राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग

२०७९ कार्तिक २६ गते, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले राष्ट्रिय स्वधिनताको प्रधान दुश्मन दलाल पूँजीपति वर्ग भएको बताएका छन् । नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा इटहरीमा शनिबार आयोजित निर्बाचन खारेजी अभियान अन्तर्गत भण्डाफोर सभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन् । उनले संविधान दलाल पूँजीपति वर्गको बनेको र देशमा दलाल पूँजीपति वर्गले लोकतन्त्रको नाममा लुटतन्त्र मचाएको आरोप लगाए । उनले भने, जनताको संविधान हुन पाएन, जनताको सत्ता हुन पाएन, यो लोकतन्त्र होईन, लुटतन्त्र हो । या प्रजान्त्र होईन भष्टतन्त्र हो । २०६२, ६३ पछि नेपाली जनतामाथि ठूलो षड्यन्त्र र धोका भएको बताए । दलाल पूँजीपति वर्गको जुठो खाएकोहरूबाट देशको समृद्धि र विकासको आशा गर्नु बेकार भएको पनि स्पष्ट पारे


देशको सस्तो श्रमलाई देशको निर्माणमा लगानी गर्नुको सट्टा बिदेशमा बेच्ने र नेपाली दिदीबहिनीको अस्मितामाथि खेलवार्ड गर्ने तत्व दलाल पूँजीपति वर्ग भएको बताए । उनले भने, महिला दिदिबहिनीहरूको श्रम बिदेशमा सप्लाई गरेर उहाँहरूको जीवन र अस्मितामाथि खेलवार्ड गर्ने तत्व दलाल पूँजीपति तत्व हो । त्यो तत्वको साशन छ यो देशमा, त्यो तत्व ब्यबस्था हो कथित संघीय लोकतान्त्रिक गणतन्त्र । त्यो राज्य ब्यबस्थाका साशकहरूले राजनीतिक ब्यबस्था र आर्थिक ब्यबस्था दलाल पूँजीपति वर्गलाई सुम्पेर देशको अस्मितामाथि लुट मचाएको ठोकुवा गरे ।


प्रबक्ता प्रकाण्डले, पुराना पार्टीहरू काँग्रेस र एमालेलाई देशको समृद्धि गर्न कसले रोक्यो भनेर प्रश्न पनि गरे । उनले भने, देशाको इतिहासमा सबैभन्दा बढि साशनसत्ता संचालन काँग्रेस र एमालेलाई परिवर्तन र समृद्धिको लागि कसले रोक्यो ? दलाल पूँजीवादी वर्गको सत्ता नेपालमा रहुन्जेल राष्ट्रले मुक्ति नपाउने बताए ।


नेकपालगायत ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले आसन्न ४ मंसीरमा हुने संघ र प्रदेश प्रतिनीधिसभा सदस्यको चुनाब खारेजी अभियान सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]