‘वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव’

२०७९ फाल्गुन २४ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिती सदस्य शिलु सी ले वैज्ञानिक समाजवाद विना महिला मुक्ति असम्भव भएको ठोकुवा गरेकी छन । संयुक्त महिला संघ सङघर्स समितीद्वारा बुधबार काठमाडौंमा आयोजित ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन् । उनले भनिन – ” आजको दिन गौरव दिन हो । तपाई हामीले आजको दिनलाई गौरवको दिनको रुपमा मनाउनु पर्छ । आजकै दिन महिलाले समान ज्यालाकाे लागि बिद्रोह गरेका थिए।आजको दिनमा सामन्तवाद र दलाल पुजीवादका उत्पीडनले आजका नारीहरु जीउँदै जल्नु पर्ने,झुन्डिएर मर्नु पर्ने बध्यता रहेको छ।”
नेतृ शिलुले दलाल पुजिवाद्ले महिलालाई सामान बिक्री गर्न बिज्ञापनको साधन रुपमा प्रयोग गरेको र लघुबित्त र बित्तिय सस्थाका नाममा महिला माथिको उत्पीडन झन बढ्दै गएको बताइन । उनले भनिन – ‘ धर्मका नाममा महिलाहरु माथी उत्पीडन झनै छ ,महिलाहरु रोजगारिका नाममा बिदेसिनु पर्ने बाध्यता छ । यो सबै समस्या दलाल पुजीवादले निम्त्याएको हो। त्यसकारण सबै महिला दिदि बहिनी एकजुट भए दलाल संसदीय ब्यबस्थाको अन्त्य गरि देशमा बैज्ञानिक समाजवाद स्थापना गरेर महिला उत्पीडनको अन्त्य गर्न सबै लाग्नु पर्छ । ‘


नेकपाकी नेत्री बन्धु सि को अध्यक्षता सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी स्थायी सदस्य शिलु सि, अतिथी बन्धु सि , खुमा सि, आस्था सि, रहेका थिए भने कार्यक्रमको सन्चालन बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकि नेतृ धनकुमारी रिमालले गरेकि थिइन । कार्यक्रममा गजल, कविता, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]