राष्ट्रिय बामपन्थी मञ्चद्वारा संसदीय निर्वाचन खारेज गर्न अपिल

२०७९ कार्तिक २८ गते, सोमबार


काठमाडौ । राष्ट्रिय बामपन्थी मञ्चले संसदीय निर्वाचन खारेज गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेको छ । मञ्चका अध्यक्ष दीर्घप्रसाद पाण्डेद्वारा सोमबार जारी अपिलमा यो वा त्यो नाममा साम्राज्यवादीहरूका दलालहरू चुनिने र देशमा साम्राज्यवादीहरूको बर्चश्व कायम गराउने आसन्न संसदीय चुनावलाई देशभक्त, प्रगतिशील नेपालीहरूले बहिस्कार भण्डाफोर गर्दै खारेज नै गर्न आवस्यक भएको उल्लेख गर्दै आफ्ना सबै सङ्कीर्णताहरू छाडी सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा ध्रुवीकरण हुँदै जनताको नेतृत्व गर्न र तथाकथित चुनावलाई खारेज गर्न सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गरिएको छ ।
अपिलमा भनिएको छ – ‘ अहिलेको विश्व, भूमण्डलीकृत पुँजीवादमाको चपेटामा परेकोछ । लेनिनको पालामा प्रतिक्रियावादी संसदको चुनावमा त्यही देशका प्रतिक्रियावादी भित्रै हुन्थ्यो । संसद उपयोग गरेर हस्तक्षेप गर्ने सम्भावना रहन्थ्यो । अहिले त्यो सकिएको छ । चुनाव लड्न लाखौं होइन करोडौं करोड खर्च गर्नु पर्ने भएको छ । दलाल, हरेक किसिमका माफिया, तस्करहरूले बाहेक चुनाव लड्न सक्ने स्थिति छैन । राष्ट्रियता, जनतन्त्र र जनजीबीकाका सवालहरूलाई एक साथ उठाउन आवस्यक परेको छ । साम्राज्यवादीहरूले हाम्रो जस्ता देशहरूमा आफ्ना दलालहरू तयार गरेर देशलाई श्रीलंका,अफगानिस्तान बनाउन चाहन्छन् । यदी देश स्वाधिन रहेको भए क्रान्तिकारीहरूले सडक, संसद र सरकारबाट क्रान्ति गर्ने सम्भावना रहन्थ्यो । अब यही संसदीय ब्यबस्थाबाट जनताहरूका समस्याहरू समाधान हुने कुनै संम्भावना छैन । चुनाव बहिस्कार वा खारेजको नाराको अर्थ यस संसदीय ब्यबस्थाको अन्त र नयाँजनवादी ब्यबस्थाको बाटो हुँदै बैज्ञानिक समाजवाद मात्र एक बिकल्प हो ।’

राष्ट्रिय बामपन्थी मञ्चले संसदीय निर्वाचन खारेज गरौं भन्दै जारी गरेको अपिल यस प्रकार रहेको छ – ” पहिला सामन्तवादसँगको लडाइमा पुँजीवादी संसदीय ब्यबस्था प्रगतिशील थियो । सर्वहारावर्गको उदयले गर्दा संसदीय ब्यवस्थाले आफ्नो प्रगतिशीलता गुमाउँदै सामन्तवादसँग सम्झौता गर्न पुग्यो र सर्वहारा माथि झन् उत्पीडन बढायो । माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको जन्म भए पछि त्यसको बिरोध गर्नका लागि पुँजीवादीका बीच खुला र नाङ्गो प्रतिक्रियावादी आदर्शवादका साथसाथै भँडुवा बिकासवादको पनि जन्म भयो । विश्व इतिहासमा बिगत १७४ बर्षदेखि पँुजीवाद र बैज्ञानिक समाजवाद बीच शत्रुतापूर्ण द्वन्द्व चलिरहेको छ । पुँजीवादले साम्राज्यवादी बाटो लिएर कमजोर देशहरूमा उपनिवेशहरू कायम गरे । आपसमा दुई टूला बिश्वयुद्धहरू गरे । बिश्वयुद्धकै समयमा रूस चीन लगायतका देशहरूमा समाजवादी सत्ताहरू कायम भए । दोस्रो बिश्वयुद्ध पछि प्रत्यक्ष उपनिवेश कायम गर्न छाडेर हाम्रा जस्ता अल्पविकसित देशहरूमा त्यसै देशभित्र आफ्ना दलालहरू तयार गरेर नवउपनिवेश कायम गर्न लागि परिरहेका छन् । हाम्रो देश पनि यसबाट बचेको छैन ।
