‘राजनीतिलाई सहि दिशामा ल्याउन पत्रकारको खवरदारी आबश्यक ‘

२०७९ असार २९ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले  राजनीतिलाई  सहि दिशामा ल्याउन   पत्रकारले निरन्तर खवरदारी  गर्नुपर्ने वताएका छन ।   मंगलबार काठमाडौस्थिति पद्मकन्या क्याम्पसमा आयोजित  जनपत्रकार संगठनको केन्द्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले   सो कुरा बताएका छन । महासचिव विप्लवले     वैज्ञानिक समाजवादी राज्यव्यवस्था नआएसम्म नेपाल र नेपालीले  सहि व्यवस्थाको उपयोग गर्न नपाउने  बताए  । उनले   वैज्ञानिक व्यवस्थाका लागि आफुहरु निरन्तर रुपमा लडेको र लडदै जाने  दृढता समेत व्यक्त गरे। महासचिव विप्लवले जनतको अधिकारको लागि लडाई  लडने जिम्मेवारी पार्टीको  काँधमा आएका बताउदै  पत्रकारलाई     जनहितमा निरन्तर कलम चलाउन निर्देशनसमेत  दिए। 

 महासचिव विप्लवले     नेपालको पत्रकारिता आन्दोलन र जनपक्षीय पत्रकारहरुको नयाँ जिम्मेवारी , नेपालको सत्ता राजनितिमा देखिएका संकट र समाजवादी क्रान्तिको भविस्य तथा नेपालको स्वाधिनतामाथी बढ्दै गए को साम्राजवादी हस्ताक्षपको खतराबारे विस्तृत रुपमा प्रशिक्षण दिदै  भने ” हामी नवौं महाधिवेशनलाई वैचारिक राजनीतिक बहसको थलो बनाउदैछौ, यसले नेपाली क्रान्ति र विश्वक्रान्तिमै विशेष अर्थ राख्नेछ, महाधिवेशनले बहस गर्न खोजेका दुरगामी विषयमा प्रचार प्रसार गर्दै  आम जनतालाई बहसमा जोड्ने काम  मिडियाकर्मिहरुको हो , यसका लागि अबश्यक भुमिका जनपत्रकारहरुले पूरा गर्नु हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

 महासचिव विप्लवले    पार्टीभित्र केही समय अघि कञ्चन – सुदर्शनहरुमा देखिएको  अवसरवाद र अराजकतावादी खराव प्रवृति तर्फ संकेत गर्दै भने – ‘ यो अवसरवाद खोक्रो वामपन्थी अवसरवाद हो, यो अराजकतावाद र विसर्जनवाद हो। सुदर्शन कञ्चनहरुमा कतिपय समस्याहरु हुदाहुदै पनि हामीले रुपान्तरणमा  गर्न खोज्यौ।   तर,  अवसरवादले मौका हेरेर बसेको हुदो रहेछ , उहाहरुले त्यस्तै गर्नु  भयो।  यस्ता समस्याहरु आज मात्र होइन भोलि पनि आउन सक्छ्न । यो हाम्रो चाहानामा मात्रै भर पर्ने सवाल होइन ।   यसका आफ्नै बस्तुगत पक्ष पनि हुन्छ्न । वास्तवमा जहाँ कमजोर चेतना हुन्छ त्यहाँ नै अवसरवादले ठाउँ लिदो रहेछ । हामी यतिबेला अन्तरसङ्घर्स प्रधान नहोस भन्ने चाहान्थ्यौ , पार्टीलाई एकतावद्द  बनाएर बाह्य हस्ताक्षेपविरुद्ध संघर्स केन्द्रित गर्न पनि सुदर्शनहरुलाई  रुपान्तरण गर्न खोजेका थियौ। त्यसो   नभए  त उहामा देखिएको आर्थिक विचलनको समस्या बारे पहिल्यै कैयौं साथिहरुले कुरा उठाइ सक्नु भएको थियो , हामी त्यतिबेलै कारबाही गर्न  सक्थ्यौ ।   उनीहरु यति धेरै मौका कुरेर बसेका होलान भन्ने हामीले सोचेका पनि थिएनौ।  उहाहरु त आफ्नो कमजोरी लुकाउन बाटो हेरेर पो बसेका रहेछन ।   होइन भने उहाहरु कुनै छुट्टै केही गरिहाल्ने भन्ने त होइन नि,  अहिलेको अन्तरसङ्घर्समा पार्टीभित्रको एउटा पङ्ती डटेर गलत विषयमा लड्ने भन्दा पनि धर्मरायो , यो सोचनिय कुरा हो। अवसरवादले कि त आफ्नो दृस्टिकोण अनुसार कि त पार्टी चलाउने वा कब्जा गर्न खोज्दो रहेछ , यदि त्यसो नभए  त्यो ढिलो चाडो अलग्गिदै जादो रहेछ ।  ‘

   दलाल पुजीवादी राज्यसत्ता र अहिलेको क्रान्तिकारी धाराबिच निरन्तर चल्दै गएको दाउपेचतर्फ संकेत गर्दै उनले   भने – ” अहिलेको सत्ताले हामीबाट कि त तुरुन्त आत्मसमर्पण ,  कि त तुरुन्त लडाइ  चाहान्छ।   त्यसैले उसले तीन बुंदे  सहमति कार्यावन्वन गर्न मानेको छैन , बन्दिहरु छोडेको छैन । तर यो कुरा हामीले राम्ररी बुझेका छौ । हामी अहिले नै शहर छोड्न चाहान्नौ , गाउँ र शहरको सम्बन्ध अझ मजवुद बनाउन  चाहन्छौ । राज्यले हामीलाई विश्वास पनि गरेको छैन भन्ने देखिन्छ। उनिहरुलाइ यो कुरा टाउको दुखाइको विषय भएको छ। 

उक्त वैठकमा नेकपाका सचिवालय सदस्य सन्तोष  वुढा मगरले     पत्रकार जगत अरु संगठनभन्दा भिन्न र वौद्धिक भएकाले मुलुको आवस्था र नागरिकहरुका वास्तविाक समस्यालाई  निर्धक्क भएर उजागर गर्ने दायित्व पत्रकारको भएको वताए भने नेकपाका केन्द्रिय सदस्य तथा   जनपत्रकारका संगठनका फ्र्याक्सन इन्चार्ज   प्रज्वलनले  पत्रकारितामार्फत जनताको सेवा  र प्रेस स्वतन्त्रतका पक्षमा  वकालत गर्नु  पत्रकारको दायित्व    भएको वताए । 

   बैठकले      जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय  सम्मेलन आगामी भाद्र ११ र १२ गते काठमाडौ गर्ने  निर्णयका साथै  विभिन्न समितिको गठन , पुनर्गठन र केन्द्रिय सदस्यहरुको  कार्यक्षेत्र समेत हेरफेर गरेको छ।    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिबद्धता !मानव अधिकारको रक्षा र बैज्ञानिक समाजवादका लागि जनपत्रकारीता !! भन्ने नारा सहित संयोजक शेरबहादुर बिश्वकर्माको अध्यक्षता तथा सञ्चालन र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको विशेष उपस्थितमा भएको बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले आ आफ्नो फिल्डको कामको मौखिक रिपोर्टिङ गरेका थिए भने आमन्त्रित सदस्यहरुले अनुभुती , प्रतिबद्धता र सुझाव सहितको धारणा राखेका थिए ।

बैठकमा    नेकपाका  केन्द्रिय सदस्य  सुशील ओलिको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु