‘देश बेच्ने दलालहरुलाई भोट नहालौ ‘

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युराे सदस्य शितलले संसदीय व्यवस्था असफल भइसकेको ठोकुवा गर्दै आसन्न मंसिर ४ गते हुन गइरहेको संसदीय व्यवस्थाकाे चुनावमा कुनै पनि हालतमा देश बेच्ने दलालहरुलाई भोट हाल्न नहुने बताएका छन । सामाना सांस्कृतिक परिवारले दाङ्ग्मा आयोजना गरेको जनजागरण अभियानलाई सम्बोधन गर्दै नेता शिताल्ले सो कुरा बताएका हुन्। उक्त कार्यक्रमा नेता शितलले मंसिर ४ को निर्वाचनमा भोट होइन संसदवादी दलहरुलाइ गाउँगाउँबाट लखेट्न आग्रहसमेत गरे ।
उनले भने – ‘राष्ट्रघाती एमसिसी सम्झौता मार्फत देश बेच्ने दलालहरुलाई भोट होइन गाउँबाट लखेट्ने हो । यो चुनावमा भोट हालेर ५ वर्षसम्म देश लुट्ने लाइसेन्स दिन हुँदैन ।’
आसन्न मंसिर ४ गतेको संसदीय निर्वाचन खारेजीका लागि अभियान चलाउदै आएको नेकपानिकट सामना सांस्कृतिक परिवारको जनजागरण अभियानले मंहगी, भ्रष्टाचार, राष्ट्रघात र दलाल संसदीय निर्वाचनलाई खारेज गर्ने अभियानलाई विभिन्न संस्कृतिक तथा संघर्षका कार्यक्रम गर्दै सरकारलाई निरन्तर दबाब दिइरहेको छ ।
केहिदिन अघि मात्रै नवलपुर/नवलपरासीबाट सुरु भएको सामना परिवारको जनजागरण अभियान रुपन्देही,बुटवल, नेकपाका महासचिव विप्लवको गाउँ कपिलवस्तु ,दाङ जिल्लाको देउखुरीमा हजारौं जनसमुदायको उपस्थितिमा सांस्कृतिक सम्पन्न भएको सामना परिवारले जनाएको छ ।
उक्त सामना जनजागरण अभियानको संचालन सामना परिवारका केन्द्रीय संयोजक आरोहले गरेका थिए।