राणाशाहीको बिरुद्धको क्रान्तिमा नेपाली काँग्र्रेसले सकरात्मक भूमिका खेलेको भएता पनि भारतीय बिस्तारवाद र सामन्तवादी राजतन्त्रलाई संरक्षण गर्न पुग्यो अर्थात देशीय सामन्तवाद र भारतीय बिस्तारवाद यसका आदर्श भए । त्यसैले काँग्र्रेसले कुनै समयमा पनि साम्राज्यवादको बिरोध गरेन । बिगत ७४ बर्षदेखि देशीय सामन्तवाद र भारतीय बिस्तारवाद, सबैखाले साम्राज्यवादका बिरूद्ध नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी भित्रैबाट काँग्र्रेसकै नीतिकार्यक्रमको नेपाल कम्युनिस्ट पार्टी (एमाले) नामको पार्टी जन्म भयो । यति हँुदा हुँदै पनि नेपाल कम्युनिस्ट पार्टीमा बिकास हुँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा पुनर्गठन भयो, जसद्धारा देशीय सामन्तवाद, भारतीय बिस्तारवाद र अमेरिकी लगायत सबै साम्राज्यवादका बिरूद्ध दशबर्ष सम्म जनयुद्ध गर्यो । देशीय सामन्तवादी राजतन्त्रसँग जोडिएर साम्राज्यवादीहरूका दलाल पार्टीहरू नेपाली काँग्र्रेस र एमाले जनयुद्धको बिरूद्ध आए । दशौं हजार न्यायप्रेमी जनताहरूको रगतले आफ्ना हात रङ्गाए । जनयुद्धले सामन्तवादी राजतन्त्रलाई सधाका लागि अन्त्य गरेता पनि दलालहरू झन् स्थापित भए । जनयुद्धको बलमा भएको पहिलो संविधानसभाको चुनावमा माओवादीको बर्चश्व भएकाले साम्राज्यवादीका मतियार काँग्र्रेस एमालेले संविधान बन्न दिएनन् । प्रचण्ड बाबुरामहरू पनि १२ बुँदे समझदारीबाट साम्राज्यवादीहरूको खेलौना बनेर क्रमश स्खलन हुँदै काँग्र्रेस एमालेकै स्तरमा पुगे पछि दुई बर्षमा बन्ने भनेको संविधान दशबर्षमा बनाए ।
हाम्रा जस्ता देशहरूमा हुने परिबर्तनहरूलाई आफ्नो पक्षमा पार्न साम्राज्यवादीहरूले प्रसस्त धन खर्चगरी क्रान्तिकारीहरूबाटै दलालहरू तयार पार्छन् । राजतन्त्रको स्थानमा गणतन्त्र स्थापित हुनु ठूलो परिबर्तन थियो । एमाले काङ्ग्रेसका नेताहरू पहिलादेखि नै साम्राज्यवादीका भरिया छँदै थिए, प्रचण्ड बाबुरामहरूलाई किने पछि नेपालको सत्ता अहिले नेपालीको हातबाट साम्राज्यवादीहरूको हातमा गएको छ । साम्राज्यवादीहरूले ऋण माथि ऋण दिएर भँडुवा बिकासलाई प्रश्रय दिइरहेका छन् । देशको बैदेशीक ऋण १७ खरब पुगेको छ । अमेरिकी परियोजना एमसीसी पास गरेर अमेरिकालाई स्वाधिन रूपमा नेपालमा चलखेल गर्ने अधिकार दिएका छन् र अब