आठौँं महाधिवेशनका संश्लेषण त्यसको प्रयोग र विकास
भूमिका
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी यतिवेला नवौँ महाधिवेशनको तयारीमा जुटी रहेको छ । आठौँ महाधिवेशन सम्पन्न भएको साढे पाँच वर्षहरु राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिमा केही महत्वपूर्ण परिवर्तनहरु भएका छन् । पार्टीद्वारा नेतृत्व गरिएको वर्गसंघर्ष तथा अन्तरपार्टी संघर्षमा पनि केही नयाँ क्रमभङ्गहरु भएका छन् । यी अन्तर्राष्ट्रिय र राष्टिय परिस्थितिमा जे–जस्ता परिवर्तनहरु देखिएका छन्, त्यसले हाम्रो पार्टीको आठौँ महाधिवेशनका अनुमान र संश्लेषणहरुलाई सही साबित गरेकोछ । यो सानो आलेखमा वर्तमान परिस्थिति, आठौँ महाधिवेशनका संश्लेषणहरु एवम् तिनको कार्यान्वयन र संश्लेषित विचारको विकासका बारेमा संक्षिप्त चर्चा गर्ने कोसिस गरिएकोछ ।
१. वर्तमान परिस्थितिबारे ः सोभियत संघको विघटनपश्चात कायम रहेको एकध्रुवीय पुँजीवादी विश्व व्यवस्था आज वहुध्रुवमा विकास हुँदै अन्तरसाम्राज्यवादी अन्तरविरोध उत्कर्षका रुपमा व्यक्त भइरहेको छ । एकातिर अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इजरायलजस्ता मुलुकहरु आफ्नो साम्राज्यवादी वर्चस्व कायम राख्न जोरजुलुमका साथ लागिरहेका छन् भने अर्कोतर्फ रुस, चीन, कोरिया, इरानलगायतका शक्तिशााली मुलुकहरु विपरित ध्रुवको नेतृत्व गरिरहेका छन् । परिणामस्वरुप उनीहरुका बीच घेरा र प्रतिघेरा तथा आक्रमण र प्रत्याक्रमणका घटनाक्रमहरु तीव्र रुपमा विकसित भइरहेका छन् । रसिया–युक्रेन युद्ध रुपमा देखिए पनि सारमा त्यो नाटो, अमेरिका, युरोप र रसियाबीचको युद्ध हो । यसर्थमा कि नाटो, अमेरिका र युरोपेली मुलुकहरुले युक्रेनलाई प्रदान गरिरहेको आधुनिक प्रविधिसहितको सैन्य सहयोगको बलमा युक्रेनले रसियाको प्रतिरोध गरिरहेकोछ । उता चीन–ताईवान अन्तरविरोध पनि चरम विन्दुमा पुगेको छ । अमेरिकी उक्साहटको जगमा भइरहेका ताइवानी उत्तेजक गतिविधिका कारण त्यहाँ पनि युद्ध नजिक पुगेको छ । पूर्वी एसियामा उतर कोरिया–दक्षिण कोरिया र जापानबीचको तनाव, तथा मध्यपूर्वका टर्की–सिरिया, इजरायल–इरानबीचका तनावहरु विकसित हुँदै गैरहेका छन् । केही महिना अघि मात्र इरानका रेभुलेश्नरी गार्डका कमाण्डर सुलेमानीको अमेरिका सेनाको ड्रोन हमला परी मृत्यु भएको छ । यी सबै अन्र्तसाम्राज्यवादी अन्तरविरोधका कारण तेस्रो विश्वयुद्धको कालो बादल मडारिरहेको छ । साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरु लुट–खसोटलाई अरु व्यापक रुपमा विस्तारित गर्नका लागि ठूलो वजेट सैन्य खर्चमा लगानी गरिरहेका छन् । पुँजीवादी विश्व व्यवस्थाको चरित्रका कारण अनिवार्य परिणामका बारेमा देखापर्ने धनी र गरिवबीचको खाडल व्यापक रुपमा वृद्धि भइरहेकोछ । शिक्षा, स्वास्थ्य, वेरोजगारी तथा भोकमरीका समस्याहरु पनि विश्वव्यापी विकराल रुपमा वृद्धि भई रहेका छन् ।
