‘संसदिय चुनावले वर्तमान संकट हल हुन सक्दैन ‘

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सी ले मङ्सिर ४ गते हुने भनिएको चुनाव मुलुकको आबश्यकता र समस्यालाई समाधान गर्न नभई सत्ताको संकटलाई टेको दिन र प्राण भर्नका लागि हुन लागेको टिप्पणी गरेका छन।तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीको देशव्यापी बिरोध तथा भण्डाफोर कार्यक्रम अन्तर्गत सप्तरीको बर्दिवासमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विषयमले यस्तो टिप्पणी गरेका हुन। भण्डाफोर कार्यक्रममा मन्तव्य राख्दै नेकपा स्थायी कमिटी सदस्य विषयमले- “यो चुनावको कुनै औचित्य छैन, यस्ता चुनाव जतिसुकै पटक गरेपनि यो व्यवस्था रहेसम्म यसले जनताको भावना र प्रतिनिधित्व गर्नै सक्तैन ।यो चुनाव भनेको त पैसाको बलमा भोट किनेर गरिने चुनाव हो।त्यसकारण हामीले खारेज गर्ने भनेका छौ।” उनले भने -” अहिलेको चुनाव एमसिसिको पैसा र योजनामा गरिदै छ , अब आउने प्रतिनिधिहरु साम्राज्यवादको स्वार्थ पुरा गर्नका लागि आउदै छन।यदि यहि व्यवस्था रहने हो भने अर्को पटक के के आउछ भन्न सकिन्न ।”

शनिबार आयोजित कार्यक्रममा पवन आर्याल, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल कि केन्द्रिय सदस्य हिरादेवी दास र नेकपा केन्द्रिय सदस्य विपिन मण्डललेले समेत सम्बोधन गरेका थिए।
महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा नेकपा पोलिट व्युरो सदस्य त्रीलोकले अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन नेकपा केन्द्रिय सदस्य विक्रम सी ले गरेको जनाईएको छ। कार्यक्रमको शुरुवातमा नेकपा केन्द्रिय सदस्य पवन सी सहित तीन जना नेता कार्यकर्तालाइ केहि समय प्रहरीले नियन्त्रणमा लिई कार्यक्रम विथोल्ने प्रयास समेत गरिएको बताइएको छ।