‘एकिकृत जनक्रान्ति विजय भएर छोड्छ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्ति विजय भएर छोड्ने ठोकुवा गरेका छन । सोमबार नेपाल कम्युनिस्ट पार्टीको अनलाइन पत्रिका जनपत्रिका (www.janapatrika.com) को उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । उनले भने – ‘ एकिकृत जनक्रान्तिका विरुद्ध षड्यन्त्र गरेपनि, पार्टीका विरुद्ध षड्यन्त्र गरेपनि, यो देशमा राष्ट्रिय मुक्ति र नेपाली जनताको मुक्तिको सूनिक्षीत गर्ने एकिकृत जनक्रान्ति विजय भएर छोड्ने छ । म तपाईहरुलाई भन्न चाहान्छु, देशको चित्रलाई हेर्नुभयो भने आगामि केहि दिनभित्र संसद र प्रदेशको चुनावको घोषण हुदैछ । पाँच-छ महिनाबीचको समयसीमा राखेर घोषणा गर्लान, तर स्थिति यस्तो छ कि आज के हुन्छ, भोलि के हुन्छ भन्न सकिदैन । यो महिना कसरी जान्छ, अर्को महिना कसरी जान्छ, भन्न सकिदैन । आगामी चार – छ महिना कसरी जाला ? सरकारले देशको र जनताको जिवन एक कदम अगाडि लिन गाह्रो छ । एउटा हाहाकार देखा पर्दैछ । देशमा अहिले अर्थव्यावस्थामा व्यापारी व्यावसायीहरुसँग कुरा गर्नु भयो भने, हालत खराव भएको कुरा उहाँहरुले राख्नुहुन्छ । हामी टाटपल्टिएका छौ भनेर व्यावसायीहरु भन्दै छन्। वित्तिय संस्थाहरुलाई हेर्नुे भयो भने वित्तिय संस्थाहरु पनि टाटपल्टिन थाले । हामीले स्वीकृत गरेको ऋण पनि उपलब्ध गराउन सक्ने स्थितिमा छैनौ भनेर वित्तिय संस्थाहरुले भनिरहेका छन्। “
यसैगरी , प्रवक्ता प्रकाण्डले नेपालको क्रान्तिकारी आन्दोलनको इतिहासमा देश र जनताको पक्षमा आफुलाई खडा गरेर निरन्तर पत्रकारीताको जगतबाट वा अर्को भाषामा मिडिया मोर्चाबाट देश र जनताको पक्षमा आफुलाई उभ्याउँदै आउने क्रममा नेपालको राजनितिक आन्दोलनमा पत्रकारिता क्षेत्रमा पनि थुप्रै धारहरु देखिदै आएको उल्लेख गर्दै पत्रकारिता जनताको बीचमा स्थापित भएको बताए ।
उनले भने – ‘ पत्रकारिता अहिले अस्तित्वमा छ, त्यो पत्रकारीताको भविष्य तबमात्र रहन्छ जब त्यसले निरन्तर देश र जनताको सेवामा आफुलाई पुर्याउछ । जनताका आवाजहरु बोल्दछ । जनतालाई सत्य तथ्य सुचनाका आधारमा सुसुचित गर्ने आफ्नो मुख्य प्रवृति बनाउँदछ र परिवर्तन र सम्वृद्धिलाई जहिले पनि आफ्नो अभिष्टा बनाउछ । अहिले विश्व राजनीतिा र राष्ट्रिय राजनीतिमा पनि शासक र शासित हुने भैसकेपछि पत्रकारीता पनि वर्गिय चरित्रको हुने नै भयो । विगतमा नेपालको पत्रकारिता क्षेत्र अथवा मिडिया क्षेत्रलाई हामीले हेर्यौ भने मुलभूत रुपमा जहिले पनि शासक वर्गका बिरुद्ध , अन्यायका बिरुद्धमा र जनताको पक्षमा आफूलाई खडा गर्ने र जनताको पक्षमा कलम चलाउने पद्दति पत्रकारिता क्षेत्रको रह्यो र त्यो विशेष गरेर वर्गिय चरित्रको रह्यो, त्यो क्रान्तिकारी चरीत्रको रह्यो, त्यो राष्ट्रवादी चरित्रको रहयो, त्यो जनपक्षिय चरित्रको रह्यो, त्यसका बिरुद्ध