‘आत्मनिर्भरताको सिद्धान्तलाई अगाल्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आत्मनिर्भरताको सिद्धान्तलाई अगाल्न आग्रह गरेका छन । अखिल नेपाल किसान महासंघको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो आग्रह गरेका हुन्। महासचिव विप्लवले वर्तमान राजनीतिक संकटको सामधान क्रान्तिमात्र भएको ठोकुवा गर्दै सही तरिकाले काम गर्न नसके असफल हुने बताए । उनले किसानले उत्पादन बढाउदै भारतबाट आउने तरकारीलाई प्रतिबन्ध लगाउनु पर्ने बताउदै भने – ‘समाजवाद आयो भने हामी हाकिम होइन किसान नै भएर जानुपर्छ । एकीकृत जनक्रान्तिमा जनताले नेतालाई चिन्नु पर्छ। हामीले पार्टीमा नयाँ प्रणालीको बिकास गरेका छौ , त्यसैले आर्थिक बिषयमा र उत्पादनमा राम्रो बिकास गरेर लैजानु पर्छ ।। देश उपनिबेशतिर जादैछ। यो सबै नेता कार्यकर्ताले थाहा पाउनु पर्छ। हामीले जनतालाई उत्पादन गर्ने तरिका सिकाउनु पर्छ र किसानले पनि नयाँ बिकास गर्नुपर्छ।’
महासचिव विप्लव सीले नेपालका कुनै पनि पार्टीसंग नेकपाको जति कुनै पनि भौतिक संरचना नभएको उल्लेख गर्दै भने – हाम्रो पार्टीले आफ्नै उत्पादनमा आफ्नै मेहनत गरेर खाएको छ। ‘
उनले प्रचण्डले दुई तीन पटक सरकारमा गएर पनि कुनै बिकास नगरेको बताउदै भने – ‘हामीले आफैले नयाँ प्रबिधिको बिकाश गर्नु पर्छ।एक दिन यो दलाल पुजीवादी सत्ताबिरुद्ध क्रान्ति हुन्छ।’

उक्त बैठकमा अखिल नेपाल किसान महासंघले कृषिप्रधान देश मानिएको नेपालमा बिदेशी कृषि उत्पादनको निर्बाध आयातका कारण स्वदेशी कृषिजन्य बस्तु तथा सेवाहरु विस्थापित भएको, क्वारेन्टाइन नगरि भारत लगायतका देशबाट भित्रिने तरकारीले मानव स्वास्थमा प्रतिकुल र हानिकारक असर पर्न गएको तथा स्वदेशी कृषि उत्पादनलाई प्रबर्द्धन गर्न र रास्ट्रीय अर्थतन्त्र बिकासका लागि आयातीत कृषिबस्तु माथि रोक लगाउन संघर्ष गर्ने निर्णय गरेको छ।
नेपाललाई कृषिप्रधान देश मानिदै आएको र नेपाल विश्व व्यापार संगठनको सदस्य भैसके पछि देशको कृषि बस्तुले अन्तरास्ट्रिय बजारमा पहुँच स्थापित गर्ने अपेक्षा गरिएको भएपनि अझै पनि जनसंख्याको दुई तिहाइ श्रमशक्ति परम्परागत र निर्वाह मुखि कृषि उत्पादनमा निर्भर रहेको बेला कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइ भन्दा कम हुनुको मुख्य कारण नै आयातीत बिदेशी कृषि उपज हो भन्ने सोच सहित किसान महासंघले वैदेशिक कृषि बस्तुमा रोक लगाउने निर्णय गरेको बताईएको छ।
उच्च कृषि प्रविधि र ठुलो पुँजीको लगानीमा आधारित भारत लगाएतका कृषि अर्थतन्त्रको उत्पादकत्व पनि उच्च हुने तर नेपाल जस्ता परम्परागत कृषि अर्थतन्त्र भएका देशहरूले उनिहरुसङ्ग एउटै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक स्थितिको कारण नेपालको कृषि प्रणाली ध्वस्त हुन खोजेको भन्दै किसान महासंघले यस विरुद्ध संघर्ष गर्न आह्वान समेत गरेको छ।
महासंघका अध्यक्ष कालीबहादुर सीको अध्यक्षतामा बिहिवार भएको बैठकको नेकपा महासचिव विप्लवले उद्घाटन गरेका थिए भने बैठकमा नेकपा स्थायी समिति सदस्य भरत सी, स्थायी समिति सदस्य एवम् फ्रयाक्सन इन्चार्ज शिलु सी, नेकपा पोलिटब्युरो सदस्यहरु धुर्व सी, विजय सी र सल्लाहकार सन्ध्या सीको सहभागिता रहेको थियो ।