एमसीसीमा ल्याप्चे लगाउनेहरुको औंला काट्न अपिल !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य विषम ले एमसीसीमा ल्याप्चे लगाउनेहरुलाई भोट दिने नभई औंला काट्न जनतालाई अपिल गरेका छन । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी,ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल सहित तीन पार्टीले आयोजना गरेको राजनैतिक ‘भण्डाफोर सभालाई’ सम्वोधन गर्दै स्थायी समिति सदस्य विषमले सो अपिल गरेका हुन् । उनले दलाल संसदीय व्यवस्थाको चुनाबले जनतालाई कहिल्यै पनि मालिक नबनाउने र थप राष्ट्रघात गर्न वैद्यता दिने ठोकुवा गर्दै भने – “हामीलाई जनता मालिक हुने व्यवस्था चाहिन्छ, एमसीसी जस्ता राष्ट्रघात गर्ने संसदवादी दलहरुको मंसिर ४ को संसदीय व्यवस्था र निर्वाचन होईन, उनीहरु भोट माग्न आउदा औंला काट्नु होस् ।”
नेता विषमले एमसीसीको पैसा खाएर दलालहरु चुनाब लड्न भनेर गाउँ –गाउँमा भोट भाग्न आएको भन्दै भोट दिने होईन उनीहरुलाई जनताले चोट दिएर गाउँ– गाउँ बाट लखेट्न आग्रह गर्दै भने – “एनसेलको ७२ अर्वको कर छुट गरेर कमिशन खाएर २०७४ सालको चुनाव लडे, एमसीसीको पैसा खाएर ०७९ वैसाखको स्थानीय चुनाव लडे र अहिले फेरी एमसीसीको पैसाले मंसिर ४ को चुनाव लड्न संसदवादी राष्ट्रघातीहरु गाउँ –गाउँमा आएका छन ।”
उनले देश बेच्ने दलालहरुलाई कुनै पनि हालतमा भोट नदिन जनतालाई फेरी पनि सचेत पार्दै यदि भोट दियांै भने उनीहरुले देशलाई सिक्किम वा फिजि बनाउने ठोकुवा गरे ।
नेता विषमले सत्तामा भएका दलालहरुले चुनावमा कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर जनतालाई पुनः भ्रमित पार्दै अमेरिकी मोडलको संसद बनाउन खोजेको र पुन एमसीसीको अत्याचार संगै व्यवस्थामा पनि अमेरिकी मोडलको शासन चलाउन खोजेको टिप्पणी गर्दै भने – “अपराध र अत्याचारको विरोध गर्दा मरिन्छ भने सहिद भईन्छ, जसले डरलाई जित्छ उसले देश र क्रान्तिलाई जित्नेछ, वैज्ञानिक समाजवादको स्थापना गर्नेछ ।”
नेता विषमले नेपालमा संसदीय व्यवस्था र प्रणाली पूर्ण असफल भइसकेकाले अब त्यसको ठाउँमा नयाँ जनताको वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको बताए । उनले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले मात्र सवैका समस्या समाधन हुने दाबी गर्दै सवै क्रान्तिकारी शक्ति,बामपंथी,बुद्धिजीवी,नागरिक समाज र आम जनता एकतावद्ध हुनुको विकल्प नभएको औल्याए ।

भण्डाफोर सभामा नेकपा ऋषि कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरी भट्टले जनघाती,राष्ट्रघाती र जनविरोधी कथित संसदीय निर्वाचनको खारेजी गर्नुको विकल्प नभएको वताउनु भयो । उहाँले खुनी सत्ताले जनतालाई संधै शोषण गरिरहेको भन्दै यो सत्ताका र निर्वाचनका विरुद्ध जनतामा आएको वताए । नेता भट्टले २००७ सालको परिवर्तन देखि यता जनता र राष्ट्रले कुनै पनि निकास नपाएको भन्दै उल्टै कांग्रेसले कोशी गण्डकी बेचेर खाएको ०४६ साल पछि देशका उद्योग धन्धाहरु वेचेर खाएको, कांग्रेस एमालेले महाकालि,कर्णाली वेचेर खाएको र पछिलो समय जनयुद्धको नेतृत्व गर्ने प्रचण्डले समेत कांग्रेस एमालेलाई उछिनेर एमसीसी जस्तो राष्ट्रघात गरेको बताए । उनले