महासचिव विप्लवको आमाकाे स्मृतिमा वृक्षारोपण तथा चित्र-चन्द्र-आशिका स्मृति काेष स्थापना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा सोमबार फलफुलको वृक्षारोपण भएको छ । निरन्तर वैज्ञानिकीकरण गर्दै जाने गरी सी जातिकाे मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा निर्माण अन्तर्गत आमा आशिका देवी चन्दको स्मृतिमा आज फलफुल वृक्षारोपण गरिएको हो ।

जस अन्तरगत महासचिव विप्लवद्वारा आमाकाे स्मृतिमा सार्वजनिक प्रयाेगका लागि फलफुल र फुलका बिरुवा राेपिएकाे र गरिब विद्यार्थीका लागि चित्र-चन्द्र-आशिका स्मृति काेषकाे निर्माण गरिएको छ ।

पूर्व घोषित कार्यक्रम अनुसार आज फलफुल वृक्षारोपण रोप्ने कार्यक्रम सम्पन्न गरिएको छ । छोराहरुको तर्फबाट विप्लव सी को नेतृत्वमा फलफुल वृक्षारोपण गरिएको थियाे । छोरीहरूको तर्फबाट जेठो छोरी तुलसा देवी चन्दको नेतृत्वमा र बुहारीहरुको तर्फबाट राजकुमारी चन्दको नेतृत्वमा सम्पूर्ण बुहारीहरूकाे उपस्थिति रहेको थियो ।

पार्टीको तर्फबाट स्थायी कमिटी सदस्य प्रकाण्ड सी र जनपरिषदको तर्फबाट सन्तोष सी ले पनि वृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य र स्थानीय नेताकार्यकर्ता र जनसमुदायको पनि उपस्थिति रहेको थियो ।