देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचार बिभाग इन्चार्ज अनिल शर्मा बिरहीले देशको समस्याको मुख्य कारक दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन । जनपत्रकार संगठन नेपालको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता विरहीले सो ठोकुवा गरेका हुन । उनले नेपालको राजनीति , अर्थतन्त्र , संस्कृति, प्रशासनलगायत राज्यका सबै अङ्गहरुमा दलाल पुँजिवादको प्रवेश भएको र त्यसले समग्र देश र जनताको विकास प्रक्रियामा अवरोध पुर्याएको, त्यो अन्तर विरोधलाई हल गर्नेगरि राजनीतिक, वैचारिक कार्यक्रम नेकपाले अङ्गिकार गरेकोले दलाल पुँजीवाद बिरोधी क्रान्तिको विजय अनिवार्य रहेको बताए ।
नेता बिरहीले भने — ‘दलाल पुँजीवादले हाम्रो कृषि , उध्धोग, र राजनीति नियन्त्रण गरेको छ। शिक्षा , स्वास्थलगायत समग्र जीवनस्तर संकटपुर्ण बन्दै गएको छ। यो समस्यालाई हल गर्नु नै हाम्रो पार्टीको विचार र राजनिति हो ।यो समाजविकासको अनिवार्य आवश्यकता हो। यसलाई हामीले पनि समाधान दिने गरि अगाडि जान सकेनौं भने दलाल पुजीवाद विरोधी क्रान्तिको नेतृत्व गर्न अरु कुनै शक्ति जन्मिन्छ, यो अनिवार्य छ ।’
नेपाल कम्युनिस्ट पार्टी र एकीकृत क्रान्ति दलाल पुँजीवाद विरुद्ध कसरी विजयी हुन्छ भन्ने विषयमा प्रष्ट पार्दै नेता बिरहिले भने-” कुनै पार्टी , विचार र कार्यक्रम समाज विकासको अनुकुल छ भने त्यसको विकास हुन्छ , त्यस्तो शक्ति अहिले कमजोर र सानो भए पनि त्यो अनिवार्य विजयी हुन्छ।एकदिन शक्तिशाली भएरै जान्छ।हिजो जनयुद्ध पनि त्यसरी नै सानोबाट ठुलो हुँदै विकसित र शक्तिशाली भएको हो।तर कुनै शक्ति समाज विकासको नियमको प्रतिकुल छ भने त्यो अहिले शक्तिशाली र ठुलो जस्तो देखिए पनि त्यसको विघटन , पराजय र विनास अनिवार्य हुन्छ।समाज विकासको इतिहास यसरी नै बिकास भएर आएको हो। त्यसैले हामीले दलाल पुँजीवाद विरुद्ध समाजवादको लक्ष्य लिएका छौं ।”
सोहि कार्यक्रमलाई सोबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य सन्देश सीले हरेक समस्या समाधानको विकल्प वैज्ञानिक समाजवाद भएको वताका छन । उनले नेपाली समाजमा समस्याको पोको दलालपूँजीवाद भएको भन्दै त्यसको ठाउँमा समाधानको वाटो भनेको वैज्ञानिक समाजवाद मात्र भएको ठोकुवा गरे । नेकपाको उत्पादन विभागमा समेत रहेका नेता सन्देशले क्रान्ति पुरा गर्न कम्युनिष्ट अर्थ दुष्टिकोण चाहिने उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्र नहुदा केपी प्रचण्डहरु दलालपूँजीवादमा पतन भएको बताए ।

नेता सन्देशले भने -“हामीले राजनैतिक क्रान्ति सम्पन्न गर्नका लागि आर्थिक क्रान्ति गर्दैछौ , श्रम गर्नेहरु कोही पनि भोको र घरवार विहिन हुनु पर्दैन,नेकपाले सवैको व्यवस्था गर्नेछ ।”
उनले अहिले समान कामको असमान ज्याला र असमान कामको समान ज्याला भएको भन्दै यसलाई लोकल्याणकारी पूँजीवादको नाममा पुँजीवादले समातेर टिकेकोले त्यसविरुद्ध नेकपाले निजी र सामुहिक स्वामित्वलाई संगै लिने गरी एकीकृत स्वामित्वको नीति विकास गरेको बताए ।
वैठकमा जनपत्रकार संगठन नेपालका सल्लाहकार संयोजक राजेन्द्र चिमौरियाले संगठन एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिए ।
