‘नेकपाका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू नलगाउ’

२०७९ श्रावण १८ गते, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताएका छन । बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले बिप्लव नेतृत्वकाे पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलाधारको राजनीतिमा ल्याएको समेत बताउदै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट्याए । उनले पूराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए ।
त्यस्तै, महासचिव पोखरेलले अहिलेको पाँच दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाउदै रकार पूर्णरूपमा असफल भएको भन्दै भष्ट्राचार र महँगीले सीमा नाघेको बताए । उनले गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका प्रश्नहरू कम्जोर बनेको जनताको विकास र समृद्धिको चाहना अवरोध भएको बताउदै मुलुकको आर्थिक अवस्था नाजुक गरिएको र नेपाल विदेशी शक्ति केन्द्रहरूको क्रिडास्थल बन्ने खतरा रहेको पनि दावी गरे । उनले मंसिरमा हुनुपर्ने चुवानको मिति तोक्न समेत अहिलेको सरकार अलमल गरेकोसमेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]