तीन कम्युनिस्ट पार्टी काठमाडौंमा भण्डाफोर सभा गर्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक कम्युनिस्ट पार्टी र नेकपा सम्मेलित तीन कम्युनिस्ट पार्टीले आज काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गर्ने बताएका छन् । देशमा महङ्गी, भ्रस्टाचार, बेरोजगारी, अस्थिरता, बाह्य हस्तक्षेप बढ्दै गएको र यी समस्याहरू विद्यमान राज्यसत्ताले पैदा गरेकाले यसबाट निकास पाउन यो व्यवस्थाको विकल्प जरुरी भएको भन्दै संघर्षरत तीन कम्युनिस्ट पार्टीले आसन्न मङ्सिर ४ गते हुन गइरहेको संसदिय निर्वाचन खारेजको संयुक्त कार्यनीति लिएपछि देशव्यापी प्रचारात्मक र राजनीतिक कार्यक्रम अन्तर्गत काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गर्न लागेको बताएका छन । यसैक्रममा आज मध्यान्ह १२ बजे सुन्धाराबाट जूलूस प्रदर्शन गर्दै १ बजेवाट शान्तिबाटिकामा सभाको सुरुवात गरिने बताइएको छ ।
उक्त कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुती , नेकपा अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरूले सम्बाेधन गर्ने जनाएका छन् ।