अब कम्युनिष्ट जातिका लागि विप्लवको पछि सी हुने छ – विप्लव

बसन्त विक
२ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब कम्युनिष्ट जाति वनाउनका लागि आफ्नो नामको पछि सी लेखिने घोषणा गरेका छन । शिवगढीमा नवौं महाधिवेशनको वुधवार समापन सत्रलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो घोषणा गरेका हुन । उनले अब नेत्रविक्रम चन्द नहुने र नामको पछि सी लेखिने वताए ।
उनले भने जातीय विभेद र उत्पीडनको अन्त्य गर्न एउटा नयाँ जातिको अभ्यासका लागि विप्लवको पछि सी लेखिने छ, सी भनेको कम्युनिष्ट हो, कम्युनष्टि भनेको साम्यवादी हो । यो सवै नेता कार्यकर्ताले लागु गर्नु होस् ।
महासचिव विप्लवले कम्युनिष्ट जाति भनेको नयाँ दृष्टिकोण भएको भन्दै सवै कम्युनिष्ट जाति मात्र हुने र हरेकले नामको पछाडिको थर हटाएर सी लेख्नु पर्ने वताए ।
महासचिव विप्लवले अव नेकपाले दुई वटा कार्यनीति लिएर जनतामा जाने उद्घोष गरे । उनले नयाँ समाजवादी जनसत्ता र राष्टिय स्वाधीनतको कार्यनीति लिएर नेकपा जनतामा जाने वताए ।
उनले दलाल संसदीय व्यवस्थाको निर्वाचन नेकपाले सशक्त रुपमा खारेज गर्ने वताए । महाधिवेशनले हरेक दुई महिनाको एक दिन कम्युनिष्ट श्रमदिनको पारित गरेकाले सवै कम्युनिष्ट नेता कार्यकर्ताहरुले एक दिन सामुहिक श्रम गर्नु पर्ने उहाँल वताए ।
महासचिव विप्लवले सहिद बेपत्ता र घाईते अपांग कोषको निमार्ण गर्ने र त्यो कोषवाट समस्यामा परेका परिवारलाई सहयोग गर्ने नीति लिएको पनि वताए । उनले एमसीसीले लिएको जग्गामा अब कम्युनिष्ट झण्डा फहराउने र कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नदिने ठोकुवा गरे ।
महाधिवेशन सफल,एकतावद्ध र विजयी भएको भन्दै महासचिवले दुश्मनको कुुप्रचारका विरुद्ध लड्न पनि सवैलाई आग्रह गरे । महाधिवेशनले राष्टियता,जनतन्त्र र जनजीविका सम्वन्धिका विभिन्न १० वुँदे प्रस्तावहरु पनि पारित गरेको छ ।
गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सकिने भनिएपनि समय लम्विएकाले कार्तिक २ गते मात्र सकिएको छ । महाधिवेशनमा देशभर वाट करिव ६ सय वढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।