क्रान्ति विरोधी तत्वको भ्रममा नपर्न प्रवक्ता प्रकाण्डको आग्रह
बसन्त विक
२७ असोज, कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले महासचिव र आफू बीचमा कुनैपनि विवाद नभएको र क्रान्ति विरोधी तत्वहरुले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन ।
विहिवार महाधिवेशन स्थल कपिलवस्तुमा संचारकर्मीसंगको प्रतिक्रियामा प्रवक्ता प्रकाण्डले महासचिव र आफू विचको एकता झन वलियो देख्दै गएकाले विरोधी तत्वहरुको जलन भएको प्रष्ट्याए ।
प्रवक्ता प्रकाण्डले माओको भनाईलाई स्मरण गर्दै ‘भने जतिवेला क्रान्तिकारीहरु राम्रो हुन्छन, त्यतिवेला विरोधीहरुले वेठीक भयो भन्छन, जतिवेला क्रान्तिकारीहरु गलत वाटोमा हुन्छन त्यतिवेला ठीक छ भन्छन ।’
प्रवक्ता प्रकाण्डले यस्तो कुरालाई वुझन आग्रह गर्दै आफ्नो पार्टी विरुद्ध फैलाएको अफवाहको पछि नलाग्न जोड दिए । प्रवक्ता प्रकाण्डले पार्टी वाट भागेका अवसरवादीहरुले गोयवल्स शैलीलाई पनि उछिनेर भ्रम फैलाउने काम गरेको भन्दै यस प्रति सजक रहन आग्रह गरे । उनले आफू कुनै व्यापारीको निमन्त्रणमा चीन भ्रमणमा नगएको पनि प्रष्ट्याए । उनले पार्टीको महाधिवेशन ऐतिहासिक महत्वको हुने पनि वताए । विचार विकासको कुरा गर्नु भएको छ नि यो कस्तो हो ? भनि सोधिएको संचारकर्मीको जिज्ञासामा प्रवक्ता प्रकाण्डले विश्व कम्युनिष्ट आन्दोलनको शिक्षा लिदै समाजवादी क्रान्ति पुरा गर्न, रक्षा र विकास गर्न दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा केही नयाँ संश्लेषण गर्न खोजेको प्रष्ट्याए । नवौ महाधिवेशनलाई विश्वका मित्र क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनताले खुसीको रुपमा लिएको वताउदै क्रान्तिका विरोधी, अवसरवादी,साम्राज्यवादी तथा दलाल पूँजीवादी जनविरोधी र राष्टघाती तत्वहरुले नेगेटिभ रुपमा लिएको वताए ।
उनले महाधिवेशन सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी,इटालियन कम्युनष्टि पार्टी लगायतका मित्र पार्टीहरु वाट शुभकामना प्राप्त भएको पनि जानकारी गराए । प्रवक्ता प्रकाण्डले महाधिवेशनमा उच्च जनवादको प्रयोग गर्दै महाधिवेशनमा पेश गरिएको राजनैतिक प्रस्ताव,विधान र जाति सम्वन्धि पेश भएको प्रस्ताव माथि २० वटा समूहमा समूहगत छलफल जारी रहेको वताए ।