नेकपासहित तीन कम्युनिस्ट पार्टी इटहरीमा भण्डाफोर सभा गर्दै

काठमाडौ । आसन्न मङ्सिर ४ गते हुने संसदिय चुनावको औचित्य नरहेको भन्दै चुनाव खारेज / बहिस्कारको कार्यनीति लिएका नेकपासहित तीन कम्युनिस्ट पार्टीले आज पुर्वको इटहरीमा भण्डाफोर सभा गर्ने भएका छन। नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा सम्मिलित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी बिरोध तथा जनपरिचालन अन्तर्गत आज इटहरीमा कार्यक्रम हुन लागेको हो ।
सुनसरीको इटहरी मेन चोक बाट १ सय मिटर पश्चिमतर्फको चोकमा आज दिउँसो ठिक १ बजे हुने कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम प्रवक्ता प्रकाण्ड, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती र नेकपा नेता सतिसाल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पोलिटव्युरो सदस्य दिपेश सीले जानकारी दिएका छन। कार्यक्रमको शुरु ब्यानरसहित नारा जुलुश गर्दै हुने बताईएको छ।