जसरी जनताको आन्दोलनका बिरुद्ध , जनताको शक्तिका बिरुद्ध , जनताको पार्टीका र जनताको राजनीतिको बिरुद्ध षड्यन्त्र भयो, त्यसरी नै परिवर्तन र क्रान्तिका पक्षमा आफूलाई खडा गर्ने मिडिया र मिडियाकर्मीका बिरुद्ध पनि षड्यन्त्रहरु भए । अहिले हेर्नुभयो भने विश्वमा र नेपालमा समेत हेर्नु भयो भने क्रान्तिकारी पत्रकारीता, प्रगतीशिल पत्रकारिता वा जनपक्षिय पत्रकारीता र खुफिया पत्रकारिता बीच स्पष्ट ध्रुविकरण देखिदै आएको छ । हामीले विगतदेखि अहिलेसम्म चाहे हिजो क्रान्त्रिकालमा होस् अथवा जनयुद्ध कालमा अथवा त्यो भन्दा पहिलेको परिस्थितिमा होस वा अहिले हाम्रो पार्टीको तर्फबाट एकिकृत जनक्रान्तिको संश्लेषण गर्दै क्रान्त्रि अगाडी बढाईरहँदा होस, जनताको तर्फबाट पत्रकारिता मोर्चालाई खोल्ने र मिडिया खडा गर्ने पक्षलाई जोड दिदै निरन्तर मिडियाहरु चलाउँदै आयौँ । तपाई हामीलाई थाहाँ छदैछ, भर्खरै हामीले हाम्रो पार्टी बनाई सकेपछि रातोखबर पत्रिका र अनलाइन चलाईरहेको थियाँै । त्यसको वरीपरी पार्टीका कमरेडहरुले चलाईरहेका मिडियाहरु गोलबद्ध थिए । त्यसले नेपालको क्रान्तिकारी पत्रकार आन्दोलनको नेतृत्व गरिराखेको थियो । राष्ट्रवादी पत्रकारीता आन्दोलनको त्यसले नेतृत्व गर्दै आएको थियो । समाजवादी पत्रकारीता आन्दोलनको नेतृत्व त्यसले गरिराखेको थियो । तपाईहरुलाई थाहाँ छ, क्रान्त्रि थुप्रै उत्तरचढावबाट गुर्जिनु पर्छ । हजारौ मोर्चाहरु लड्नुपर्छ । ति मोर्चाहरुमा हार र जितको बीचबाट गुर्जेरमात्र अन्तमा क्रान्त्रिको मोर्चा जित्न सकिन्छ । त्यसो भएको हुँदा पार्टी एउटा ढंगले अगाडि बढिराखेको थियो, त्यही ढंगले हाम्रो मिडिया अगाडि बढिराखेको थियो । जनताको दिलदिमागमा त्यो थियो । पछिल्ला दिनमा पार्टीले जनताका आममुद्धाहरुलाई नेतृत्व गर्दै जान थाल्यो, राष्ट्रिय मुद्धामा संघर्ष गर्दै जान थाल्यो, जनताका मुद्धामा संघर्ष गर्दै जान थाल्यो , विदेशीहरुको हस्तक्षेपविरुद्ध संघर्ष गर्दै जान थाल्यो, तब दलाल पूँजीवाद र त्यसको सत्ता नेपालमा एकपछि अर्को जनताको बीचमा नाकाम हुँदै गएपछि, वदनाम हुँदै गएपछि, असफल हुँदै गएपछि, जनतामा एउटा ठूलो आक्रोस र घृणा यसका विरुद्ध पैदा हुँदै गएपछि, नेपाल कम्युनिष्ट पार्टी सबै राष्ट्रिय मुक्ति चाहाने नेपाली जनता, सवै राजनीतिक पार्टीभित्रका प्रगतिशिल प्रवृति भएका नेता र कार्यकर्ता कम्यूनिष्ट आन्दोलनभित्रका क्रान्तिकारी नेता र कार्यक्रर्ताहरुको एउटा आस्था र विश्वास धरहर बन्दै गएको थियो । जुन घटनाको परिदृश्यलाई तपाईहरुले पनि नजिकबाट हेर्नु भएको छ र अवलोकन गर्नुभएको छ । अहिलेको राज्य व्यवस्थाको विकल्प, अहिलेको राज्य सत्ताको विकल्प र यसलाई सञ्चालन गर्ने नेतृत्वको विकल्प नेपाली जनताले खोजिराखेको छ । हाम्रो पार्टीले एकिकृत जनक्रान्त्रिको विकल्प प्रस्तुत गरिराखेको थियो । हामीले भनिराखेका थियौ, दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको आवश्यकता हो । दलाल पूँजीपतिवर्गको नेतृत्व गर्ने संसदवादी पार्टीका नेताहरु जो छन्, त्यो नेतृत्वको अन्त्य गरेर त्यसको ठाउँमा जनताको क्रान्तिकारी पार्टीको क्रान्तिकारी नेतृत्व हामीले अगाडि सारेका थियौ । कमरेड महासचिवको नेतृत्व हामीले अगाडि सारेका थियौ । हामीले भनेका थियौ। राष्ट्रियता एकपछि अर्को यति धेरैसंकटपूर्ण छ कि इतिहासका सबैराष्ट्रघातलाई र जनघातलाई माथ गर्ने गरि अहिले घटनाहरु घटिराखेका छन् । भारतीय हस्तक्षेपलाई उछिनेर अहिले अमेरिकी हस्तक्षेप हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा खतरनाक ढंगले आईराखेको छ ।

तपाईहरुले हेर्नु भएको छ, त्यसका विरुद्ध हामी लड्दै आएका छौ । राष्ट्रिय स्वाधिनताको आन्दोलन, राष्ट्रिय मुक्तिको आन्दोलन र राष्ट्रिय मुक्तिको क्रान्तिमा पनि हामी जसरी लड्यौ। हामीले जसरी मुद्दालाई स्थापित गर्दै गयौ र हामी सम्झौताहीन संघर्ष गर्दै गयौ तब यो देशको राष्ट्रिय मुक्तिको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी हो भन्ने स्थापित भयो । तपाईहरुलाई थाहा छ , यो चित्र जब राष्ट्रिय राजनीतिमा बन्दै गयो, आम नेपाली जनता उत्साहित ह्ुदै गएका थिए । यो राष्ट्रको मुक्ति चाहाने सबै नेपालीहरु उत्साहित हुदै गएका थिए । क्रान्तिकारीहरु पनि उत्साहित हुदै गएका थिए । झण्डै झण्डै इतिहासमा सबै धोकाधडीहरुलाई अहिलेको नेपाल कम्युनिष्ट पार्टी र नेतृत्वको क्रान्तिले सधैको निम्ती अन्त्य गर्नेछ भन्ने जनतामा एउटा विश्वास पैदा हुदै गएको थियो । यहि बेलामा पत्रकार साथिहरु,सहयोद्धा कमरेडहरु, मैले तपाईहरुको ध्यान केन्द्रित गर्न कहाँ खोजेकोभन्दा संसदिय व्यवस्था नकाम हुदै गएको स्थिति, यसको सत्ता पनि असफल हुने र यसलाई संचालन गर्ने नेताहरुसमेत जनताको आक्रोस र घृणको तारो बन्ने स्थिति जब राष्ट्रिय राजनीतिमा देखियो, त्यो वेला देशी-विदेशी प्रतिक्रियावादीहरु, देशि-विदेशि अवसरवादीहरु,र देशि-विदेशि संशोधनवादीहरुले हाम्रो पार्टीका बिरुद्ध खडा हुन खोजे , दलाल पँुजिपति वर्ग हाम्रो पार्टी बिरुद्ध लाग्यो र यो देशका सामाजिक दलाल पुँजीपति वर्ग पनि हाम्राबिरुद्ध लागे । यो सबै यथार्त तपाईहरुलाई थाहा छ ।
अहिले आर्थिक दृष्टिकोणले पनि राष्ट्रिय राजनीतिमा बहस छ । अर्थविदहरुले तर्क गरिराखेका छन् । अब अर्थव्यवस्था पनि कोल्याप्स हुदैछ भन्ने ठाउमा अहिले आएको छ । तर आजको एक डेढ वर्ष अगाडी अगाडी जब हामी प्रतिबन्धित कालमा थियौ, त्यो बेला राष्ट्रिय राजनीतिमा यो संसदिय व्यवस्था फेलियर भयो भन्ने बहस थियो । त्यो त सबै जनताले देख्ने गरि एउटा विकल्पको रुपमा देखिन्थ्यो भने राज्यव्यवस्था असफलता संगसंगै आर्थिक व्यवस्थामा पनि संकट पैदा हुदै गएको थियो । यद्यपी अहिलेको