‘ नाममात्रको लोकतन्त्रलाई बिद्यार्थीले ध्वस्त पार्नुपर्छ ‘

२०७९ फाल्गुन १७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले नाममात्रको लोकतन्त्रलाई बिद्यार्थीले ध्वस्त पार्नुपर्ने बताएका छन्। बुधवार नेकपानिकट अखिल क्रान्तिकारी पशुपती क्याम्पस कमिटीले गौशालास्थित क्याम्पस प्राङ्गगडमा जाडो बिदाको कार्यक्रम समापन, नवआगन्तुक बिद्यार्थीहरुलाइ स्वागत तथा बृहत् सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले भने – ‘युवा नौजवाननरुले रास्ट्रको लागि सोच्नु पर्छ, संसारमा ठुला ठुला क्रान्ति युवा बिद्यार्थीहरुको हुङ्कार र बलीदानीले सम्भव भएको छ, आजसम्म जुन जुन देशमा समाजवादी आन्दोलन सफल भएका छन् , ठुला ठुला क्रान्ती भएका छन् युवा नौजवानहरुको त्याग र बलिदान बिना सम्भव भएको होइन ।’


प्रवक्ता प्रकाण्डले पछिल्लो समय बिदेशी शक्तिहरुले देशको राष्ट्रियतामाथी दिन दहाडै हस्तक्षेप बढाएको र देशभित्रका बिरोधीशक्तिहरुले समेत गहिरो साठगाठ गरेकाले युवा बिद्यार्थीहरुले त्यसको बिरुद्ध कफन बाधेर लड्नु पर्ने बताए । उनले बिदेशीहरुको चाकडीका लागि नेपालका नेताहरु धनुसस्टङ्कार झै लम्पसार परेकोले युवा बिद्यार्थी जाग्नुपर्ने र बिदेशी हस्तक्षेपलाई परास्त पार्नु पर्नेसमेत बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्डले युवा बिरोधी सत्ता र बिद्यार्थी बिरोधी शैक्षिक प्रणालीका कारण लाखौ युवा बिद्यार्थी विदेश पलाएन भएको उल्लेख गर्दै यस्तो शिक्षा नीति र निरीह राज्यको रबैयाको बिरुद्ध लड्न मुठ्ठी कसेर लड्नुपर्ने बताए । उनले युवाहरु विदेश पलायन गराउने लोकतन्त्र , महिलाहरुमाथी हिंसा हुदा चुक्क बोल्न नसक्ने लोकतन्त्र, देशको राष्ट्रियता बिदेशी दलाहरुको पोल्टामा हासिहासी राखिदिने लोकतन्त्र र समस्याको बेथितिजन्य फोहोरको पोको कसिएको नाममात्रको लोकतन्त्रलाई युवा बिद्यार्थीहरुले जलाउने हिम्मत जुटाउने समय आएको बताए ।
प्रवक्ता प्रकाण्डले अहिलेको सिक्षा प्रणालीमा त्रुटी नै त्रुटी भएकाले यो प्रणालीलाई ध्वस्त पारेर निर्वाहमुखी उत्पादनमुखी र दक्ष्य जनशक्ति उत्पादन गर्ने बैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने -‘अहिले देश राजनितिक आर्थिक सामाजिक सङ्कटमा छ सत्ता संचालकहरुले बचाउने स्थिती नभएकोले यसको नेतृत्व युवा बिद्यार्थीहरुले लिने बेला आएको छ , नेकपाले लिने बेला आएको छ। हामीले नेतृत्व लिन सकेनौ भने देश ठूलो दुर्घटनामा फस्ने छ । ‘

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले अबको स्ववियू निर्वाचनमार्फत दलिय भागबण्डारहित विश्वविद्यालय निर्माण गर्नुपर्ने बताए । उनले भने – ‘हामीले यो देशमा कस्ता युवा बिद्यार्थी उत्पादन गर्ने, कस्तो सिक्षा प्रणाली लागु गर्ने, बैकल्पिक सिक्षा प्रणाली कस्तो बनाउने यो देशमा बैकल्पिक सत्ता कस्तो बनाउने अर्थतन्त्र बैकल्पिक संस्कार, संकृति कस्तो बनाउने, बैज्ञानिक समाजवादी शिक्षा कस्तो बनाउने भन्ने विषयमा बहस गर्न चाहन्छौ। प्रत्यक कलेज, प्रत्यक युनिभर्सिटी यो देशका मुलधारका राजनीतिक पार्टी भनिएका मान्छेहरुले आफ्ना भाइ भतिजा भर्ति गर्ने क्षामतावान युवा विद्यार्थीहरुलाई विदेश पलायन गराउने र यहाँ बिकृती, बिसंगती र भ्रष्टाचारको अखडा बनाइरहेको भन्दै यो स्ववियु निर्वाचन मार्फत दलिय भागबण्डा रहित विश्वविद्यालय निर्माण गर्नुपर्ने र त्यसको नेतृत्व युवा विद्यार्थीहरुले गर्नु’पर्छ। ‘
यसैगरी, अध्यक्ष प्रकाश सीले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई मतदान गरेर बिजय गराउन समेत आह्वान गरे ।

उक्त कार्यक्रमलाई पशुपति क्याप्पस एकाइ अध्यक्ष तथा सोही क्यापसका स्ववियू उम्मेदवार सुवास महतलगायतका बिद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने अधिकांश बिद्यार्थी नेताहरुको शैक्षिक क्षेत्रमा भएका दलालिकरण, भ्रष्टीकरण अन्त्य गर्न र बैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपरिहार्य रहेको बताएका थिए ।
उक्त कार्यक्रममा कार्यक्रमको अध्यक्षतासंगै स्वागत मन्तब्य पशुपति क्याम्पस स्ववियू उम्मेदवार सुवास महतले राखेका थिए भने कार्यक्रममा नेकपाका सल्लाहाकार कमिटी सदस्य राजेन्द्र चिमौरिया, सामना परिवारका आरोह सी, राज्यद्वारा बेपता पारिएका बिपिन भण्डारीकी आमा शान्ता भण्डारी , अखिल क्रान्तिकारी सचिवालय सदस्य तारा सन्ज्याल, पशुपति क्याप्स प्रमुख क्याप्स प्रमुख बिनोद पन्त तथा राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुकोसमेत उपस्थिती रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार