भागबण्डाको राजनीति बन्द गर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भएका छन् । उनले यसै साता संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएसँगै भागवण्डाको राजनीतिले उग्ररुप लिएको छ । सरकार गठनसँगै सत्ता गठबन्धनका दल र नेताहरु देश र जनताको एजेन्डाभन्दा पनि कसरी सरकारमा आफ्नो दल र नेताको वर्चश्व सुनिश्चित गर्ने भन्नेमा केन्द्रित भएका छन् । सत्ताधारी गठबन्धन र सरकार देश र जनताको पक्षमा खडा भएका राजनीतिक दल र शक्तिलार्ई मूलधारमा ल्याएर देशलार्ई अग्रगमनतर्फ लैजानुको सट्टा आपूm सरकारमा पुग्न सहमति गरेका आफ्नै सहयात्री गठबन्धनका दल र नेतासँगको सहमति उल्लंघन गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । सरकार गठनले पूर्णता प्राप्त नगर्दै सत्ता गठबन्धनभित्र देखिएको रडाकोले संसद्वादी दल र नेताहरु आपूm सत्ता र सरकारमा पुग्न जस्तोसुकै जालझेल गर्छन्, उनीहरुलार्ई आपूm र आफ्नो दलबाहेक अरु कसैको चिन्ता रहँदैन भन्ने पुष्टि हुन्छ ।
हाल राष्ट्र, राष्ट्रियता र जनजीविका दिनप्रतिदिन संकटग्रस्त र कष्टकर बन्दै गएको छ । किसानले खेती गर्न समयमा मल, बीउ, विद्यार्थीले पढ्नको लागि समयमा पाठ्यपुस्तक, पीडितले अदालतबाट उचित न्याय पाएका छैनन् । शान्ति सुरक्षा एकादेशको कहानी भएको छ अर्थात् जता हे¥यो उतै भद्रगोलको स्थिति छ । महँगी, कालोबजारी, अनियमितता र भ्रष्टाचारले सीमा नाघेको छ । सरकारका तीनवटै अंगहरु निकम्मा र भ्रष्टाचारका अखडा भएका छन् । तर, पनि संसद्वादी राजनीतिक दल र नेताहरु देश र जनतामाथि आइपरेको यस संकटप्रति नजरअन्दाज गरिरहेका छन् । उनीहरु कसरी सरकारमा आफ्नो प्रभुत्व जमाउने र आफ्नो लुटको स्वर्ग कायम राख्ने भन्नेमा सम्पूर्ण शक्ति लगाइरहेका छन् । यो सबै हुनुमा कुनै राजनीतिक दल र नेता दोषी नभएर संसदीय व्यवस्था नै दोषी हो भन्ने पुष्टि हुन्छ । देशमा संसदीय व्यवस्था रहेसम्म सत्ता र सरकारमा पुग्न यस किसिमको हर्कतहरु भई नै रहन्छन् भने देश र जनताका एजेण्डाहरु ओझेलमा परिरहन्छन् ।
तसर्थ देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन संसदीय व्यवस्थाको विकल्प खोज्नु अनिवार्य भएको छ । यसका लागि देशका तमाम राजनीतिक दल र नेता एकजुट हुनुको विकल्प छैन । देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाई स्वाधीन र समुन्नत राष्ट्र र सम्पन्न नागरिक बनाउन नेपाल कम्युनिस्ट पार्टीले भनेको जस्तो एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नु नै एक मात्र उपयुक्त विकल्प अर्थात् राजनीतिक निकास हो । अन्यथा देश संकटको भुमरीमा फस्ने निश्चित छ, चेतना भया ।