‘वैदेशिक हस्तक्षेपविरुद लडौ’

२०७९ श्रावण ८ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य तथा कास्की – गोर्खा जिल्ला इन्चार्ज उमा भुजेल ‘शिलु’ले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपको खतराविरुद लड्न अपिल गरेकी छिन। नेकपा कास्कीको २४ औ वैठकलाई सम्बोधन गर्दै नेत्री शिलुले सो अपिल गरेकी हुन।
उनले स्वतन्त्रता तथा सार्वभौम सत्ताको रक्षाका लागि देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरुको मोर्चा निर्माण अहिलेको प्रमुख आवश्यकता रहेकोसमेत बताएकी छिन् ।
शनिबार कास्कीको विद्यास्थल नारायण कयाम्पसमा भएको उक्त वैठकमा वोल्दै केन्द्रिय सदस्य शिलुले भनिन – ” देशमाथी निरन्तर विदेशी हस्ताक्षप बढिरहेको छ, भ्रस्टाचार , महङ्गी र बेरोजगार वढिरहेको छ, संसदवादीहरु सत्ता र शक्तिको भागवण्डा र लुटमा तल्लिन छ्न , उनिहरुलाई देश र जनता प्रती कुनै मतलब छैन, यो समग्र स्थितीबाट निकास खिज्न हामीले बैज्ञानिक समाजबादको कार्यक्रम आगाडी सारेका छौ र त्यसका लागि लडि पनि रहेका छौ। ‘
उनले भनिन – ‘यो ऐतिहासिक दायित्वलाई पूरा गर्न हामिले जुन पहल लिदै थियौ , यसलाई बुझ्न नसकेर कञ्चन सुदर्शनहरु अलग हुनु भएको छ , यसले क्रान्तिकारीहरुलाई उत्साहित गर्ने भन्दा निरासा नै बनाउछ।’
नेपाल कम्युनिस्ट पार्टी कास्कीको उक्त बैठकमा जिल्ला सल्लाहकार पुस्प र किसानको समेत सहभागिता रहेको थियो भने वैठकको अध्यक्षता र सञ्चालन जिल्ला सेक्रेटरी काजी गुरुङले गर्दै पार्टी केन्द्रिय समितिको सर्कुलरसमेत बाचन गरेका थिए।

प्रतिक्रियाहरु

[anycomment]