संसदिय व्यवस्था नढालेसम्म जनताले सुख नपाउने !

२०७९ कार्तिक ३० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीैका स्थायी कमीटी सदस्य विषमले दलाल संसदिय व्यवस्थालाई नढालेसम्म जनताले सुख नपाउने ठोकुवा गर्दै ब्याक्ति नभई व्यवस्था बदल्न आवश्यक भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपासहित तीन क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुधबार धनगढीमा आयोजित भण्डाफोर सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
नेता विषमले सडेगलेको पुरानो संसारबाट सकिएको संसदीय व्यवस्थालाई लेपन लगाएर नेपालमा लामो समयदेखी प्रयोग हुदै आएको बताउदै यसको विकल्पमा बैज्ञानीक समाजबादी व्यवस्था ल्याउनु पर्ने बताउदै संसदीय व्यवस्थामा राष्ट्र र जनताको हित नहुने र राज्यको प्राकृतीक साधनको दोहन मात्र गरिने ठोकुवा गरे । उनले पुजीबादले विभिन्न बहानामा जनताका सपनाहरु बेच्दै गएको बताउदै निर्बाचन जीत्नकै लागी र नेपाली जनतालाई लुटनकै लागी नेताहरुले एमसीसी जस्तो राष्ट्रघाती सन्धीमा हस्ताक्षेर गरेर आएको पैसाले स्थानीय निर्बाचन जीतेको र फेरी मङ्सिर ४ गते हुने संघ r प्रदेश निर्वाचन पनि त्यही पैसा खर्च गरेर जीत्ने दाउमा रहेकाले निर्बाचन खारेज गर्नु पर्ने बताए ।
यसैगरी , सोही सभालाई सम्बोधन गर्दै बैज्ञानीक समाजबादी कम्युनिष्ट पार्टीका महासचिब विश्वभक्त दुलाल आहुतीले संसदबादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धकबन्न लागेको बताए । नेता आहुतीले नेपालमा एमसीसी नामको अमेरीका आईसकेको उल्लेख गर्दै अमेरिकाले नुवाकोटमा, पाल्पामा हजारौ रोपनी जमीन किनेको बताउदै संसदबादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बन्दै गएको ठोकुवा गरे । उनले एमसीसीको नाममा जमीन किनेर अमेरीकाले जेसुकै गर्न सक्ने भए पनि नेपाल र नेपालीले हेर्न समेत नपाउने बताए । उनले ५ बर्ष अघि प्रत्येक नेपालीको टाउकोमा ३५ हजार बैदेशिक श्रmृण भएको बताउदै दलहरुका नेता तथा जन प्रतिनिधिहरुका कारण ५ बर्षमा थप ३५ हजार श्रmृणको भारी बोकाएर ७० हजार बैदेशिक श्रmृण प्रत्येक नेपालीको टाउकोमा रहेको बताए । उनले संसदबादी दलका नेताहरुले हरेक निर्बाचनमा झुटको खेती गर्दै आएको बताउदै जनताको लागी सिन्को समेत भाँच्न नसकेको बताए । उनले कुनै पनि देशमा पुजीबाद र कम्युनिष्टहरु एउटै भएर जान नसकेको बताउदै नेपालमा सत्ताकै लागी गठबन्धन गरेर निर्बाचनमा गएको बताए । उनले राष्ट्रघात भ्रष्टाचार र महङगी बढ्दै गएको बताउदै संसदीय व्यवस्थामा जनताले सुख नपाउने बताए । उनले फेरी मतदान गरेर पाँच बर्ष दुख पाउनु भन्दा व्यवस्था फेर्न बैज्ञानिक समाजबादी व्यवस्था ल्याउने आन्दोलनमा सहभागी आग्रह समेत गरे ।

यसैगरी, सोही सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय संगठन प्रमुख कृष्ण भट्टले कांग्रेस एमाले र माओबादी नामका तीनवटा भोटे कुकुरले जनतालाई लुछ्ने काम गरी रहेको बताए । उनले कांग्रेस नामको कालो कुकुर, माओबादी नामको रातो कुकुर र एमाले नामको सेतो कुकुरले निबार्चनको नाममा लुटनसम्म लुटेको बताउदै निर्बाचन खारेज अभियान सफल पार्न सबैले लाग्नु पर्ने बताए ।
त्यसैगरी नेकपाका पोलीटयुरो सदस्य बन्धु चन्दले निर्बाचन पुजीबादको कारीन्दा भएको बताउदै निर्बाचनमा मत खरिद बिक्रि हुने भएकाले त्यो बास्तविक जनताको हितमा नहुने बताईन । उनले निर्बाचनमा मतदान गरेर अब आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम बन्द गर्नु पर्ने बताउदै भागीरती भट्ट र निर्मला पन्तलाई न्याय दिन नसक्ने संसदबादका जनप्रतिनिधिहरु दलालीमा लिप्त भएको बताउदै गोविन्द गौतम र जयसिह धामीको हत्या हुँदा समेत बोल्न नसक्ने दलाल नेताहरुको रबैयाले यो कुराको पुष्टि गरेको बताइन ।

नेकपाका केन्द्रिय सदस्य डबल शाहको अध्यक्षतामा सम्पन्न भण्डाफोर सभामा बैज्ञानीक समाजबादीका केद्र्रिय सचिबालय सदस्य श्याम कुवरले स्वागत गरेका थिए भने सामना साँस्कृतीक परिवारको केन्द्रिय टोलीले जनबादी गीत संगित मार्फत संसदिय व्यवस्थाको भण्डाफोर गरेको थियो । धनगढीको ट्राफिक चौराहा देखि सुरु भएको जलुस पार्कमोड पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]