नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेकोमा बधाई दिएका थिए भने प्रवक्ता प्रकाण्डले महाधिवेशनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने नीति लिएको जानकारी दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयन र नेपाल कम्युनिस्ट पार्टीप्रति सरकारको दृष्टिकोण नकारात्मक नभएको बताउदै प्रधानमन्त्री देउवाले सरकार नेकपसंग भएको ३ बुंदे सहमति कार्यान्वयन गर्न दृढ भएको प्रतिबद्धता जनाएका थिए।
२०७७ फाल्गुन २१ गते तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । जुन सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो ।
तत्कालिन के पी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको १९ महिना नाघी सक्दा समेत नेकपा धैर्यवान हुदै निरन्तर वार्ता र सम्बादमा जुटिरहेको छ उसको यो देश र जनताप्रतिको जिम्मेवारी र ईमान्दारॆतालाई सरकारले कमजोरीको रुपमा बुझ्नु नहुने राजनीतिक विश्लेषकहरु बताउछन ।