नेपाल कम्युनिस्ट पार्टीद्वारा आमजनतालाई सचेत रहन आग्रह

२०७९ मंसिर ३ गते, शनिबार


काठमाडौं । आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले बिभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइ रहेको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय बिभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा आपत्ति जनाउदै पार्टीबिरुद्ध सुनियोजित ढंगले चलाएका यस्ता भ्रमपूर्ण कुरामा बिश्वास नगर्न र सचेत हुन आम जनतालाई आग्रह गरेको छ। सो पार्टीले शुक्रबार काठमाण्डौको हाँडीगाउँ , बूढानीलकण्ठ र ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको शङ्कास्पद वस्तु नेकपाले राखेको समाचार भ्रमपूर्ण भएको बताएको छ । सो पार्टीले निर्वाचन खारेज अभियान नितान्त जनपरिचालित कार्यक्रम रहेको भन्दै जनतालाई आतंकित गर्ने कार्य पार्टीको नभएको ठोकुवा गर्दै नेकपालाई बद्नाम गर्न र नेकपाको आडमा आफ्नो स्वार्थसिद्ध गर्न तम्सिएका दलाल र सम्राज्यवादीका मतियारले यस्तो घटना घटाएको हुन सक्ने दावी गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]