यता देशमा पनि दलाल संसदीय व्यवस्था र श्रमिक जनताबीचको अन्तरविरोध तीव्र वनेर गईरहेको छ । आयात–निर्यातमा देखापरिरहेको असन्तुलन, वेरुजु रकम, राष्ट्रिय ऋण, व्यापार घाटा सर्वाधिक उचाइमा पुगेको छ । भ्रष्टाचार, कालावजारी, तस्करी, सामाजिक विकृति र विसंगति अनियन्त्रित रुपमा विकास भैरहेका छन् । शिक्षा, स्वास्थ्यको क्षेत्रमा माफियाकरण, वेरोजगार श्रमशक्तिको बढोत्तरी, वैदेशिक हस्तक्षेपअन्तर्गत एमसिसी, एसपिपी सम्झौता थोपरिनु आदि आजको राष्ट्रिय परिस्थितिका केही ज्वलन्त तथ्यहरु हुन् । यी समस्याहरु आज मात्र विकसित भएका होइनन् वरु ती निकै पहिलादेखि पैदा भएका समस्याहरु हुन्, जो आज दलाल संसदीय पुँजीवादी व्यवस्थासम्म आउदा केवल विकसित मात्र भैरहेका छन् । हाम्रो पार्टीले वर्तमानमा विकसित भईरहेका यी तमाम समस्याको समाधान वैज्ञानिक समाजवादी सताको स्थापनाबाट मात्र हुने निष्कर्ष निकालेको छ । त्यसको लागि पार्टीको आठौँ महाधिवेशनबाट नयाँ विचार, कार्यदिशा, कार्यनीति, कार्यक्रमहरुको संश्लेषण र कार्यान्वनलाई संक्षिप्त रुपमा निम्नानुसार अध्ययन गर्नु तथ्यपरक र वस्तुवादी हुनेछ
२. मालेमावादी विचार: कार्यदिशाको नयाँ संश्लेषण हाम्रो पार्टीले मालेमावादी विज्ञानको विकासको अभावमा वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको विजय र रक्षा हुन नसक्ने निष्कर्षका साथ पार्टीको पुनर्गठन हुँदै आठौँ महाधिवेशनबाट नयाँ विचारहरु अगाडि सारेको छ । जस्तो कि दर्शनको क्षेत्रमा ः (क) विकसित वस्तुको रक्षा, प्रयोग र विकास, (ख) सवर्गीयबीचको एकता र संघर्ष, (ग) प्रकृति विज्ञानमा भएका विकासहरुको दार्शनीकीकरण । अर्थशास्त्रको क्षेत्रमा ः (क) दलाल पुँजीवाद र नेपाली जनताबीचको प्रधान अन्तरविरोध, (ख) साम्राज्यवादको उत्तर साम्राज्यवादमा विकास भएको निष्कर्ष, (ग) कम्युनिष्ट अर्थप्रणली । वैज्ञानिक समाजवाद ः (क) नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति, (ख) एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने सता वैज्ञानिक समाजवाद, (ग) कम्युनिष्ट पार्टीबारे ।
क) विचार,कार्यदिशा संश्लेषणको पृष्ठभूमि ः पुँजीवादी विकासको भूमण्डलीकृत स्वरुप, क्रान्ति र प्रतिक्रान्तिका महत्वपूर्ण शिक्षाहरु, भूमण्डलीकृत पुँजीवादद्वारा कम्युनिष्ट पार्टी र समाजवादी सताका विरुद्ध विकास गरिएको विचार, अर्थराजनीति, तथा संगठनको निर्माण र प्रयोग, जनयुद्धका नेतृत्वहरुमा देखापरेको अकल्पनीय धोका र गद्दारी ।
ख) विचार÷कार्यदिशा संश्लेषणको उद्देश्य ः वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न, वैज्ञानिक समाजवादी सताको रक्षा र विकास गर्दै सिङ्गो मानव जातिलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पु¥याउन, भूमण्डलीकृत पुँजीवादको विरुद्ध संघर्ष गर्न र विजय हासिल गर्न, सबै खाले छद्म अवसरवादी कम्युनिष्टका विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट विचारको श्रेष्ठता कायम गर्न ।
ग) विचार÷कायदिशा का विशेषताहरु ः नगर समाजको विकास, नयाँ श्रमिक वर्गको उदय, विज्ञान–प्रविधिको विकास, नेपाली समाजको वनोट, देशभक्ति शक्तिको प्रभाव, भूपरिवेष्ठित मुलुक, दलाल पुँजीवाद र नेपाली जनताबीचको अन्तरविरोध ।
घ) विचार÷कार्यदिशाको गर्भधारण र जन्म ः विसं २०६५÷६६ देखि जनयुद्धको मूल नेतृत्वमा पैदा भएको समस्याका कारण पार्टीमा देखापरेका तमाम समस्याहरु विरुद्धको संघर्षमा गर्भधारण, विसं २०६९÷७० तिर आकार ग्रहण, २०७१ पौषमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनद्वारा यसको जन्म, विसं २०७३ को आठौँ राष्ट्रिय महाधिवेशनबाट सुस्पष्ट यात्रा ।
ङ) विचार÷कार्यदिशाको प्रयोगको स्वरुप ः गाउँ र शहरलाई एकीकृत गर्ने, श्रमिक वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत गर्ने, कम्युनिष्ट पार्टी र राष्ट्रवादी शक्तिलाई एकीकृत गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई एकीकृत गर्ने, वैधानिक र अवैधानिक कामलाई एकीकृत गर्ने, इतिहासका शिक्षा र वर्तमानका यथार्थहरुलाई एकीकृत गर्ने, पार्टी र जनतालाई एकीकृत गर्ने ।
च) विचार÷कार्यदिशाको प्रयोगको शृङ्खला ः वैदेशिक हस्तक्षेप र संसदीय व्यवस्थाको भण्डाफोर र जनसंघ–विसं २०७३—२०७५, वैदेशिक हस्तक्षेप, संसदीय व्यवस्थाको भण्डाफोर र जनप्रतिरोध संघर्ष विसं २०७५—२०७७, वैदेशिक हस्तक्षेप, संसदीय व्यवस्थाको भण्डाफोर, जनसंघर्ष तथा जनपरिचालन विसं २०७७ फागुन देखी हालसम्म । यसबीचमा पार्टीद्वारा आयोजित राजनैतिक–वैचारिक काम, संगठनात्मक काम, आर्थिक–उत्पादनका काम, राष्ट्रिय स्वाधीनता तथा भ्रष्टाचार, महँगी, करछली, सामाजिक विकृति र विसंगतिका विरुद्ध संघर्ष, सुकुम्वासी माथिको राज्यको दमनका विरुद्धको संघर्ष, सांस्कृतिक अभियानका साथै विभिन्न विभागीय कामहरु सम्पन्न गरिएकाछन् ।
नयाँ विचार÷कार्यदिशाको संश्लेषण र त्यसको प्रयोगबाट अतालिएका साम्राज्यवादी तथा दलाल संसदीय व्यवस्थाका नेपाली मतियारहरुमा ठूलो आतंक सिर्जना मात्र भएन बरु यसले वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको महान् विजय अभियानलाई अगाडि वढाउने कुरा निश्चित प्रायः देखिएपछि हाम्रो पार्टीका विरुद्ध राजाको संकटकाल बिर्साउने कथित प्रतिबन्धसहित दमन अभियान संचालन गरियोे । जसलाई पार्टीको सचेत नेतृत्व र आम न्यायपूर्ण जनताको सहभागितामा भएको प्रतिरोधको परिणम स्वरुप दुई वर्ष पछि निष्काम तुल्याईयो ।
३) कथित प्रतिबन्ध, प्रतिरोध र तीन बुदे सहमति ः आठौँ महाधिवेशनबाट माथि उल्लेखित विचार÷कार्यदिशाको संश्लेषण र तीनको प्रयोगबाट अतालिएका साम्राज्यवादी हरुको योजना र निर्देशनमा आपूmलाई कम्युनिष्ट पार्टी वताउने सामाजिक फासीवादी केपी ओली नेतृत्वको सरकारले हाम्रो पार्टीका विरुद्ध कथित प्रतिवन्धको घोषणा ग¥यो । राजा ज्ञानेन्द्रको संकटकाल बिर्साउने कथित प्रतिवन्ध र दमन अभियानको विरुद्ध हाम्रो पार्टीले डटेर मुकाबिला ग¥यो । राज्यका तीनवटै सुरक्षा संयन्त्रको एकीकृत परिचाल र राज्य आतंक, विभिन्न ऐन–नियमहरुको निर्माण र तीनको कार्यान्वयनसहित यस्तो उर्दी जारी गरियो कि नेकपालाई एक महिनाको समयसीमा भित्र पूर्णतः निस्तेज गरिनेछ । नेकपा र यसका नेता÷कार्यकर्तालाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रहरीले विना पुर्जी छ महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ आदि । यसबीचमा