नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यसै साता :महासचिव विप्लवले उद्घाटन गर्ने

काठमाडौँ । ‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं’ भन्ने मूल नाराका साथ नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । गत असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको पार्टीको नवौँ महाधिवेशन समय र परिस्थिति प्रतिकूल हुन गएकोले केही समय सरेको भन्दै असोज २५ देखि ३१ गतेसम्म गर्न लागिएको नेकपाले जनाएको छ । नेकपाको नवौँ महाधिवेशन विचार, राजनीतिक बहसको हिसाबले ऐतिहासिक हुने बताइएको छ ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टीले महाधिवेशनलाई भव्य, सभ्य र उत्सवका रुपमा मनाउन आफ्नो सम्पूर्ण तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । नेकपाले ‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं, एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं’ भन्ने मूल नारा बनाएर देशभर वालपेन्टिङ गरेको छ । पार्टी महासचिव विप्लवको फोटोसहित पर्चा, पोष्टर बनाएर नेकपाले देशभरका घर र पर्खालका भित्ता–भित्ताहरु महाधिवेशनका पोष्टरले रङ्ग्याइएको छ । यस्तै महाधिवेशनका नारासमेत भित्ताहरुमा लेखिएका छन् । देशका सबै जिल्लाहरुमा सम्मेलन सम्पन्न भएसँगै नयाँ नेतृत्व निर्वाचित भै सकेका छन् भने जिल्ला सम्मेलनहरुले महाधिवेशन प्रतिनिधिहरुसमेत चयन गर्ने कार्यसमेत सम्पन्न गरिसकेको बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनले सरकारले जबर्जस्त उक्त पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरे पनि तीन बुँदे सहमति कार्यान्वयनको लागि थप दबाब सृजना गर्ने बुझिएको छ । महाधिवेशनले नयाँ नीति र नेतृत्वसँगै आगामी क्रान्तिको कार्यदिशा बनाउने निश्चित छ । महाधिवेशन विशेष गरी वैचारिक बहसको थलो बन्ने बताइएको छ । अहिले देशमा भइरहेको दलाल संसदीय व्यवस्थाको असफलता र त्यसप्रति देखिएको तीव्र जनताको वितृष्णाले अवको राजैतिक संकटको निकास वैज्ञानिक समाजवादभन्दा अर्को नभएको नेकपाको निष्कर्ष छ । तर, नेकपाको वैज्ञानिक समाजवादमा पुग्ने बाटो भने कुन हुने ? कसरी पुग्ने ? तयारी के कसरी गर्ने ? भन्नेबारे महाधिवेशनमा तीव्र बहस हुने छ । नेकपाले आठौं महाधिवेशनबाट एकीकृत जनक्रान्तिको कार्यदिशा पास गरेर केही सफलता प्राप्त गरे पनि थप कार्यदिशाको विकासमा बहस हुने सो पार्टी निकट नेताहरुले बताएका छन् । महाधिवेशनमा पार्टीका महासचिव विप्लवले ‘राजनैतिक प्रतिवेदन तथा नीति र कार्यक्रम’ नाम प्रस्ताव पेश गर्न बताइएको छ । यो राजनैतिक प्रतिवेदन नेकपाले अध्ययनका लागि प्रत्यक जिल्ला कमिटिसम्म पठाइसकेको छ । राजैतिक प्रतिवेदनले विशेष गरी अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, कम्युनिष्ट आन्दोलनको समीक्षा, आठौैँ महाधिवेशनको समीक्षा, पार्टीका महत्वपूर्ण संश्लेषण, कार्यक्रम, कार्यदिशा, रणनीति र कार्यनीति, वैज्ञानिक समाजवादी व्यवस्थाका समग्र नीति र पार्टीको आगामी योजना भन्ने मूल शीर्षकहरुमा नयाँ विश्लेषण गर्दै नयाँ निष्कर्ष दिने प्रयास गरेको छ । यो प्रतिवेदन नवौं महाधिवेशनका प्रतिनिधिहरुले पारित गरेपछि लागू हुनेछ ।
नवौं महाधिवेशन गत माघ महिनाभित्रै गर्ने तयारी गरे पनि कोभिडका कारण नेकपाले आफ्नो महाधिवेशन असोजका लागि सारेको थियो । त्यतिबेला नेकपालाई कोभिडको चुनौतीले महाधिवेशन गर्न अफ्ठ्यारो परेको थियो । नेकपाले महाधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउन देशका सबै क्रान्तिकारी जनता, कम्युनिष्ट पार्टी, वामपन्थी, तथा प्रगतिशील एवम् राष्ट्रवादी शक्तिहरुलाई सहयोगको अपिलसमेत गरेको छ । नेकपाले अहिले देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएको जनाउँदै यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ । नेकपाले महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु¥याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको दाबी गरेको छ ।
