नेपाल कम्युनिस्ट पार्टीले माओ दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विश्वसर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिवस देशव्यापीरुपमा विविध सिर्जनात्मक तथा वैचारिक कार्यक्रम आयोजना गरी मनाउने बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डका अनुसार पुस ११ (२६ डिसेम्बर) गते ब्यापक जनसहभागितासहित नेकपाले केन्द्रीय कार्यालयदेखि जिल्ला पार्टी हुँदै विभिन्न जनवर्गीय सङ्गठनले देशव्यापी रूपमा वैचारिक कार्यक्रम, गोष्ठी, छलफल, अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप गरी माओ दिवस मनाउने छ । माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको साओसान हुनानको एक किसान परिवारमा भएको थियो । जीवनको पूर्वाद्र्धमा माओ देशभक्त र साम्राज्यवादविरोधी हुनुहुन्थ्यो । १९११ को सिन्हाई क्रान्ति र १९१९ को चौथो मई आन्दोलनले उहाँको जीवनमा निकै नै प्रभाव पा¥यो । पेकिङ विश्वविद्यालयमा काम गर्दै गर्दा उहाँ माक्र्सवाद—लेनिनवादलाई अङ्गीकार गर्दै १९२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक सदस्य बन्नुभएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओले चिनियाँ क्रान्तिको कार्यदिशालाई लिएर १२ वर्षसम्म पार्टीभित्र भीषण अन्तरसङ्घर्ष चलाउनुभयो । त्यसक्रममा उहाँलाई ‘सैन्य अवसरवादी’ को आरोप लगाएर पार्टीभित्र कारबाही पनि गरियो । अरू नेताहरू आपूmलाई सही क्रान्तिकारी भएको भन्दै साङ्घाईमा लुकेको बेलामा दुर्गम पहाडी गाउँ चिङकाङसानमा गरिब किसानहरूका बीचमा रहेर माओले विचारको प्रचार गर्नुभयो । किसान सङ्गठनहरू निर्माण गर्नुभयो । १९२८ मा नै उहाँले ‘जब दुश्मन बलियो हुन्छ हामी फर्किन्छौँ, जब दुश्मन आराम गर्छ हामी उसलाई सताउँछौँ । जब दुश्मनले युद्ध मैदान छाड्छ हामी उसमाथि आक्रमण गर्दछौँ, जब दुश्मन भाग्छ अनि हामी बलियो हुन्छौँ’ भन्नुभएको थियो । यो च्याङ काइसेकले नेतृत्व गरेको कोमिन्ताङ सत्ताका विरुद्धको माओको उद्घोष थियो । उहाँको यो भनाइमा चिनियाँ जनवादी क्रान्तिको नयाँ कार्यदिशा बोलेको थियो, दीर्घकालीन जनयुद्ध । त्यसैले माओको पहिलो योगदान भनेको तत्कालीन चीनजस्तो अर्धसामन्ती र अर्धऔपिनवेशिक देशमा गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्तको प्रतिपादन हो ।
महान् माओले संशोधनवादविरुद्ध गरेको विद्रोह र सफल क्रान्तिकारी नेतृत्वको संश्लेषण गर्दै नेकपाका महासचिव विप्लवले भनेका छन्– ‘माओले माक्र्सवादको आत्मा ‘झूट एवम् गलतका विरुद्ध विद्रोह’ गर्ने विचारलाई पक्रँदै खु्रश्चोभी संशोधनवादका विरुद्ध विद्रोह गर्नुभयो । एक हदसम्म विश्व कम्युनिस्ट आन्दोलनमा सर्वेसर्वा हुन थालिसकेको संशोधनवादका विरुद्ध माक्र्सवादी झन्डा फहराउनुभयो र विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गर्न सफल हुनुभयो । खु्रश्चोभले माओलाई प्रलोभन र दबाब दुवै दिन खोज्यो । जबाफमा माओले खु्रश्चोभ नै विश्व कम्युनिस्ट आन्दोलनको फुटपरस्त र धोकेबाज रहेको स्पष्ट पार्दै ‘खु्रश्चोभ एक दिन सत्ताबाट गलहत्याइनेछ’ भन्ने विचार राख्नुभयो । रुस र चीनको सङ्घर्ष महान् बहसमा पुग्यो । अन्ततः माओ नै सही साबित हुनुभयो ।’
नेपालमा क्रान्तिलाई सिध्याउन संशोधनवादी–प्रतिक्रान्तिकारी कुममा कुम जोडेर अघि बढिरहेका छन् । महान् जनयुद्धका उपलब्धिहरूलाई सिध्याउँदै उनीहरु ‘क्रान्ति असम्भव छ’ भनेर क्रान्तिकारी शक्तिहरुमाथि प्रतिगामी हुँकार छेडिरहेको सन्दर्भमा माओको आदर्श र योगदानको झन् ठूलो महत्व छ ।