सर्लाही जिल्लाका सेक्रेटरी कमरेड कुमार पौडेललाई गिरफ्तार गरी कथित इन्काउन्टरको नाममा यातनासहित गोली हानेर हत्या गरियो । भोजपुर सदरमुकाममा सोलु जिल्लाका सेक्रेटरी नीरकुमार राई कमरेड प्रशान्तलाई गोली हानेर हत्या गरियो भने सोही जिल्लाको ट्याम्केमैयुङ गापा–२ मा युवा संगठन नेपालका जिल्ला अध्यक्ष तिर्थ घिमिरेलाई गिरफ्तार गरी यातनासहित हत्या गरियो । यसबीचमा केन्द्रिय तहदेखि स्थानीय तहसम्म गरी बाईस सयभन्दा बढी नेता÷कार्यकर्ताहरुलाई गिरफ्तार गरियो । पक्राउ परेका नेता÷कार्यकर्ताहरुलाई शारीरिक र मानसिक यातनासहित दर्जनौं जिल्ला घुमाउने नाटक मञ्चन गरियो । इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमहरुले सावित गरेको छ कि राजनैतिक विज्ञानलाई दमनबाट निस्तेज पार्न सकिदैन । राजाको संकटकालका विरुद्धमा आगो ओकेल्दै निस्तेज पारेका हाम्रो अगाडि केपी नेतृत्वको सामाजिक फासीवादी सरकारको प्रतिवन्ध केही समय त रहला तर यो लामो समय जाँदैन भनेर हाम्रो पार्टीले गरेको अनुमान सही सावित हुन गयो । कथित प्रतिवन्धको पक्ष र विपक्ष गरी देश दुई भागमा विभक्त हुन पुग्यो । नागरिक समाज, वौद्धिक वर्ग, व्यापारी, नेपाली सेना तथा प्रहरीहरुका भूतपूर्व कमाण्डरहरु हुँदै विभिन्न राजनैतिक दल सरकारमा सहभागी भएका दलका नेता÷कार्यकर्ताहरुले पनि कथित प्रतिवन्धको विरोध गरे । अन्ततः प्रतिवन्धको दुई वर्ष पछि केपी ओली नेतृत्व सरकारको वाध्यता र आवश्यकता तथा हाम्रो पार्टीको सचेतता र आवश्यकता को पृष्ठभूमिमा तीन बुँदे सहमति हुन पुग्यो । देश भित्र संघर्षरत पक्षहरुको बीचमा कुनै वैदेशिक मध्यस्थता विना नै छलफल र सहमति हुनु एक किसिमले सकारात्मक पक्ष हो भने सहमतिको हस्ताक्षर सरकार र वर्तमान सरकार तीन बुँदे सहमति कार्यान्वयनको सवालमा उदासीन मात्र होइन मूल नेतृत्व सहित थुप्रै नेता÷कार्यकर्ताको नाममा पक्राउ पुर्जी जारी गर्दै सहमतिको उल्लंघन गर्न पुगेको छ । यस विषयलाई गम्भीर चासोको रुपमा लिँदै हाम्रो पार्टीले सहमतिको अक्षरशः पालना गर्न वर्तमान सरकारसँग संवाद र संघर्षको प्रक्रियामार्फत् अघि वढिरहेको छ । सरकारले तीन बुँदे सहमतिप्रति इमान्दार भई देशको वर्तमान समस्या समाधान गर्ने कुरामा ध्यान दिएन भने संघर्षको मैदानबाट यसको फैसला गर्न हाम्रो पार्टी प्रतिवद्ध रहेकोछ ।
४) पार्टीको शुद्धिकरण, अवसरवादीहरुको बर्हिगमन ः कम्युनिष्ट पार्टी त्यसमा पनि वल प्रयोगद्वारा राज्यसत्ताको समस्या समाधान गर्ने माक्र्सवादी सिद्धान्त निर्देशित हाम्रो पार्टीमा निरन्तर शुद्धिकरणको आवश्यकता पर्दछ । आठौँ महाधिवेशन यता करिव तीन दर्जन केन्द्रिय तहका नेताहरु पार्टीको क्रान्तिकारी विचारबाट पलायन हुँदै अन्ततः संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गर्ने नेताकै टाङमुनि छिनर्् पुगेका छन् । उनीहरु विभिन्न वाहनावाजी गर्दै पार्टीबाट वर्हिगमन हुन पुगेका छन् । वास्तवमा यो पार्टीमा रहेका अवसरवादीहरुको अस्तित्वको समाप्त हुनु हो । पार्टीका नयाँ संश्लेषणहरु, पार्टीले संचालन गरेको राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी संघर्षहरु, पार्टी अनुशासन, गोपनियता र जनवादी–केन्द्रियताको मूल मर्मका विपरित व्यक्त हुने गलत प्रवृत्तिहरु विरुद्धको शुद्धिकरण अभियानका शिलशिलामा पार्टीबाट केही मानिसहरु बाहिर जानुलाई धेरै अन्यथा मान्न सकिँदैन । भर्खरै गएको वैशाखमा सम्पन्न स्थानीय निर्वाचन उपयोगको सन्दर्भमा कञ्चन–सुदर्शनसहित ११ जना (त्यसमा ६जना वैकल्पिक केन्द्रिय सदस्य) केन्द्रिय सदस्यहरुले कथित बहुमत नामको कम्युनिष्ट पार्टी घोषणा गर्न पुगेका छन् । चुनावको नितान्त कार्यनैतिक विषयलाई लिएर पार्टी र नेतृत्वका विरुद्ध हद दर्जाको तथानाम गर्दै पार्टीबाट वर्हिगमन हुनु भनेको आफ्नै संश्लेषण, देश–जनता तथा पार्टी–क्रान्तिप्रतिको गद्दारी सिवाय केही हुन सक्दैन जसको हिसाव मिलान भविष्यले अवश्य गर्नेछ । ६७ जनाको तत्कालीन केन्द्रिय समितिमा ११ जना ले पार्टी छोडनु र त्यसलाई वहुमत भन्नु गणित विज्ञानले त मान्दैन नै, कुनै पनि विज्ञानबाट सावित हुन सक्दैन । कुनै पनि विज्ञानबाट सावित हुन नसक्ने मामिला भनेको राजनैतिक क्षेत्रमा उत्ताउलोपना मात्र हो । राजनैतिक क्षेत्रमा देखापर्ने उत्ताउलोपना क्षनिक समय त टिक्न सक्ला तर यो लामो समय भने जान सक्दैन । जुन उनीहरुद्वारा किरणको नेतृत्वमा रहेको पार्टीसँगको एकताका लागि निर्माण गरिएको एकता संयोजन समितिको निर्णयले स्पष्ट गर्दछ । त्यो पनि अर्को उत्ताउलोपना नै हुनेछ किनकि ८ वर्ष पहिले तिनै किरणले क्रान्ति गर्न नसक्ने भन्दै उनको नेतृत्वको विरुद्ध संघर्ष गर्दै यो पार्टीको पुनर्गठन गरिएको थियो । सायद एउटा सच्चा कम्युनिष्ट पार्टी यसरी नै सवै खाले समस्याहरुसँग झेलेर मात्र आफ्नो सहिपनालाई सावित गर्दछ । इतिहासदेखि वर्तमानसम्मका राजनैतिक घटनाक्रमहरुले यही तथ्यलाई स्पष्ट गर्दछ । सोभियत संघको कम्युनिष्ट पार्टीका नेता कमरेड स्टालिनले नयाँ ढङ्गको कम्युनिष्ट पार्टी अर्थात् लेनिनवादी कम्युनिष्ट पार्टी निर्माणको सन्दर्भमा भन्नु भएकोछ– “कम्युनिष्ट पार्टीबाट अवसरवादलाई निकाले पछि पार्टी बलियो बन्छ, कम्युनिष्ट पार्टी गुटबन्दीसँग मेल नखाने संकल्प एकताको प्रतिक हो ।” त्यस्तै पार्टी निर्माणबारे पेरु कम्युनिष्ट पार्टी (साईनिङ पाथ) का अध्यक्ष कमरेड गोञ्जालोले कम्युनिष्ट पार्टी निर्माणको एउटा शर्त ‘नेतृत्वलाई खार्नु’ भन्नु भएको छ, त्यसको तात्पर्य नेताहरु केवल शास्त्रीय हुनुहुँदैन । उनीहरु जनयुद्धमा भौतिक रुपले सहभागी हुनुपर्दछ र आपूmलाई खार्नु पर्दछ भन्ने हो । नेताहरु केवल सिद्धान्तको मात्र कुरा गर्ने तर व्यवहारिक रुपमा संघर्षमा सहभागी नहुनुको परिणाम प्रचण्ड–बाबुराम प्रवृत्तिको जन्म दिनु हो । हामीले वर्ग संघर्षमा ठीक यहीँनेर गर्न चाहेको चेक तथा नयाँ ढङ्गको कम्युनिष्ट पार्टी निर्माण र नयाँ विचार÷कार्यदिशाको संश्लेषणको उचाइलाई पक्रनका लागि गरिएको शुद्धिकरणकै परिणाम स्वरुप पार्टीबाट केही अवसरवादीहरु पलायन भएका छन् । यसलाई हामीले अन्यथा लिनु हुँदैन । अवसरवादीहरुको वर्हिगमनले क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई बलियो बनाउन मद्दत नै गर्दछ ।
