‘राष्ट्रियताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुग्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय अध्यक्ष बन्धु चन्दले नेपालको रास्ट्रीयता , सार्वभौमिकता र स्वतन्त्रताको सवाल इतिहासमै निर्लज्ज अवस्थामा पुगेको ठोकुवा गरेको छिन । चिनलाई घेरा हाल्ने वा उसको विश्व शक्ति सन्तुलनमा सम्भावित उदयलाई रोक्ने उदेश्यसहित अमेरिकाले नेपाललाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न र अमेरिकी सैन्य साझेदारीमा आधारित योजनालाई कार्यन्वन गर्न दवाब वढाएको बेला नेपाल कम्युनिस्ट पार्टीसहित चार दलिय मोर्चाद्वारा आइतबार काठमाडौको चाबहिलमा भएको मशाल जुलुसपछिको सभालाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य चन्दले सो ठोकुवा गरेकी हुन।
नेपालको संसदले केही समय अघि हिन्द प्रशान्त रणनीतिको अङ्ग मानिएको एमसिसी पास गरेपछि अमेरिकाले यसपिपी पास गर्न खोजी रहेको बेला यस्तो घातक देशविरोधी सैन्य साझेदारीमा सहभागी हुदा मुलुकको स्वतन्त्र अस्तित्व नै खतरामा पर्ने र असंग्लग्न विदेश नितिको औचित्य समेत समाप्त हुने भन्दै देशका सचेत नागरिक, वुद्दिजिवी नागरिक समाज देखि देशलाई माया गर्ने राजनीतिज्ञहरुले समेत यसपिपीको विरोध गरिरहेको वेला नेपाल कम्युनिस्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , आहुती नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी नेपाल र कर्णजित बुढाथोकी सुशील नेतृत्वको नेकपा माओवादी समाजवादीलगायत चार दलिय मोर्चाद्वारा देशव्यापी मशाल जुलुस सहित विभिन्न संघर्सका कार्यक्रम सार्वजनिक गरिएका छ्न।
काठमाडौको चावहिलमा आयोजित सभालाइ सम्बोधन गर्ने क्रममा चन्दले भनिन” हामीले देशलाई वचाउन र विदेशी हस्ताक्षेपविरुद्द वोल्दा हाम्रा कैयौ युवाहरुलाई मुद्दा लगाइएको छ, जेल पुर्याइयको छ, देशका लागि लड्ने क्रममा सरकारले धन्यवाद दिनुको सट्टा उल्टै दुख दिने काम गरेको छ , यो गैरजिम्मेवारीपन र आत्मसमर्पणवादी सोच हो , उनले थपिन , रास्ट्रघातसङ्गै महङ्गी र भ्रस्टाचारले सिमा नागेको छ , जनताको दैनिकी निकै कस्टकर भयको छ,यो समस्याले समेत अब सिमा नाघ्दै छ।”
देशव्यापीरुपमा भैरहेको मशाल जुलुस अन्तर्गत काठमाडौको कलङ्की र बागवजारलगायत ललितपुर र भक्तपुरमा समेत भएको मशाल जुलुसमा मोर्चाका नेता कार्यकर्ता र जनताको सहभागिता भएको बताइएको छ ।