‘संसदीय चुनाव खारेज गछौ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आगामि मंसिर ४ गते हुन गईरहेको प्रदेश र केन्द्रीय संसदको निर्बाचन खारेज गर्ने निर्णय गरेको बताएको छन। पार्टीको गत असोज २५ गते देखि कार्तिक २ गते सम्म कपिलवस्तुको शिवगढी स्थित सम्पन्न नवौं महाधिवेशन द्वारा पारित समसामयिक प्रस्तावहरू बारे संचार कर्मि हरुलाई जानकारी गराउदै प्रबक्ता प्रकाण्डले उक्त कुरा बताएका हुन।
नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आयोजक समितिले प्रस्तुत गरेको १ सय २० पृस्ठ लामो राजनैतिक प्रस्ताव तथा बिधान पारित भएपछि प्रस्तावमा अगाडि सारियका मालेमाबादका तीन संघटक अंगहरू संग सम्बन्धित बिसय हरुलाई सार्बजनिक गर्दै प्रबक्ता प्रकाण्डले भने” यो चुनावमा जसरी पनि दलाल र भष्ट तत्वहरुनै जितेर आउने स्तिथि हुन्छ।र यो कुनै जन्ताको लोकतान्त्रिक अधिकार प्रयोग गर्ने भन्दा पनि केही मान्छेको अभिष्टा पूरा गर्ने माध्यम हुदैछ हामी यसलाई नकाव सिद्ध गर्न चाहान्छौ,र जन्तालाई अपिल गर्छौ।”
बुधबार सम्पन्न नेकपा को नवौं महाधिवेशन ले ८१ सदस्यीय पुर्ण केन्द्रीय समिति र ४५ जना बैकल्पिक केन्द्रीय सदस्यीय गरि १२६ जनाको केन्द्रीय समिति र १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति निर्बाचित गरेको कुरा जानकारी दईएको छ।यस्तै ८ सदस्यीय केन्द्रीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ।
- मनबहादुर सहकारी