयोगको पात्र बन्नुभयो । यो इतिहासको दुखद घटना हो । आफ्नो आर्थिक अराजकता र महत्वाकाँक्षा पूरा गर्न क्रान्तिप्रति यति घात गर्नु स्वयं उहाँहरुको व्यक्तिगत जीवन र राजनीतिक जीवनमा पनि ठूलो घात हो । नेपालमा छिमेकी मुलुक भारतीय साम्राज्यवादले चौतर्फी हस्तक्षेप गरिहेको बेला र नेपालमा एमसीसीमार्फत् अमेरिकी साम्राज्यवाद पस्दै गरेको बेला राष्ट्रिय मुक्ति आन्दोलन र बाह्य हस्तक्षेपका विरुद्ध हाम्रै पार्टीले राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गरिरहेको बेला, यहाँका दलालहरुले एमसीसी पास गरेर नेपालमा कठ्पुतली सरकार बनाउन र स्थानीय सत्तामा समेत एमसीसीको पक्षधर राष्ट्रघातीहरुले स्थानीय सत्ता कब्जा गर्ने डिजाइनमा आइरहेको बेला जनजनसम्म र घरघरसम्म एमसीसीको भण्डाफोर र यो संसदीय व्यवस्थाको असफलता र दलालीकरणको पुष्टि गर्न, वैज्ञानिक समाजवादको अपरिहार्यता र देशभक्त शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकतालार्ई राजनीतिक ध्रुवीकरण गर्न, तिनलार्ई भोट नदिन, भोट एमसीसी विरोधी र राष्ट्रवादी, स्वतन्त्र जनपक्षीय उम्मेदवारलार्ई दिन एक महिने बृहत् र एकीकृत चुनावी राजनैतिक अभियान चलाउने निर्णय गरेको थियो र यो निर्णय बाह्रौं केन्द्रीय समितिको बैठकले निकै गंभीरतापूर्वक बहस, छलफल गरी एकमतले गरेका थियो । यदि यो निर्णयको स्पिरिटमा केन्द्रीय समिति विगत बैठकहरुमा जस्तै एकढिको भएर होमिएको भए पार्टी अर्कै ठाउँमा पुग्ने निश्चित थियो । तर, विडम्बना हाम्रा केही साथीहरु यसका तगारो बन्नु भयोे र यसलार्ई असफल बनाउन टुप्पी कसेर लाग्नु भयो तर अभियानले अपेक्षित परिणामहरु हात नपारे पनि पार्टी नीतिअनुसार चुनावी अभियानमा होमिने नेता कार्यकर्ताहरु आधा महिना मात्र भए पनि जनताको घर दैलोसम्म पुग्न सफल हुनुभयो । जनपरिचालन, जनसम्बन्ध, स्वयं आफैँ परिचालित र सक्रिय हुन र राजनैतिक परिचालन गर्न, समर्थक जनताको मत अन्त खराव पक्षमा जान नदिन यो अभियान छोटै भए पनि सफल रहेको छ । विरोध गर्नेहरु यो अवधिभरि फेसबुक र अन्य मिडियाहरुमा गाली गर्ने बाहेक एउटा सिन्को भाँचेनन् । कुनै एकजना जनताको आँगन पनि कुल्चेनन् । यस्ताले ठूलठूला कुरा गर्ने गरेको सुन्दा “.. भन्दा … लार्ई लाज” भएको छ । अर्कोतिर कायरतापूर्वक दुश्मन पंक्तिमा उभिएर दुश्मनले नगर्ने अराजनैतिक कुरा गर्दै पार्टी र नेतृत्वको र सारमा भन्दा हेडक्वाटरमा बम वर्षाउने कुचेष्टा गर्नु, ६८ जना केन्द्रीय समितिमा ११ जनाले पार्टी निर्णय विपरित गएर कथित बहुमतको नाममा अलग पार्टी घोषणा गर्न पुग्नु, उहाँहरुको बहुमतको तिर्खा मेटाउने, रहर मेटाउने र चित्त बुझाउने, मनको लड्डु घ्यूसित खानु जस्तै हो । यसले आन्तरिक पंक्तिमा सांगठनिक रुपमा खासै प्रभाव नपारे पनि बाहिर जनता र अन्जान कार्यकर्ताहरुमा एउटा मनोवैज्ञानिक प्रभाव पर्नु स्वभाविक छ । तर, यो केही समयपछि साफ भएर जाने छ । भ्रमवश रणभुल्लमा परेका कार्यकर्ताहरु यो बुझेपछि उहाँहरुले नै उहाँहरुको भण्डाफोर गर्ने छन्् । यो भ्रम केही समयका लागि उहाँहरुको लागि आत्मरति बन्न सक्छ उहाँहरुका लागि तर क्रान्तिकारीहरुले बुझ्नै पर्ने कुरा यो हो कि