५) नवौँ महाधिवेशन र नयाँ विचारको विकास ः हाम्रो पार्टीले आठौँ महाधिवेशनबाट संश्लेषण गरेको नयाँ विचारलाई नवौँ महाधिवेशनबाट विकसित गर्ने उद्देश्य अगाडि सारेकोछ । नवौँ महाधिवेशनको प्रस्तावित राजनैतिक प्रतिवेदनको मूल नारा– “ऐतिहासीक नवौँ महाधिवेशनलाई भव्यरुपले सफल पारौं । एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौ” भन्ने रहेकोछ । नवौँ पार्टी महाधिवेशनका लागि प्रस्तावित नयाँ विचार विकासको मूल अन्र्तवस्तुहरु बारे भिन्नै चर्चा गरिनेछ । यहाँ त्यसको आवश्यकता र केही महत्वपूर्ण आधार बारे संक्षेपमा अध्यन गरौं ।
क) इतिहासका महत्वपूर्ण शिक्षा र अनुभवहरु ः आज कम्युनिष्ट घोषणा पत्रको प्रकाशन भएको १७४ वर्ष र नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष वितेको छ । यस अवधिमा विश्व र नेपालको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रहरुमा गुणात्मक परिवर्तनहरु भएका छन् भने प्रकृति विज्ञानमा पनि युगान्तकारी अनुसन्धानहरु भइरहेका छन् । यसबीचमा कम्युनिष्ट पार्टीको अगुवाईमा महान् समाजवादी–साम्यवादी क्रान्तिहरु र ती महान् क्रान्तिहरु प्रतिक्रान्तिमा बदलिएका छन् । त्यसका पछाडि मूलतः अर्थराजनैतिक सम्वन्ध प्रधान रहन गएको कुरा नै यथार्थ हो । लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान गरेका अझ लामो समय प्रत्यक्ष रुपमा राष्ट्रिय मुक्ति आन्दोलन र वर्गिय मुक्ति आन्दोलनमा नेतृत्व गरेका नेताहरुमा किन गैरकम्युनिष्ट अर्थात पुँजीवादी विचारको आगमन हुन्छ त ? त्यसको समाधानमा पछिल्ला पुस्ताका कम्युनिष्ट नेताहरुले कम्युनिष्ट पार्टीमा आगमन हुने पुँजीवादी विचारलाई रोक्नका लागि महत्वपूर्ण संश्लेषण र त्यसको प्रयोग पनि गरे तरपनि सो समस्या किन समाधान हुन सकेन ? सन् ७० को दशकयता संसारमा समाजवादी–साम्यवादी क्रान्तिहरु किन सफल हुन सकिरहेका छैनन् ? यी यस्ता यक्ष प्रश्नहरु हुन जसको समाधान नगरिकन समाजवादी–साम्यवादी क्रान्तिको सम्भावना रहँदैन । यो अवस्थामा मालेमावादी विज्ञानको खोज, अध्यन–अनुसन्धान र विकास गर्नु क्रान्तिकारी कम्युनिष्ट नेताहरुको अहम् दायित्व हुन गएकोछ । द्वन्द्वात्मक भौतिकवादको अन्त्य भयो, वस्तुको लोप भयो, माक्र्सवाद अर्थात समाजवाद–साम्यवादको औचित्य समाप्त भयो भन्दै कम्युनिष्ट विचारका विरुद्ध तथानाम गरिरहेका पुँजीवादी थिङ् ट्यांकहरुलाई माक्र्सवाद अर्थात समाजवाद–साम्यवाद मानव जीवनका लागि आवश्यक र सम्भव छ भन्ने कुरा प्रमाणित गर्न, भूमण्डलीकृत पुँजीवादका विरुद्ध संघर्ष गर्न र विजय हासिल गर्न तथा वैज्ञानिक समाजवादी व्यवस्थालाई प्रतिक्रान्तिबाट रक्षा गर्न मालेमावादी विज्ञानको विकास अपरिहार्य बनेको छ ।
ख) वर्ग संघर्ष र अन्तरपार्टी संघर्षका शिक्षा र अनुभवहरु ः वर्तमान मानव समाज हजारौं वर्षको वर्ग संघर्षको उपज हो । कम्युनिष्ट घोषणापत्र प्रकाशन पूर्वको विभिन्न संघर्षहरु, वर्ग संघर्षहरु त्यस पछिका वर्ग संघर्षहरु मुख्यतः सन् १८७१को पेरीस कम्युनदेखि सन् १९६६–७६ सम्म चीनमा चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा प्रयोग गरिएका सिद्धान्त र कार्यविधिहरुको लामो शृङ्खला हाम्रा महत्वपूर्ण शिक्षाहरु हुन् । त्यसैगरी बहुदल आगमन पूर्वको नेपाली कम्युनिष्ट आन्दोलन जसअन्तर्गत वर्गसंघर्ष र अन्तरपार्टी संघर्षका तमाम शृंखलाहरु त्यहाँ पनि हामीले लिनुपर्ने कैयौ महत्वपूर्ण शिक्षाहरु रहेका छन् । त्यसैगरी बहुदलीय व्यवस्थाको आगमन यताको ग्रामीण वर्गसंघर्ष, जनयुद्ध र त्यसयताका सम्पूर्ण राजनैतिक घटनाक्रमहरु हाम्रा महत्वपूर्ण शिक्षा र अनुभवले भरिएका छन् । जनयुद्धका मूल नेतृत्वका विरुद्ध गरिएको विद्रोह र दुई पटकको पार्टी पुनर्गठनपछि हामीले संचालन गरेका वर्गसघर्ष तथा अन्तरपार्टी संघर्षहरुका पनि महत्वपूर्ण अनुभवहरु हासिल भएका छन् । इतिहासदेखि वर्तमानसम्मका तमाम प्रकारका वर्गसंघर्ष र अन्तरपार्टी संघर्षहरुका शिक्षा तथा अनुभवहरुलाई हेर्दा यो निष्कर्षमा पुग्न सकिन्छ कि आजको अवस्था र आवश्यकताको दृष्टिले ती अपूर्ण छन् र तिनको विकास अपरिहार्य वन्न गएकोछ ।
ग) संगठनात्मक अवसरवाद विरुद्धको संघर्ष र विजय ः संगठनात्मक अवसरवाद कम्युनिष्ट पार्टीले इतिहासदेखि वर्तमानसम्म जहाँ र जहिले पनि अनिवार्य रुपमा झेल्नु पर्ने मामिला रहिआएको छ । संगठनात्मक अवसरवादका विरुद्ध विजय हासिल गर्दा क्रान्ति सम्पन्न हुने गरेका छन् भने पार्टीमा संगठनात्मक अवसरवाद हावी हुँदा पार्टी संगठन नै विघठन र विर्सजन हुने गरेका कैयौँ दृष्टान्तहरु हाम्रो अगाडि उपस्थित रहेका छन् । हामीले पछिल्लो पटक माओवादी धारा भित्र संचालन गरिएका अन्तरपार्टी संघर्षमा जहिले पनि संगठनात्मक अवसरवादका विरुद्ध विजय हासिल गर्दै आइरहेका छौ । प्रचण्ड–वावुरामको संगठनात्मक अवसरवाद जो राजनैतिक–वैचारिक रुपले आत्मसमर्पणवाद र विर्सजनवादको अभिव्यक्ति थियो । उनीहरु आफ्नो वर्ग र वर्गिय प्रतिबद्धतालाई छोडेर संसदीय व्यवस्थाको सेवा–सुविधामा लिप्त हुन पुगे । त्यसलाई विभिन्न रुपमा व्याख्या गरे पनि सारतः त्यो संगठनात्मक अवसरवादकै परिणाम हो, जो आज व्यक्तिगत सेवा–सुविधा र परिवारवादमा व्यक्त भइरहेको छ र राजनैतिक कभरमा कमाउधन्दामा व्यक्त भइरहेकोछ । पछिल्लो पटक कञ्चन–सुर्दशनको संगठनात्मक अवसरवादको पनि पटाक्षेप भएको छ । आफ्ना निजी स्वार्थ र पद–प्रतिष्ठाको प्राप्तिका लागि संगठनात्मक अवसरवादले के र कसरी अराजनीतिक गतिविधि गर्नपुग्दछ भन्ने कुरा कञ्चन–सुदर्शन गुटको व्यवहारले स्पष्ट गर्दछ । स्थानीय चुनावको मामुली र नितान्त कार्यनैतिक विषयलाई गम्भीर र रणनैतिक महत्वको विषय वनाएर कार्यकर्ता र जनतालाई भ्रममा पारेर उनीहरुले पार्टीको महत्वपूर्ण संश्लेषण र कार्यभारहरुको परित्याग गर्न पुगेका छन् । वास्तवमा उनीहरुले उठाएको स्थानीय निर्वाचन प्रयोगको सवाल र तर्क केवल निम्ति कारण मात्र हो । सारतः उनीहरुमा आएको राजनैतिक–वैचारिक विचलन र संगठनात्मक अवसरवादको समस्या हो । हामीले पछिल्लो पटक कन्चन–सुदर्शनको संगठनात्मक अवसरवादका विरुद्ध जमेर बहस ग¥यो, जसका कारण सानो अवसरवादी समूह पार्टीबाट बर्हिगमन भएकोछ । वास्तवमा यो हाम्रो क्रान्तिकारी पार्टीको विचार र राजनीतिको विजयको द्योतकको रुपमा संश्लेषित र स्थापित हुन पुगेकोछ ।