स्थितिमा आइसकेको थिएन् । हामीले विश्लेषण गर्दै थियौ । तपाईहरुले राष्ट्रिय सुचकाङ्गलाई हेर्नु भयो भन,े अन्तराष्ट्रिय डेटालाई हेर्नु भयो भने त्यो देख्न सकिन्थ्यो । हुदै आउँदा अहिले के भयो भने आर्थिक दृष्टिकोणले पनि देश संकटको ठाउँमा पुगको छ । विश्लेकहरुले पनि श्रृलंकासंग तुलना गर्न थालेको अवस्था छ । राष्ट्रियताको स्थिति अमेरिकनहरुले आफ्नो एमसीसीको नाममा, एसपीपीको नाममा सिधा सिधा हाम्रा गाउँगाउँमा प्रवेश गरिराखेका छन्। नुवाकोटमा मात्र झण्डै झण्डै सात आठ सय रोपनी जग्गा खरिद गरि सकेका छन्, त्यही अवस्था पाल्पामा छ । यस्तै स्थिति मकवानपुरमा छ । देशका एघार वटा जिल्लामा उनिहरु डे टु डे आउने हर्कत गरिराखेका छन् । सुरुमा जुन वेला इण्डोपेसिपिक इस्ट्राटेजीको चर्चा चलेको थियो, एमसीसीको चर्चा चलेको थियो, त्यो वेला यो देशका शासकहरुले भन्ने गर्थे यो इण्डोपेसिपिक इस्ट्राटेजीसँग एमसीसीको सम्बन्ध छैन । एमसीसी विकास परियोजना हो । यो अमेरिकी हस्तक्षेपसँग सम्बन्धित छैन्। अझ अमेरिकी सेना नेपालमा आउने सँग सम्बन्धित छैन् अथवा अमेरिकाको सैन्य योजनासँग यसको सम्बन्ध छैन भनेर बेस्सरी कराउथे । तर, अहिले तपाईहरुले हेर्नु भएकै छ, एसपीपी आउने बेलासम्म उनिहरुका सबै नकाव च्यातिएका छन्, सरकारले नै हामीले अमेरिकालाई चिठि लेख्छौ भन्नु पर्ने भयो । यद्यपी अषाढ छ गते तिनिहरुले निर्णय गरेका छन तर, अहिलेसम्म सरकारको परराष्ट्र मन्त्रालयले अमेरिकालाई चिठि लेखेको छैन् । राष्ट्रियता हेर्नुभयो भने जर्जर अवस्थामा छ । जनजीविको अवस्था हेरौ, डे टु डे भारी बोकेर खाने मजदुरहरुको त कुरै नगरौ । मध्यमवर्गसमेत महङ्गीले आजित भएको छ । बेलुका तिर बजारमा जादा रुनुपर्ने स्थिति छ । महङ्गी त्यहाँ पुगेको छ । अहिलेको सबै चित्र हेर्नुभयो भने यो देश त सबै दृष्टिले फेलियर ठाउमा पुगको छ । राज्यकै अस्तित्व रहन्छ कि रहदैन भन्ने चिन्ता थपिदै गएको छ । मुलुकको अस्तित्व रहन्छ कि रहदैन, यो स्थितिमा देश छ । यो चित्र हामीले पहिल्यै आकलन गरेका थियौ । अहिले यो देशका दलालहरुले विशेष गरेर साम्राज्यवादीहरुले, साम्रज्यवादीहरुका अर्थविदहरुले, तिनका वित्तिय निकायहरुले गरिराखेका छन् । राजनीतिक संकटको ठाउँमा आर्थिक संकट पुग्यो भने सबै समस्याहरु एक ठाउँमा केन्द्रित भए भने यो देश हाम्रो नियन्त्रणमा रहनेछैन् । नेपालमा हाम्रा दलालहरुले यसलाई कन्ट्रोल गर्न सक्ने छैनन।
त्यसैले , यो देशको रक्षा गर्ने जिम्मेदारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आउने छ । नेपाल कम्युनिष्ट पार्टीले चलाएको एकिकृत जनक्रान्तिको नेतृत्वमा जानेछ । यो देश उर्वर भुमि हुनेछ ।
