नेकपाले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने

२०७९ माघ २९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसलाई उत्सवको रुपमा मनाउने बताएको छ। सो पार्टीले फागुन १ गते बिहान बाजागाजासहित सडक परिक्रमा गर्ने, दिउँसो भोजको आयोजना गर्ने र बेलुका दिप प्रज्वलन सहित दिपावली मनाउने कार्यक्रम सार्वजनिक गरेको छ। २०५२ साल फाल्गुन १ गतेबाट नेपालमा शुरु गरिएको जनयुद्ध पछि देशमा गणतन्त्र स्थापना भए पनि क्रान्तिको मुख्य उदेश्य अनुसार देशका मजदुर, किसान ,युवा ,महिला, देशभक्त र रास्ट्रीय पुजिपति बर्गको जीवनस्तरमा कुनै परिवर्तन नअएको बरु बाह्य हस्ताक्षेप बढ्दै गएर देश तीव्र दलालीकरणको दिशामा गएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले एकीकृत क्रान्तिको कार्यदिशा अङ्गिकार गरिरहेको छ।
यद्यपि तत्कालीन जनयुद्धको मुख्य नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टी पटकपटक सरकारको नेतृत्वमा पुगेको भए पनि जनयुद्ध र यस प्रक्रियामा बलिदान गरेका नेताकार्यकर्ताहरुलाई शहिदको समेत मान्यता अझै दिइएको छैन ।
नेपाल कम्युनिस्ट पार्टीले दोस्रो संविधान सभाको बहिष्कार गरे सङ्गै अहिलेको व्यवस्थाले मुलुकको अग्रगामी रुपान्तरण गर्न नसक्ने, जनयुद्ध , ०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलन , तथा थारुहट आन्दोलन लगाएतका मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने र देश अझ नवउपनिवेशवादको दुष्चक्रमा फस्दै जाने भन्दै एकीकृत क्रान्तिको प्रक्रियाबाट बैज्ञानिक समाजवाद ऐतिहासिक अनिवार्यता रहेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार