३ कम्युनिस्ट पार्टीद्वारा संघ र प्रदेशको निर्वाचन खारेजी गर्ने निर्णय

२०७९ कार्तिक १६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार /खारेजी गर्ने निर्णय गरेको छ। तीन कम्युनिस्ट पार्टीहरुको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले सो निर्णय गरेको हो। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिस्ट पार्टी बैज्ञानिक समाजवादीका महासचिव आहुतीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ – ‘आज हामी तीन कम्युनिस्ट पार्टीहरुको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बस्यो । बैठकले दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार /खारेजी गर्ने निर्णय गस्यो । बहिस्कार /खारेजी सम्बन्धी कार्यक्रम र अपील कार्तिक १९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु