४ कम्युनिस्ट पार्टीले एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन । यसैक्रममा शुक्रबार नेपाल कम्युनिस्ट पार्टीसहित चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने, संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेका छन् ।
चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बसेकाे बैठकले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फाल्गुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय समेत गरेको छ ।
बैठकपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती र नेकपा माओवादी समाजवादका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ ले संयुक्त प्रेस विज्ञप्ति जारी गरि देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गम्भिर अवस्थामा रहेको निष्कर्ष निकालेका छन् ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती र नेकपा माओवादी समाजवादका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ ले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति यस प्रकार रहेको छ –