घ) मूल नेतृत्वको वर्ग एवं क्रान्तिप्रतिको लगाव र बौद्धिक खोज ः हाम्रो पार्टीको मुख्य नेतृत्वको वर्ग र क्रान्तिप्रतिको गहिरो लगावका कारण नै सवै खाले संगठनात्मक अवसरवादका विरुद्ध क्रान्तिकारी झण्डा उठाउन, पार्टी पुणगठन गर्न र मालेमावादी विज्ञानको विकासका सन्दर्भमा नयाँ संश्लेषणहरु सँभव भएकोहो । आगामी नवौँ महाधिवेशनमा सँश्लेषित विचारहरुको विकासका लागि विषयको प्रस्तुती र वहसको प्रारम्भ भईसकेकोछ । यो गहण र ऐतिहासीक महत्वको कामको नेतृत्व सवैले गर्न सक्दैनन । दुनियाँमा खरवौै मानीसहरुछन् तर विज्ञानको खोज, अध्यन–अनुसन्धान गर्ने मानिसहरु सानो संख्यामा रहेकाछन् । समाज विज्ञानको क्षेत्रमा माक्र्स–एङ्गेल्स, लेनिन–स्टालिन, माओले ठूल–ठूला खोज, अध्ययन–अनुसन्धान गरेर ठूलो योगदान गर्नु भएकोछ । उहाँहरुको संश्लेषणको जगमा टेकेर दुनियाँमा चमत्कारिक परिवर्तनहरु सम्भव भएका हुन् । हुन त समाज विज्ञानमा भएका ती खोजहरु समाजकै उपजहरु हुन् तर ती कुराहरु सबैले देख्न सक्दैनन् । त्यसका लागि वर्ग र क्रान्तिप्रतिको निरन्तर लगाव र बौद्धिक ज्ञानको मिलान गर्न सक्नु पर्दछ । मानव समाजलाई युगानुकूल बदल्ने समाज विज्ञानको विकास जसले मान्छेका आधारभूत आवश्यकताहरु पूरा गर्न र असीमित आवश्यकताहरु पूरा गर्नका लागि खोज, अध्ययन–अनुसन्धान गर्न निरन्तर दिशा निर्देशन गरिरहेको हुन्छ । पुँजीवादी विश्व–व्यवस्थाको विरुद्ध सन् १९को दोश्रो दशकदेखि सत्तरीको दशकसम्म दिग्विजयको अभियानमा रहेको उत्पीडितवर्गको समाजवादी–साम्यवादी दर्शन र राजनैतिक विज्ञानको विकासमा आएको गत्यावरोधका कारण सर्वहारा–श्रमिक वर्गको अगुवाईमा हुने समाजवादी–साम्यवादी क्रान्ति केही मत्थर भएकोछ । यसको समाधान गर्ने महान् ध्येय–उद्देश्यका खातिर हाम्रो पार्टीको मूल नेतृत्व कमरेड विप्लवको अगुवाईमा मालेमावादी विज्ञानको खोज, अध्ययन–अनुसन्धान गएको आठौँ महाधिवेशनबाट शुरु भएको छ । वास्तवमा यो सही र वैज्ञानिक विचारको अनुसन्धान र विकाससँग सम्वन्धित छ । यो रातारात कुनै नेताको दिमागमा आउने होइन । कमरेड माओले भन्नु भएकोछ– “सही विचार कहाँबाट आउँछ ? के ती मनमा सहजै उब्जन्छन् ? होइन, के त्यो आकाशबाट झर्छ ? होइन, ती सामाजिक व्यवहारबाट, अर्थात तीन किसिमकका सामाजिक व्यवहारबाट आउँछन्– उत्पादनको निम्ति साघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग ।” (माओ–सही विचार कहाँबाट आउँछ मे १९६३) माओको उपरोक्त भनाईले सावित गर्दछ कि सही विचारको विकासका लागि वर्ग र क्रान्ति प्रतिको लगाव, बौद्धिक खोज जो उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको लामो शृंखलाबाट मात्र सम्भव छ । आजको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पैदा भएको गत्यावरोधको समाधानका लागि विजयका लागि मालेमावादी विज्ञानको खोज अध्ययन–अनुसन्धान र विकासमा कमरेड विप्लवको नेतृत्वमा हाम्रो पार्टीले सम्पन्न गर्न गइरहेको नवौँ महाधिवेशनसम्म पुग्दा नयाँ उचाइमा व्यक्त हुनेछ ।