यतिबेला हेडक्वाटरमा साम्राज्यवादले चौतर्फी हमला गरिरहेको बेला मौका छोपी पछाडिबाट आफ्नै नेताको टाउकोमा बन्चरो सोझ्याउने कथित बहुमत नामधारीहरुलार्ई के भन्नु हुन्छ ? यस्तो अवस्थामा हेडक्वाटरको सबभन्दा नजिकबाट रक्षा गर्ने जिम्मामा बसेकाले हेडक्वाटरमा बमवार्ड गर भन्नेलार्ई के भन्नुहुन्छ ? यो समय क्रान्तिकारीहरुले डटेर हेडक्वाटरको डिफेन्स गर्ने बेला हो । दुश्मनले हाम्रो हेडक्वाटरमाथि भीषण हमला गरिरहको बेला अवसरवादीहरुबाट त्यसैमा अर्को घन थपरिहेको बेला चुप लागेर मौन बस्नु वा दुबैतिर झटारो हान्ने कुरा पनि अन्ततः दुश्मनको सेवा हुन्छ । अर्कोतिरबाट समर्थनको नाममा यसलार्ई संसदवादको साधन बन्न दिनु पनि हुँदैन । यसलार्ई जे हो त्यतिमा बुझ्नु पर्दछ । विरोध वा समर्थन दुवै सही भन्ने गल्ती गर्नु हुँदैन । सत्य सापेक्ष हुन्छ । एक पटकमा सत्य एउटै हुन्छ । एकै पटक दुवै सत्य वा दुवै गलत हुँदैन । यो माक्र्सवाद होइन । माक्र्सवाद भनेको तुलनात्मक अध्ययन गर्ने विज्ञान पनि हो । यस मामिलामा दुश्मन सिपालु छ । दुश्मनले अस्त्र प्रयोग गर्दा — पहिलो पार्टीभित्रैका पहिलो नेतालार्ई किन्ने, नभए दोस्रो, तेस्रो वरियताका नेतालार्ई किन्ने, दोस्रो फुटाउने, जुधाउने, तेस्रो भ्रम छर्ने र कार्यकर्ता तथा जनतालार्ई निरास पार्ने, अविश्वास पैदा गर्ने, वितृष्णा पैदा गर्ने, चौथो यो प्रयास पनि सफल भएन भने बाहिरबाट एकता वा ध्रुवीकरण वा प्रवेशको नाममा आफ्नो एजेण्ट घुसाउने, त्यो पनि भएन भने पाचौं कदम प्रतिबन्ध, दमन, हत्या, गोञ्जालो बनाउने रणनीति अपनाउँछ । साथीहरु यसमा पहिलोदेखि तेस्रोसम्मको भूमिकामा प्रयोग भइरहनु भएको छ । यो जताबाट भने पनि क्रान्ति विरोधी क्रियाकलाप हो । यो विचलनकै समस्याबाट पैदा भएको समस्या हो । चुनाव बाहना मात्र हो यसमा कुनै भ्रम छैन ।
यसरी हेर्दा यो समय हेडक्वाटरको रक्षा गर्ने बेला हो । कुनै कतैबाट पनि क्रान्तिकारी हेडक्वाटरमाथि हुने हमलाको सबै नेता कार्यकर्ताहरुले डटेर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो । चुुुनावको प्रयोगको वहानामा पार्टी नेतृत्व, क्रान्ति र कार्यदिशामाथिको हमला गुटवाद, फुटवाद, अराजकता र पार्टीभित्रको आफ्ना गंभीर गल्तीहरुको ढाकछोप थियो । चुनावलार्ई रणनीतिक रुपमा व्याख्या गर्नु आफैँमा सैद्धान्तिक विचलन थियो । आर्थिक अराजकता, गुटवाद, फुटवाद माक्र्सवाद होइन, यो पुँजीवादी अराजकताको पराकाष्ठा (दलाल पुँजीवाद) हो ।
अन्तमा कमरेड माओले महान् सर्वहारा सांस्कृति क्रान्तिको बेला “तीन गर र तीन नगर” को सिद्धान्त अगाडि सार्नु भएको थियो — १) माक्र्सवाद लागू गर, संशोधनवाद होइन, २) खुला र स्पष्ट होउ, , षड्यन्त्र र छलछाम होइन, ३) एकताबद्ध होउ, नफुट । उहाँहरु सर्वहारा सांस्कृति क्रान्तिको बद्ख्वाइँ गर्ने तर व्यवहारमा ठीक यसको विपरित माक्र्सवाद होइन संशोधनवाद लागू गर्ने, खुला र स्पष्ट हुनुको सट्टा षड्यन्त्र र छलछाम गर्ने, एकताबद्ध हुनुको सट्टा फुट्ने र दुश्मनसँग मिल्न जाने, जस्ता माओवादी मान्यताका विरुद्ध जानु भयो । यो नै उहाँहरुको दक्षिणपन्थी अवसरवादी विचलन, अराजकतावाद र वामपन्थी लफ्फाजीको प्रमाण हो ।