छिट्टै एसपीपी पनि पास हँुदैछ । देश हरेक क्षेत्रमा परनिर्भर भएको छ । देशका ८० लाख भन्दा बढी युवा बिदेशमा जीवन धान्नका लागि भौंतारिरहेका छन् । भारतलाई खुसि बनाउन नागरिकता बिधेक पास हुँदैछ । देशमा दलालपुँजीपति, नोकरशाही पुँजीपति, शिक्षा स्वास्थ्यका माफिया, भष्टचारी, डन, गुण्डा, तस्कर, भूमाफियाहरूको जताततै हालिमुहालि छ । बिगत ३०÷३५ बर्षदेखि केही ब्यक्तिहरूले सरकार चलाईरहेका छन् अझै तिनै ब्यक्तिहरू बामलोकतान्त्रिक गठबन्धन र राष्ट्रवादी गठबन्धनको नाममा तथाकथित बहुदललाई पनि दुई दलमा परिणत गरेका छन् । अझै क्रान्तिको झण्डालाई उठाइरहेका केही कम्युनिस्ट समुहहरूले आगामी चुनाव बहिस्कार वा खारेजको नारा दिए ता पनि सङ्कीर्णतामा फसेको देखिन्छ । साम्राज्यवादीहरूका दलालहरूको गठबन्धन भइरहँदा क्रान्तिकारीहरूको गठबन्धन हुन नसक्नु दुखत कुरा हो ।
कम्युनिस्ट क्रान्तिकारीहरूमा पनि संसदीयचुनावको प्रश्न कार्यनीतिक हो भन्ने भ्रम अझै बाँकी छ । लेनिनको पालाको संसद र अहिलेको संसद एउटै होइन । त्यस समयमा जनतन्त्रको प्रश्न मूख्य थियो । अहिलेको विश्व, भूमण्डलीकृत पुँजीवादमाको चपेटामा परेकोछ । लेनिनको पालामा प्रतिक्रियावादी संसदको चुनावमा त्यही देशका प्रतिक्रियावादी भित्रै हुन्थ्यो । संसद उपयोग गरेर हस्तक्षेप गर्ने सम्भावना रहन्थ्यो । अहिले त्यो सकिएको छ । चुनाव लड्न लाखौं होइन करोडौं करोड खर्च गर्नु पर्ने भएको छ । दलाल, हरेक किसिमका माफिया, तस्करहरूले बाहेक चुनाव लड्न सक्ने स्थिति छैन । राष्ट्रियता, जनतन्त्र र जनजीबीकाका सवालहरूलाई एक साथ उठाउन आवस्यक परेको छ । साम्राज्यवादीहरूले हाम्रो जस्ता देशहरूमा आफ्ना दलालहरू तयार गरेर देशलाई श्रीलंका,अफगानिस्तान बनाउन चाहन्छन् । यदी देश स्वाधिन रहेको भए क्रान्तिकारीहरूले सडक, संसद र सरकारबाट क्रान्ति गर्ने सम्भावना रहन्थ्यो । अब यही संसदीय ब्यबस्थाबाट जनताहरूका समस्याहरू समाधान हुने कुनै संम्भावना छैन । चुनाव बहिस्कार वा खारेजको नाराको अर्थ यस संसदीय ब्यबस्थाको अन्त र नयाँजनवादी ब्यबस्थाको बाटो हुँदै बैज्ञानिक समाजवाद मात्र एक बिकल्प हो ।
यो वा त्यो नाममा साम्राज्यवादीहरूका दलालहरू चुनिने र देशमा साम्राज्यवादीहरूको बर्चश्व कायम गराउने आसन्न संसदीय चुनावलाई देशभक्त, प्रगतिशील नेपालीहरूले बहिस्कार भण्डाफोर गर्दै खारेज नै गर्न आवस्यक छ । आफ्ना सबै सङ्कीर्णताहरू छाडी सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा ध्रुवीकरण हुँदै जनताको नेतृत्व गर्न र तथाकथित चुनावलाई खारेज गर्न सम्पूर्ण जनसमुदायमा राष्ट्रिय बामपन्थी मञ्च हार्दिक अपिल गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]