डोनाल्ड लुको नेपाल भ्रमणको बिरोध : दर्जन विद्यार्थी गिरफ्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुको नेपाल भ्रमण बिरोध गर्दै प्रदर्शन गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी, नेकपा ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा(माओवादी समाजवादी )ले नेपाल स्टेट पार्टनरसिप प्रोग्राम ( एसपीपी ) नेपालले अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्डको नेपाल भ्रमण बिरोध गर्दै प्रदर्शन गरेका हुन् ।

उक्त , बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी )का अध्यक्ष प्रकाश शाही , महासचिव ललित बिक, तारा सन्ज्याललगायत दर्जन विद्यार्थी गिरफ्तार गरेको छ ।
दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहिवार र शुक्रवार नेपालमा रहने छन् । उच्च कुटनीतिक श्रोतका अनुसार उनी दुईदिने नेपाल भ्रमणमा आएका हुन् । उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गते सम्म नेपाल आएका थिए । उनी त्यस वेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) सम्झौता संसदवाट अनुमोदन हुनुअघि नेपाल आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भईसके पनि अन्य क-कसलाई भेटवार्ता गर्ने भन्नेवारे बाहिर जानकारी ल्याईएको छैन ।

लु ले यसअघि एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गराउन काठमाण्डौं आएर राजनैतिक र कुटनैतिक दौडधुप गरेका थिए । साथै उनले नेपालका शिर्ष नेताहरूलाई फोन गरेर एमसीसी अनुमोदन प्रकृयालाई अगाडि वढाउन पनि माग गरेका थिए । जस्लाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर एमसीसी परियोजना लिने कि नलिने ? धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै सार्वजनिक कार्यक्रममै आपत्ति जनाएका थिए । एमसीसी नेपालले लागू गरोस् भन्ने अमेरिकाको चाहनाअनुरूप एमसीसी संसदवाट पास गराउन सफल मन्त्री लु एमसीसी परियोजना सञ्चालनको प्रमुख पाँच सर्ट मध्य संसदवाटै अनुमोदन गराउन सफल भएका थिए ।

एमसीसी अमेरिकी सरकारले प्रत्यक्षरूपमा सञ्चालन गर्ने अमेरिकाको पृथक परियोजना रहेको हुनाले उनले एमसीसी परियोजना लिने कि नलिने भनेर एमसीसी पास गराउन दवाफ दिएका थिए । अहिले नेपालवाट नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार एसपीपी लागू नगर्ने र सो अनुसार अमेरिकी सरकारलाई पत्रचार गर्ने निर्णयले आतंकित भएर संयूक्त राज्य अमेरिकासंग राज्य साझेदारी कार्यक्रम ( एसपीपी ) पास गराउन सहायक विदेशमन्त्री लु नेपाल आएको वुझ्न सकिन्छ ।