‘अपर कर्णाली जलविद्युत परियोजना नेपाली जनताले वनाउन पहल गरौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाली जनताले बनाउन पहल गर्नुपर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्न पटकपटक संघर्ष गर्दै आइरहेकाे माथिल्लो कर्णालीमा जीएमआरको म्याद थप नगर्न सर्वोच्चले आदेश दिएलगत्तै प्रवक्ता प्रकाण्डले आफ्नो फेसबुक पेजमार्फत सो धारणा सार्वजनकि गरेका हुन् ।
प्रवक्ता प्रकाण्डले फेसबुक पेजमार्फत सार्वजनिक गरेको धारणा यस प्रकार रहेको छ – ‘ अपर कर्णाली जलविद्युत परियोजना नेपाली जनताले वनाउन पहल गरौँ: हाम्रो पार्टी लगायत देशभक्तहरुको अनवरत जनसंघर्ष र कानुनी संघर्षपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अपर कर्णाली परियोजना (९०० MW/ विश्व वैक सर्वेक्षण ४१००MW) राष्ट्रघाति सम्झौता वमोजिम निर्माणको जिम्मा लिएको भारतीय GMR कम्पनीलाई लगानी जुटाउने समय अबधि अब थप नगर्न आदेश जारी गरेको छ । यसका लागि जलश्रोत विद रतन भण्डारी र वरिष्ठ अधिबक्ता एकराज भण्डारीको टिमलाई विशेष धन्यवाद ।’