आजको आवश्यकता बृहत् राष्ट्रिय एकता
१. सबै पार्टीको समस्या ः सामूहिकताको अभाव ः आज नेपालका राजनीतिक पार्टीहरुमा अनौठो रोगको विकास भएको छ, त्यो हो चाकडीबाज र नेतृत्वको अराजकतावाद । आज कम्युनिष्ट पार्टीहरु किन फुुटेका छन् भन्ने प्रश्नको एउटै सर्वमान्य उत्तर छ, त्यो हो ः व्यक्तिगत महत्वकांक्षा । सबै पार्टीहरु पार्टी अध्यक्ष वा सभापतिहरुको पेवा जस्तै बनेका छन् । हिजो केपी शर्मा ओली र पुष्पकमल दाहालको स्वार्थ वा भागवण्डा मिल्यो र रातारात एक भए फेरि तिनीहरुको स्वार्थ बाझियो रातारात विभाजित भए । ओली र दाहाल मिले कुनै पनि दिन एकता हुन्छ, नमिले एकता हुँदैन । एमालेमा ओलीका दासहरु थुप्रिएका छन् भने माओवादी केन्द्रमा दाहालका दासहरु । पार्टीहरुमा दासप्रथाको अन्त्य भएन, सामन्ती प्रथाको कुरै नगरौं । नेपाली कांग्रेसमा पनि त्यस्तै छ, त्यहाँ शेरबहादुर देउवाको दास नबन्नेहरु उत्पीडित बनेका छन् । मेरो प्रश्न र चिन्ता त यो छ कि देश चलाउने पार्टीहरुमा कहिले अन्त हुने होला दास प्रथा ? ब्यानरमा गणतन्त्र र लोकतन्त्र भनिएको छ तर व्यवहारमा लोकतन्त्रको नमूना छैन । माओवादी केन्द्रका नेता र कार्यकर्तालाई लागेको छ, प्रचण्डले एकदिन चमत्कार गर्छन् र सत्ता कब्जा गर्छन् । हुन पनि संयोग त्यस्तै छ, विगतमा राप्रपा जस्तै अहिले माओवादी केन्द्र सधैँ सरकारमा छ । अझै अहिलेको स्थानीय निर्वाचनको सफलतापछि त त्यो विचार झनै हाबी बनेको छ । उता एमालेमा त्यस्तै छ ः ओलीले पुरै चमत्कार गर्छन् । चमत्कारको प्रयास गर्दागर्दै उनी सत्ताच्यूूत भए र स्थानीय निर्वाचनमा पनि धक्का खाए । नेपाली कांग्रेसको त झनै कुरा नगरौं, गत चुनावमा हारेको पार्टी सरकारमा छ र स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो बनेको छ । कम्युनिष्टहरु फुटेकोमा देउवाको चमत्कार ठानिएको छ । परमादेशबाट सरकारको प्रधानमन्त्री नै तोकिँदा आमनागरिकलाई पनि लागेको छ ः चमत्कार त देउवाले पो गर्दा रहेछन् । यसो हे¥यो साना पार्टीहरुमा पनि त्यस्तै छ, जसपामा उपेन्द्र यादवको चमत्कार । एकजना नेताले जे भन्यो त्यही हुने रोग नेपाली राजनीतिमा छ । हुँदाहुँदा चमत्कारकै खोजीमा बालेन शाह, हर्क राई हुँदै रबी लामिछानेहरु पनि आएका छन् । त्यसकारण सबै पार्टीहरुमा दैवीय प्रभाव छ । नेतालाई देउता मान्ने वा अन्धविश्वास गर्ने संस्कृति हाबी छ । आजको राजनीतिक अभ्यासमा ओली, दाहाल, देउवा र नेपालमा के कुनै अन्तर छ र ? जनता चाहन्छन्, उनीहरुबीच अन्तर होस् । आजको अभ्यास यो छ कि जो सरकारमा पुुग्यो त्यसले जित्यो । जसले पैसा कमायो, त्यसले जित्यो । हुन पनि दासहरु मन्त्री बन्छन् यो आश्चर्य नै छ । जो बढी दास बन्यो उही मन्त्री वा सांसद बन्यो । अब संसद र प्रदेशको चुनावको चर्चा चल्दै छ, त्यहाँ उम्मेदवारहरुको सूची नेताको खल्तीमा छ । मन्त्रीकै नाम खल्तीमा हुन्छ । पार्टीमा पनि नेता बन्ने सबालमा त्यही सूत्र छ । त्यसकारण पार्टीहरुमा हाबी भएको दास प्रथाको अन्त्य कहिले होला ? सबै पार्टीभित्र चमत्कारको भ्रमको अन्त्य कहिले होला ? नेपाली राजनीतिमा सती प्रथाको अन्त्य कहिले होला ?