कम्युनिष्टको रातो झण्डा भित्र जनताका दुश्मनहरु अहिले पनि रहेकाले उनीहरुको बेईमानी र अपराधको भण्डाफोर गर्न आवश्यक भएको वताउदै एमाले, माओवादी केन्द्र,एकीकृत समाजवादी जस्ता कम्युनिष्ट पार्टी प्रति लक्षित गर्दै उनीहरु वास्तविक कम्युनिष्ट नभएको र रातो झण्डा भित्रका दुश्मन भएको संंकेत गरे । उनले भोट माग्न आउने भोेटे कुकर, व्वासो र सर्पहरुलाई भोट माग्न आउदा लखेट्ेर सीमा कटाउन समेत जनतालाई अपिल गर्दै भने – “मुल्यबृद्धि गरेर जनतालाई सोस्छन, मिटर व्याजी,वलात्कारी,करछली गर्ने,सुनतष्करी गर्नेहरुलाई कोले संरक्षण गर्छ ? यो सरकारमा हुनेहरुले गर्छन । सरकारमा हुनेहरुलाई अझै लाज लाग्दैन, फेरी जनतामा भोट माग्न आउछन ।”
भण्डाफोर सभामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य राजकुमार हिङमाङले जनतालाई फेरी पाँच वर्ष गुमराहमा राख्न चुनाबमा भोट माग्न आएको वताउदै व्यवस्था नै जनपक्षिय नभएकाले उत्पीडित क्षेत्र,जाति,किसान,मजदुर,युवा,विद्यार्थी, महिला, दलित,जनजाति कसैको समस्या पनि समाधान हुन नसकेको जिकिर ठोकुवा गरे । उनले विश्वमा १२ औं सताब्दी र नेपालमा विस २०१५ साल बाट संसदीय व्यवस्थाको सुरुवात भएको भन्दै यो व्यवस्था विश्व बाटै असफल सिद्ध भएको र माओवादी जनयुद्धले केही गर्छ कि भन्ने नेपाली जनताले बोकेको आसा प्रचण्डले संसदीय व्यवस्थामा गरेको आत्मसमर्पणले जनतामा पुनः निरासा पैदा गरेको टिप्पणी गरे ।
उनले दलाल संसदीय व्यवस्था नेपालमा समेत पूर्ण असफल भएकाले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सवै लाग्नु पर्ने वताए ।
भण्डाफोर सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धुव्र , सहिद परिवार समाजवाट कल्पना ,अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव राजकुमारीले दलाल संसदीय व्यवस्थाको निर्वाचन खारेज गर्न जनतालाई अपिल गरेका थिए ।
कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय कोषाध्यक्ष योजना र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विकको समेत आतिथ्यता रहेको थियो ।
नेकपाका पोलिटव्युरो सदस्य एटम को अध्यक्षमा भएको कार्यक्रमको संचालन विवेक ले गरेका थिए भने स्वागत मन्तव्य वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका देवी परियारले दिएकि थिइन् ।
कार्यक्रम सुरु हुनु पूर्व वीरेन्द्र नगरको मंगलगढी चोक वाट बाजा गाजा सहितको र्याली निकालीको थियो । र्यालीमा संयुक्त भण्डाफोर कार्यक्रम –जिन्दावाद,संयुक्त जनआन्दोलन –जिन्दावाद,हाम्रो आन्दोलन जारी छ , कथित संसदीय निर्वाचनको खारेज गरौं, एमसीसी चाइदैन, देश बेच्न पाईदैन, राष्ट्रघाती एमसीसी खारेज गर, रािष्ट्रय स्वाधीनताको रक्षा गरौं, सवैखाले साम्राज्यवाद –मुर्दावाद,आकासिदो महंगी नियन्त्रण गर, कालो बजारी नियन्त्रण गर, तीन बुँदे सहमति कार्यान्वयन गर, राजबन्दी रिहा गर, प्रहरी हस्तक्षेप बन्द गर, वीर सहिद –लालसलाम जस्ता गगनभेदी नाराहरु लगाईएका थिए ।
र्याली बजार परिक्रममा गर्दै पिपलचौतामा गएर भण्डाफोर सभामा परिणत भएको थियो । सभाको बीच –बीचमा प्रभात स्मृति जनसांस्कृति परिवारले रोचक क्रान्तिकारी गित र नृत्यहरु समेत प्रस्तुत गरेको थियो ।