नेकपाले योबीचमा सरकारले गरेका गलत क्रियाकलापको भण्डार गर्दै दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघाती अरुण ३, माथिल्लो कर्णाली, विराटनगरमा राखिएको अवैध भारतीय वाणिज्य दूतावास, सञ्चारसेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलको करछली, भारत–चीनबीच भएको लिपुलेक सहमति, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइड बडी काण्ड, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, महिला तथा जातीय हिंसा, मानव तस्करविरुद्धको सङ्घर्ष, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, विचौलियालगायत राष्ट्रघात तथा जनघातका विरुद्ध एकल तथा संयुक्त पहलमा संघर्षको नेतृत्व गरेको दाबी गरेको छ ।
नेकपाले एक अपिलमार्फत् भनेको छ ‘जनतामाथि भएका अनेकौं अन्यायका विरुद्ध जनताको न्यायालय गठन गरेर स्वच्छ– न्याय दिलाउने काम ग¥यो । विभिन्न क्षेत्रका व्यवसायी मित्रहरूले राजनैतिक, आर्थिक, नैतिक सहयोग उपलब्ध गराउनु भयो । हामीलाई प्राप्त जनसमर्थन र दलाल संसदीय व्यवस्था नाङ्गिदै गएको कारण तत्कालीन केपी ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि आफ्नै संविधानको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । १२ जना होनहार युवाहरूको हत्या ग¥यो । नेता कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाइयो, सयौं गिरफ्तार भए । दर्जनौं कार्यकर्ता र जनता घाइते बनाइए तर सरकारको दमनको प्रयास असफल भयो ।”
नेकपाले त्यसपछि सरकार आपूmसँग वार्ता गर्न र तीन बुँदे सहमति गर्न बाध्य भएको भन्दै २०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच ३ बुँदे सहमति भएको जनाएको छ । नेकपाले विश्वले झेल्नुपरेको पुँजीवादको सहउत्पादन कोभिड–१९ विरुद्ध जनसेवा अभियानहरू सञ्चालन गर्ने, एमसीसीको नाममा देशलाई नवऔपनिवेशिक जञ्जालमा फसाउने षड्यन्त्रविरुद्धको सशक्त आन्दोलनको नेतृत्व गर्नेजस्ता कामहरु पनि पार्टीले गरेको दाबी गरेको छ । नेकपाले त्यसक्रममा सयौं नेता–कार्यकर्ता घाइते भए, झुठ्ठा मुद्दा लगाइयो, यसैबीचमा नेकपाले ताप्लेजुङ, सिन्धुली, धादिङ, कालिकोट, सर्लाही, चितवन, रोल्पा, कपिलवस्तुलगायत स्थानहरूमा जनसेवा र विकासका पूर्वाधार निर्माण ग¥यो । आत्मनिर्भर अर्थतन्त्र निर्माण र सत्तालाई जनतासँग जोड्ने, प्रतिक्रान्तिको जरैदेखि उपचार गर्ने उद्देश्य लिइएको अर्थनीतिको भ्रुणको रूपमा जनकम्युन र देशैभरि उत्पादन कार्य शुरु गरियो । ‘बिहानीले दिनको छनक दिन्छ’ भनेझैं यी नेकपाकाका महत्वपूर्ण उपलब्धिहरू हुन् भनेको छ ।
नेकपाले आठौं महाधिवेशनले विकास गरेको विचार शृंखलामा आफ्नो आत्मविश्वास फराकिलो भएको र त्यसलाई अझ उच्चस्तरमा संश्लेषण गर्नुपर्ने ठहर गरेको छ । नेकपाले चुनाव प्रयोगको कार्यनीति, जनमतसंग्रहको कार्यनीतिले समाज र पार्टीभित्र तरङ्ग पैदासँगै, पार्टीमा गति पैदा गरेको र यसलाई अझ उचाइमा संश्लेषण गर्नुपर्ने उल्लेख गर्दै भनेको छ ‘एमसीसी पारित भएलगत्तै अमेरिकी नेतृत्वमा देशको सार्वभौमिक अखण्डता नै मिच्ने, छिमेकीसँग द्वन्द्व बढाएर युक्रेन–त्रासदी थोपरिएको छ । देश आर्थिक संकटतर्फ धकेलिएको छ । यस्तो सङ्गीन घडीमा हाम्रो पार्टीको नवौँ महाधिवेशन असोजमा काठमाडौँँमा सम्पन्न गर्न गइरहेका छौँ ।’
नेकपाले महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुने दृढ विश्वास व्यक्त गर्दै महान् कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न सवैमा हार्दिक अपील गरेको छ ।
– क्षेप्यास्त्र साप्ताहिक