यो सत्तालाई बचाउन सक्ने छैनौ भन्ने बर्तमान शाषकहरुको विश्लेषण छ । त्यसो भएको हुँदा उनिहरुले जुनसुकै मुल्यमा नेपाल कम्युनिष्ट पार्टीलाई कमजोर पार्नु पर्यो, षड्यन्त्र गर्नुपर्यो र तोडफोड गर्नुपर्यो भनेर लागेका छन । त्यसैले साम्राज्यवादीहरुले षडयन्त्र गर्ने थाले र केही दलाल पुँजीवादको षडयन्त्र हाम्रो पार्टीका बिरुद्ध केन्द्रित भयो । उनीहरु कसरी जनतामा हाम्रो लोकप्रियतालाई घटाउन सकिन्छ, कसरी यसको नेतृत्व र राष्ट्रिय राजनीतिमा पार्टीको उचाईलाई कमजोर बनाउन सकिन्छ भनेर रणनीतिका साथ लागेका छन । यहि वेलामा हाम्रो पार्टीभित्रको खराबी जो अहिले फुटवाद र भगौडा प्रवृतिको रुपमा देखा परेको छ, त्यसले साम्राज्यवादीहरुको यो षडयन्त्रलाई र रणनीतिलाई हाम्रोबिरुद्ध प्रयोग गर्ने एउटा हतियारको काम गरेको छ । अहिले पनि तपाईहरुले हेर्नुभएको छ, यतिधेरै तथनाम कराईराख्नुभएको छ कि उहाँहरु आफूलाई बडो र हामी संसदनवादी भन्नुभएको छ, योमात्रै होइन हिजो मात्रै एउटा अन्तर्वार्तामा भन्नुभएको छ – संसदनवादी त माओवादी केन्द्र होइन रे हामीलाई अथवा नेपाल कम्युनिष्ट पार्टी संसद्वादी हो । जसरी पार्टी र नेतृत्वबिरुद्ध षडयन्त्र भयो , त्यो षडयन्त्रमा हाम्रो मिडिया पनि परे । सायद तपाईहरुलाई थाहा छ, लेनिनकै आफ्नो जीवनमा पनि दोस्रो महाधिवेसनमा आफ्नो पत्रिका मेन्सेविकहरुले नियन्त्रण गरे । मेन्सेविकहरुले नियन्त्रण गरे पनि लेनिनको अक्टोबर क्रान्ति रोकिएन । लेनिनको वोल्सेभिक पार्टी निरन्तर क्रान्तिमा अगाडि बढिरह्यो । अहिले पार्टीलाई यो स्थितिमा पुर्याए र पार्टीका महत्वपुर्ण अवयवहरुलाई क्रान्त्रिबाट अलग गरेर दलाल पुँजीवादको सेवा गर्ने र साम्राज्यवादको सेवा गर्ने जो मुर्खता यी फुटवादीहरुले गरे, त्यसका बिरुद्ध हामीलाई क्रान्तिकारी पार्टी र सबै क्रान्तिकारी नेपाली जनताको प्रतिनिधित्व गर्ने, त्यसको आवाज बोल्ने, देशको विचार वोल्ने र देशको राजनीतिलाई प्रवाह गर्ने मिडिया चाहिन्थ्यो । यहि आवश्यकतालाई परिपुर्ति गर्नको नीम्ति हामीले आज जनपत्रिका अनलाईन प्रारम्भ गरेका हौ । अहिलेको दुनियाँ विज्ञान र प्रविधिको दुनियाँ हो । यसमा पनि आइटीको दुनियाँ हो । त्यसो भएको हुँदा अनलाईन आमनेपाली जनताको विचमा अगाडी बढाउने, यसलाई स्थापित गर्ने र यसको व्यवस्थित रुपमा सबै पार्टी पंक्ति, जनता र आमसंचार जगत सबैले जानकारी पाउने गरि यो कार्यक्रमको हामीले उद्घाटन कार्यक्रम आयोजना गरेका हौ । मैले अघिनै भने धेरै भन्नु छैन तपाई हामी निरन्तर क्रान्तिको यात्रामा छौ । क्रान्तिकारीको विरुद्ध हुने सवै षड्यन्त्रलाई चाहे साम्राज्यवादका विरुद्ध होस, चाहे दलाल पूँजीवादका विरुद्ध होस हामी सवै मोर्चामा निरन्तर डटि रहने छौ । भित्रका खरावी र वाहिरका षड्यन्त्रहरुका विरुद्ध निर्मातापूर्वक लड्ने छौ र विजय हासिल गर्ने छौ। पार्टी र नेतृत्वका विरुद्ध जति षड्यन्त्र गरेपनि देशको अहिलेको संटकपूर्ण स्थितिको समाधान भनेको क्रान्त्रिबाहेक अर्को तरिकाले देखिदैन । “