‘जनक्रान्ति’ को छैठौं अङ्क प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको मुखपत्र ‘जनक्रान्ति’ को छैठौँ अङ्क प्रकाशित भएको छ । नवौँ महाधिवेशन बिशेष रहेको जनक्रान्तिको छैठौँ अंकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ‘नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु’ शीर्षकको आलेख समावेश गरिएको छ । महासचिव विप्लवको आलेखमा दर्शन, एकीकृत आर्थिक स्वामित्व, एकीकृत निर्वाचन प्रणाली, पार्टीको तथ्यद्वारा रुपान्तरण, भूमण्डलीकृत पुँजीवाद, कम्युनिष्ट अन्तर्राष्ट्रिय, सी जाति, श्रम दिन, सहिद कोषका विषयमा प्रष्ट पारिएको छ ।
यसैगरी, जनक्रान्तिको छैठौ अंकमा स्थायी समिति सदस्य विषमको नवौँ महाधिवेशन र सी जातिको निर्णयसबन्धी लेख रहेको छ भने गोकुलको माक्र्सवाद र राजनैतिक अर्थशास्त्र लेख प्रकाशन गरिएको छ ।
त्यसैगरी, जनक्रान्तिको छैठौ अंकमा स्थायी समिति सदस्य शिलुको कम्युनिस्ट पार्टी र संगठनात्मक प्रश्न र भरत सीको आगामी चुनाव र महाधिबेशनका संश्लेषणहरु शीर्षकका लेख समाबेश भएको छ ।