‘नेता व्यवस्थापनको संघियता होइन जनताको समानुपातिक संघियता आवश्यक छ’

२०७९ मंसिर २४ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले हालको नेता व्यवस्थापन संघियताको औचित्य नभएको ठोकुवा गर्दै नेता व्यवस्थापन संघियताभन्दा जनताको समानुपातिक संघियता आवश्यक भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले शुक्रबार कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव विप्लवले सो कुरा बताएका हुन् ।
महासचिव विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्टाउदै पछिल्लो समय राज्यको आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएको बनाउँदै राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने ठोकुवा गरे ।
साक्षात्कार कार्यक्रममा पत्रकारहरुले जनक्रान्तिको आवश्यक रहेको छ भन्दै यहाँहरुको पार्टी नेपालमा अझैसम्म क्रान्ति नसकिएको भनिरहेको छ भन्ने जिज्ञासामा महासचिव विप्लवले नेकपाले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरि देशको स्वाधीन अर्थतन्त्रको परिवर्तन भएको प्रष्ट्याउदै मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको र यस निर्वाचनले देशलाई थप संकटतातर्फ धकेलेको ठोकुवा गरे ।
एक अर्को प्रसंगमा महासचिव विप्लवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए । उनले पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा जोड दिदै नेपाललाई सिध्याउन चाहने विदेशी शक्तिहरुको निदहराम भएको ठोकुवा गरे ।
उक्त कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]