‘क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनु पर्छ ‘

२०७९ श्रावण ६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनु पर्ने र हजारौ मोर्चाहरु लड्नुपर्ने बताएका छन । बिहिबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा हुन् । बैठकलाई सम्बोशन गर्दै प्रकाण्डले भने – ‘ क्रान्ति सम्पन्न गर्न थुप्रै उत्तरचढावबाट गुर्जिनुपर्छ र हजारौ मोर्चाहरु लड्नुपर्छ । ति मोर्चाहरुमा हार र जितको बीचबाट गुर्जेरमात्र अन्तमा क्रान्त्रिको मोर्चा जित्न सकिन्छ । ‘
प्रवक्ता प्रकाण्डले पछिल्ला दिनमा पार्टीले जनताका आममुद्धाहरुलाई नेतृत्व गरेको बताउदै पार्टीले राष्ट्रिय र जनताका मुद्धामा , विदेशीहरुको हस्तक्षेपविरुद्ध संघर्ष गरेको बताए। उनले दलाल पूँजीवाद र त्यसको सत्ता नेपालमा एकपछि अर्को जनताको बीचमा नाकाम , वदनाम र असफल हुँदै गएपछि, जनतामा एउटा ठूलो आक्रोस र घृणा पैदा हुँदै गएको बताउदै नेपाल कम्युनिष्ट पार्टी सबै राष्ट्रिय मुक्ति चाहाने नेपाली जनता, सवै राजनीतिक पार्टीभित्रका प्रगतिशिल प्रवृति भएका नेता र कार्यकर्ता कम्यूनिष्ट आन्दोलनभित्रका क्रान्तिकारी नेता र कार्यक्रर्ताहरुको एउटा आस्था र विश्वास धरहर बन्दै गएको बताए ।
प्रवक्ता प्रकाण्डले अहिलेको राज्य व्यवस्था , सत्ता र यसलाई सञ्चालन गर्ने नेतृत्वको विकल्प नेपाली जनताले खोजिराखेको बताउदै पार्टीले एकिकृत जनक्रान्त्रिको विकल्प प्रस्तुत गरिराखेको बताए । उनले दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था अहिलेको आवश्यकता भएको ठोकुवा गर्दै दलाल पूँजीपतिवर्गको नेतृत्व गर्ने संसदवादी पार्टी , तिनका नेता र नेतृत्वको अन्त्य गरेर त्यसको ठाउँमा जनताको क्रान्तिकारी पार्टी , क्रान्तिकारी नेतृत्व अगाडि सारेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्डले राष्ट्रियतामा एकपछि अर्को संकटपूर्ण अवस्था आएको उल्लेख गर्दै इतिहासका सबैराष्ट्रघातलाई र जनघातलाई माथ गर्ने गरि अहिले घटनाहरु घटिराखेको र भारतीय हस्तक्षेपलाई उछिनेर अहिले अमेरिकी हस्तक्षेप हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा खतरनाक ढंगले आईराखेको बताए ।


उनले क्रान्तिकारीका विरुद्ध आउने भित्रि र वाहिरी षड्यन्त्रहरुका विरुद्ध निर्मातापूर्वक लड्न र विजय हासिल गर्न सम्भब भएको ठोकुवा गर्दै पार्टी र नेतृत्वका विरुद्ध जति षड्यन्त्र गरेपनि देशको अहिलेको संटकपूर्ण स्थितिको समाधान भनेको क्रान्त्रिबाहेक अर्को तरिकाले नहुने बताए ।
प्रवक्ता प्रकाण्डले पार्टी जनताको बिचमा लोकप्रिय हुँदै गएको भन्दै जनताका समस्या र मुद्दालाई उजागर गर्नुपर्ने बताउदै असोज १-८ सम्म काठमाण्डौमा हुने पार्टीको राष्ट्रिय महाधिवेशन भव्यरूपमा सम्पन्न गर्न केन्द्रिय प्रचार तथा प्रकाशन विभागलाई उल्लेख्य भूमिका निभाउन निर्देशनसमेत दिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रज्वलनको अध्यक्षातामा भएको सो बैठकले पार्टीका गतिविधि र राष्ट्रियता र जनसरोकारका बिषयलाई प्रधानतामा राखेर ब्यापकरुपमा प्रचार – प्रसार गर्ने निर्णय गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]