क्रान्ति अगाडि बढाउन कलाकारको भूमिका अनिबार्य

२०७९ श्रावण ७ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषमले जनयुद्धकालमा क्रान्ति अगाडि बढाउन कलाकारले खेलेको भूमिकाको स्मरण गर्दै बर्तमान समयमा अझ नयाँ ढंगले बढ्नु पर्ने सुझाव दिएका छन । सामना सांस्कृतिक परिवारद्वारा आयोजित सहिद स्मृति विधागत सांस्कृतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता विषमले सो कुरा बताएका हुन् । उनले यस्तों प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता विकास गर्ने र अगामी सांस्कृतिक आन्दोलन थप प्रभवकारी हुने विश्वास व्यक्त गरेका छन ।
१५ दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशैभरीबाट विभिन्न विधाका कलाकारहरूको उपस्थिति रहेको छ। उक्त कार्यक्रममा सांस्कृतिक क्षेत्रका नृत्य, गायन, वाद्यवादन र नाट्य लगायतका चार विधामा प्रशिक्षण हुने छ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य विषम, अखिल नेपाल संस्कृतिक महासंघ का केन्द्रिय अधयक्ष एवम् नेकपाका केन्द्रिय सदस्य माइला लामा, नेकपाका केन्द्रिय सदस्य चूडामणि वलीलगायत अतिथि रहेका थिए । सामना सांस्कृतिक परिवारका संयोजक आरोह अध्यक्ष रहेको कर्यक्रमको सञ्चालन नहकुल क्षेत्रीले गएका थिए ।
-कमल विश्वकर्मा

प्रतिक्रियाहरु

[anycomment]