नेकपाद्वारा भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न निर्देशन

२०७९ कार्तिक २३ गते, बुधबार


काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सम्पूर्ण नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई भुकम्प पीडितको उद्धार तथा राहत कार्यमा खट्न विशेष निर्देशन दिएका छन । महासचिव विप्लवले प्रेस विज्ञप्तीमार्फत हिजो राति डोटीमा भुकम्पमा परी दुःख र अप्ठ्यारामा परेकाहरुको तुरुन्त उद्धार तथा राहत कार्यमा खट्न र आवश्यक सम्पूर्ण साथ सहयोगमा लागि पर्न नेताकार्यकर्ता तथा पार्टी पंङ्तिलाई विशेष निर्देशन दिएका हुन् ।
नेकपा महासचिव विप्लवले भुकम्पमा परी ज्यान गुमाउनु हुने प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, धनसरी बोहरा र तुलसी बोहराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न सबै परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले उक्त घटनामा घाइते हुनुभएका घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]