२. अहंकार, प्रतिशोध र दिशाहीनता ः अहंकार भन्ने हो भने सबै नेतालाई लाग्छ ः म नै सिजिनपिङ्ग र भ्लादमीर पुटिन जस्तै शक्तिशाली छु । आजको सामाजिक मान्यता नै बनेको छ कि अहंकार बिना नेता बन्न सकिँदैन । अहंकारले प्रतिशोध र दिशाहीनता जन्माउँछ । आफ्नो पंक्ति र जनतालाई माया अनि सम्मान गर्ने नेताको आवश्यकता छ । प्रत्येक पार्टी सदस्य र जनतालाई माया गर्ने नेता चाहिएको छ । को मित्र हो, को सत्रू हो अनि कहाँ जाने हो, केही थाहा छैन । आजको राजनीति दिशाहीनताको शिकार बनेको छ । सत्ता उन्मादले सबैलाई अन्धो बनाएको छ । मन्त्री हुनासाथ सत्ता, पैसा र उन्मादसँगै आउने आजको संस्कृति बनेको छ । राजनीति रातारात धनी बन्ने व्यापार बनेको छ । त्यसकारण आज राजनीतिप्रति सर्वत्र वितृष्णा छ । नेताहरुप्रति जनआक्रोश छ । एउटा राजा फालेर सयौं राजा जन्माउनुु पर्ने हाम्रो नियति बनेको छ । आजको लडाईँ चुनावदेखि चुनावसम्म केन्द्रीत छ । अहिले हामी अर्को संघीय र प्रदेशको चुनावको तयारीमा गएका छौं । अहिले चुनावी गठबन्धन र षड्यन्त्रका अभ्यासहरु भएका छन् । अहिलेको सत्ता गठबन्धनलाई वाम–लोकतान्त्रिक गठबन्धन भनिएको छ । अर्कोतिर वाम गठबन्धनको चर्चा पनि चलेकै छन् । ओली र दाहालको स्वार्थ नमिल्दासम्म वाम गठबन्धन हुन सक्दैन । हिजोको घात प्रतिघातको आलो घाउमा वाम गठबन्धन सफल नहुन सक्छ । उता ओलीले पनि गठबन्धनको तयारी गर्दैछन् । वास्तवमा तत्कालिन सरकारी नेकपाको विभाजन एउटा उद्देश्यका लागि गराइएको थियो, त्यो हो डुब्नै लागेको नेपाली काँग्रेसलाई उद्दार गरी फेरि चुनावमा जिताउने । यो मिसन सफल नहुँदासम्म ओली र दाहाल लडिरहन्छन् र लडाइन्छन् । आगामी चुनावको अंकगणित त अनुुमान गर्न सकिँदैन । तर, देशलाई अस्थिरतातिर धकेल्ने काम हुँदैछ ।
३. आगामी चुनावमा अमेरिका र चीनको प्रभाव ः नेपाली कांग्रेसले जितेमा अमेरिकाको प्रभाव बलियो हुने अनि एमाले वा माकेले जितेमा चीनको प्रभाव बलियो हुने स्पष्ट छ । त्यसकारण चीनको जोड वाम एकतामा हुन्छ भने अमेरिकाको जोड अहिलेको गठबन्धनमा हुन्छ । सायद यस्तो अन्तरविरोधले हामीलाई कहाँ पुु¥याउला भन्ने प्रश्न जन्मिनु स्वभाविक छ । आगामी चुनावको परिणामले एमसीसी र एसपीपीको भविष्यलाई निर्धारण गर्छ भन्ने बहस, चेतना र छलफल वाम चेतनामा छैन । यदि नेपाललाई वैदेशिक हस्तक्षेपबाट मुक्त गर्ने हो भने साना वा ठूला सबै वाम एक ठाउँमा आउनुुपर्छ । तर त्यो चेत नेपालका नेताहरुमा छैन । हस्तक्षेपलाई कसरी कमजोर बनाउने अनि राष्ट्रियतालाई कसरी बलियो बनाउने भन्ने चेतनाको कमी छ । आजको आवश्यकता बृहत् राष्ट्रिय एकता हो र त्योभन्दा पहिले बृहत वाम एकता हो । नेपालको वाम चेतना भनेको आपसमा लड्नुु र सिद्धिनु हो । आपसमा लड्ने चेतना आत्मघाती चेतना हो । एमसीसी र एसपीपीको विरोध गर्ने तर नेकालाई वा शेरबहादुर देउवालाई सत्ता सुुम्पने बुद्धि राष्ट्रघाती कि राष्ट्रवादी ? आजको नेकांभित्र राष्ट्रवादी शक्तिहरु हाबी छैनन् भन्ने घाम जत्तिकै छर्लङ्ग छैन र ?