‘उत्पीडित जातिको मुक्तिको बाटो वैज्ञानिक समाजवाद’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले उत्पीडित जातिहरुको मुक्तिको बाटो वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरेका छन । मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बुढामगरले सो ठोकुवा गरेका हुन्। उनले वर्गीय आन्दोलनमा जातीय आन्दोलनलाई जोडेर लैजानु पर्ने बताउदै अबको मुक्तिको बाटो एकीकृत जनक्रान्तिमा सरिक हुन आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै नेवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले सहरमा रहेका नेवारहरू सुविधा सम्पन्न भए पनि संसदिय दलाल पुँजीवादले शोसन र एकाधिकार लाड्दै गएकोले सहरिया नेवार उत्पिडनमा रहेकोले सम्पुर्ण उत्पीडि जाती र समुदायलाई एकीकृत जनक्रान्तिमा गोलवन्द हुनुपर्ने खाँचो औंल्याउँदै मुक्तिको लागि सवै एकीकृत जनक्रान्तिमा समाहित हुनुपर्ने वताए ।
मोर्चाका अध्यक्ष सुदर्शन थापा मंगोलको अध्यक्षतामा बसेको उक्त बैठकले पार्टीको आसन्न महाधिवेशन केन्द्रीत कार्यक्रम संचालन गर्ने , नितान्त व्यक्तिहरूको भेट र विचार विमर्शमात्र नभएर उत्पादनमुलक कार्य र जनसंघर्षलाई पनि जोडेर लैजाने निर्णय लिएको छ ।
मगरहरू पर्व र पराम्परामा अल्झिनु मात्र मगर पहिचान जस्तो वनाईरहेको वेला मोर्चाले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनताको जनजीविका संग जोडिएका विषयलाई महत्वकासाथ अन्य जातिय मुक्ति संघ संगठन संग समन्वय गरेर हालै पास गरेको एमसीसी, एसपीपी र महङ्गी भ्रष्ट्राचारको विषयमा अन्तरकृयात्मक कार्यक्रम, वहस छलफल गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकले मगर मोर्चाको केन्द्रीय पधाधिकारी चयन गरेको छ । मगर मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले ५९ सदस्यीय केन्द्रीय समिति सदस्य निर्वाचित गरेकोमा पाँच जना केन्द्रीय सदस्य पलायन भएकाहरुलाई निश्कासन गरेको छ ।
बैठकले पधाधिकारी बिस्तार गर्दा उपाध्यक्षमा इन्द्र घर्ती मगर, महासचिवमा दुर्गा थापा मगर, सचिवमा भीम प्रकाश पुन मगर र कोषाध्यक्षमा आस्मती सोमै मगरलाई चयन गरेको छ । मगर मुक्ति मोर्चा नेपालको केन्द्रिय सदस्यमा पाँच जना दिपा वुढा मगर (ललितपुर), प्रशुनारायण वुढा मगर (गणतान्त्रिक सम्पर्क मञ्च काठमाण्डौ), सन्ध्या घर्ती मगर (कलाकार), भिम वहादुर रानामगर (दाङ) र अर्जुन थापा मगर (काठमाण्डौ) लाई चयन गरेको छ ।