४ कम्युनिस्ट पार्टीद्वारा रणनैतिक संयुक्त मोर्चा बनाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ – “आज मिति २०७९ साउन ८ गते वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी, नेपालको केन्द्रीय कार्यालय थापागाउँमा हामी चार कम्युनिष्ट पार्टीको बैठक बस्यो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपालको कम्युनिष्ट क्रान्तिकारी आन्दोलनमा विगतवेखि कार्यगत एकता गर्दै आएका हामी चार कम्युनिष्ट पार्टीहरु दलाल पुँजीवादी राज्य व्यवस्थाले राष्ट्रिय स्वाधिनता, जनअधिकार र जर्नाजवीकाको क्षेत्रमा चरम संकट पैदा गरेको वर्तमान वस्तुगत अवस्थाको आवश्यकता, जनताको चाहना, आगामी जनसंघर्षको आवश्यकता र हामी चार पार्टीको दायित्वलाई दृष्टीगत गर्दै आगामी दिनमा कार्यगत एकतालाई रणनैतिक संयुक्त मोर्चाको तहसम्म विकास गर्न प्रतिवद्ध छौँ ।
२. हामी चार पार्टीको आज वसेको बैठकले आगामी जनसघर्षको कार्यक्रम सम्बन्धी बिभिन्न निर्णयहरु गरेको छ । जुन श्रावण १० गतेको पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।
३. हामी चार पार्टी संयुक्त संघर्षको यस प्रक्रियामा सामेल हुन कर्म्यानिष्ट क्रान्तिकारीहरु, वामपन्थी, देशभक्त र सच्चा लोकत’्त्रबादीहरुलाई विषेश अपिल गर्दछौँ ।”
