संसदवादी र वुर्जुवाहरुले गर्ने महाधिवेशन र नेकपाको महाधिवेशन धेरै अन्तर छ ः प्रवक्ता प्रकाण्ड (भिडियो सहित)

बसन्त विक
२८ असोज,कपिलवस्तु । नेकपाका प्रवक्ता प्रकाण्डले संसदवादी र वुर्जुवाहरुले गर्ने पार्टीको महाधिवेशन र नेकपाले गरिरहेको नवौं महाधिवेशन धेरै अन्तर रहेको वताएका छन । सुक्रवार नियमित संचारकर्मीसंग महाधिवेशनको वारे जानाकारी दिदै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी कम्युनिष्ट पार्टीले गर्ने महाधिवेशन विचारको उचाईले धेरै नयाँ भएको दाबी गरे ।
उनले उत्पीडित वर्गको मुक्तिका लागि विचारधारात्मक हतियार तयार गर्न महाधिवेशन भइरहेको वताए ।
प्रवक्ता प्रकाण्डले पुरानो सत्ताको विस्थापन गरी नयाँ सत्ता स्थापना संग महाधिवशन जोडिएको भन्दै महाधिवेशनले सत्यको खोजी गर्दै विचारधारात्मक रुपमा पार्टीलाई विकास गर्ने दाबी गरे ।
उनले वुर्जुवाहरुले पद र प्रतिष्ठाको लागि हान थाप गर्ने गरि महाधिवेशन गर्ने गरेको वताए । उनले भने ‘यो पार्टीले क्रान्ति कसरी सफल पार्ने ? वैज्ञानिक समाजवादमा कसरी पुग्ने ? भन्ने विचारमा वहस गरेर महाधिवेशन गर्छ ।’
उनले संघीयता,चुनाव निर्वाचन प्रणाली,पार्टी वाट भागेकाहरुलाई कडा कार्वाही लगायतका सुझावहरु समूह नेता बाट वन्दसत्रमा आएको जानकारी दिए ।
उनले महाधिवेशन शक्तिशाली निकाय भएकाले प्रतिनिधिहरुले राखेका सुझाव समेटिने र पेस भएको राजनैतिक प्रस्ताव पूर्ण हुने आसा गरे ।
प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले समाजवादी अर्थव्यवस्थाको अभ्यास गरिरहेको भन्दै नेकपाले आफ्नै पार्टी कार्यालय वनाई आफ्नै कम्युनले उत्पादन गरेको खाने कुरा खाएर महाधिवेशन सफल गर्नु गर्भको विषय भएको दावी गरे ।
प्रवक्ता प्रकाण्डले कतिपय व्यक्तिहरुले यसलाई नकरात्मक रुपमा प्रचार गरे पनि खास्सै त्यसको कुनै अर्थ नहुने जिकिर गरे ।
प्रवक्ता प्रकाण्ड प्रत्रकारहरु संग वोल्दै