४ कम्युनिस्ट पार्टीद्वारा लु को भ्रमणको विरोध : SPP कार्यान्वयन नगर्न चेतावानी

२०७९ श्रावण १२ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले कुनै पनि मुल्यमा राष्ट्रघाती SPP कार्यान्वयन नगर्न सरकार र संसदवादी राजनीतिक दलहरुलाई चेतावानी दिदै लु को कथित भ्रमणको विरोधमा ४ कम्युनिस्ट पार्टीले आयोजना गरेको विरोध प्रदर्शनबाट नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष कमरेड प्रकाश शाही, महासचिव ललित बिक, के स स तारा सञ्ज्याल, के स ललिजङ बम, केस प्रेम सिजापती, के स रमेस रावत,भक्तपुर संयोजक अशोक महतारासहित दुई जना सर्वसाधारण जनतालाई गिरफ्तार गरेको जनाउदै उक्त कायरतापूर्ण गिरफ्तारीको घोर निन्दा एंव भर्त्सना गर्दै गिरफ्तार गरिका सम्पूर्णलाई तत्काल स-सम्मान रिहाई गर्न सरकारसँग जोडदार मागसमेत गरेका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा(माओवादी समाजवादी )ले आज एक संयुक्त बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। ति पार्टीद्वारा जारी संयुक्त बिज्ञप्तिमा
नेपालमा राष्ट्रघाती MCCलाई जनताको भावना विपरित संसदबाट पारित गरिसकेपछि अमेरिकी साम्राज्यवादले प्रत्यक्ष हस्तक्षेप बढाउँदै लगेको ठोकुवा गर्दै नेपाल र नेपाली जनताको हित विपरित अमेरिकाले आफ्नो साम्राज्यवादी षड्यन्त्रलाई थप बलियो बनाउन SPP सम्झौता जबरजस्त लाद्न खोजिरहेको उल्लेख गरिएको छ । यसैगरी , नेपालमा जसरी पनि SPPसम्झौतालाई लागु गराउने पूर्वनियोजित योजनाका साथ आज मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएको उल्लेख गर्दै कुनै पनि मुल्यमा राष्ट्रघाती SPP कार्यान्वयन नगर्न सरकार र संसदवादी राजनीतिक दलहरुलाई सचेत गराएका छन ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ –’राष्ट्रघाती MCC र SPPका विरुद्ब हामी जिम्मेवार ४ कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली जनताले निरन्तर संघर्ष गरिरहेको कुरा सर्वविधितै छ । नेपालमा राष्ट्रघाती MCCलाई जनताको भावना विपरित संसदबाट पारित गरिसकेपछि अमेरिकी साम्राज्यवादले प्रत्यक्ष हस्तक्षेप बढाउँदै लगेको छ । नेपाल र नेपाली जनताको हित विपरित अमेरिकाले आफ्नो साम्राज्यवादी षड्यन्त्रलाई थप बलियो बनाउन SPP सम्झौता जबरजस्त लाद्न खोजिरहेको छ । नेपालमा जसरी पनि SPPसम्झौतालाई लागु गराउने पूर्वनियोजित योजनाका साथ आज मात्रै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन् । केही समय अघि नेपालमा आएर MCC सम्झौता संसदबाट पारित गराउन दबाव दिएर गएका लु को यसपटक क्एए लागु गराउन आएका छन् । कुनै पनि मुल्यमा राष्ट्रघाती SPP कार्यान्वयन नगर्न सरकार र संसदवादी राजनीतिक दलहरुलाई सचेत गराउन चाहन्छौँ ।
यस सन्दर्भमा लु को कथित भ्रमणको विरोधमा आज हामी ४ कम्युनिस्ट पार्टीले आयोजना गरेको विरोध प्रदर्शनबाट नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष कमरेड प्रकाश शाही, महासचिव ललित बिक, के स स तारा सञ्ज्याल, के स ललिजङ बम, केस प्रेम सिजापती, के स रमेस रावत,भक्तपुर संयोजक अशोक महतारासहित दुई जना सर्वसाधारण जनतालाई गिरफ्तार गरेको छ । उक्त कायरतापूर्ण गिरफ्तारीको हामी घोर निन्दा एंव भर्त्सना गर्दछौँ । गिरफ्तार गरिनुभएका सम्पूर्ण कमरेड जनसाधारणहरुलाई तत्काल स-सम्मान रिहाई गर्न सरकारसँग जोडदार माग गर्दछौँ । विरोध प्रदर्शनमा सहभागी हुनुहुने सम्पूर्णमा धन्यवाद दिँदै राष्ट्रघाती MCC र SPPका विरुद्ब निरन्तर संघर्षमा सहभागी हुन हार्दिक अपील गर्दछौँ । ‘

प्रतिक्रियाहरु

[anycomment]