नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीद्वारा संयुक्त मोर्चाको घोषणा(अवधारणा पत्रसहित )

२०७९ फाल्गुन २६ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत नेपाल कम्युनिष्ट पार्टी , नेकपा वैज्ञानिक समाजवादी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चाको घोषणा गरेका हुन् । उनीहरुले संयुक्त मोर्चालाई ‘समाजवादी देशभक्त मोर्चा’ को नाम दिएका छन् । चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पुंजीवादी सत्ता एवम् दलाल संसदीय व्यवस्थाको समुल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्यव्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार हो ’ संयुक्त मोर्चा घोषणापछि जारी विज्ञप्तिमा भनिएको छ ।
जुन यस प्रकार रहेको छ –

संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा २०७९

‘संयुक्त मोर्चामा एकता र स्वतन्त्रताको बीचमा तथा राष्ट्रिय संघर्ष र वर्ग संघर्षको बीचमा एकरुपता हुन्छ ।’
क.माओ, संयुक्त मोर्चा भित्र स्वतन्त्रता र पहल कदमीको सवाल, चुनिएका रचनाहरू भाग ३ पृष्ठ १९०

प्रस्तावनाः
नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र जनक्रान्तिको वस्तुगत आवश्यकतामा नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एउटा ऐतिहासिक निर्णयकासाथ २०७७ साल माघ १९ गते रणनीतिक संयुक्त मोर्चाको घोषणा गरी देशव्यापी राजनीतिक र जनसंघर्षका कार्यक्रमहरू अगाडि बढाए । यस कार्यले नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारीहरूलाई उत्साहीत र आशावादी बनायो भने नेपाली जनताले आफ्नो संघर्षमा नयाँ रुपको नेतृत्व प्राप्त गरेको थप अनुभूति ग¥यो । तत् समयमा क्रान्तिकारी पार्टीमाथि प्रतिबन्द लगाएर फाँसिवादी दमन चलाई राखेको के.पी÷प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) को सामाजिक फाँसिवादी ओली सरकारलाई नाङ्गगेझार पार्न, दमनको प्रतिवाद गर्न र नेपाली जनतालाई आन्दोलित गर्न महत्वपूर्ण अस्त्रको काम ग¥यो । परिणामतः के.पी. ओली सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता भै २०७७ फागुन २१ गते तीन बुँदे सहमति भएपछी नयाँ परिस्थिति र सन्दर्भमा रणनीतिक संयुक्त मोर्चालाई विचार, नीति र कार्यक्रमिक दृष्टिले नयाँ उच्चता र गुणत्मकता प्रदान गर्नु पर्ने बस्तुगत आवश्यकता पैदा ग¥यो । यसलाई बुझ्ने र आफुलाई त्यो स्तरमा उठाउने दृष्टिले चार पार्टीमा मतयक्य हुन सकेन । संयुक्त मोर्चाका आगामी काम कार्यमा केही समय अवरुद्धता पैदा ग¥यो । यसलाई छिचोल्दै तीन पार्टीले संयुक्त मोर्चालाई अगाडि बढायो । हाल नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले नयाँ उचाईमा संयुक्त मोर्चालाई अगाडि बढाई राखेका छौँ ।
हाम्रो देशको वर्तमान अवस्था जर्जर र संकटग्रस्त छ । सर्वभौमिकता र स्वाधीनता माथि साम्राज्यवादी र विश्व पूँजीवादीहरूको हस्तक्षेप डरलाग्दो र नाङ्गो रुपमा भैराखेको छ । संसदीय चुनाव, प्रचण्ड सरकार गठन र हाल राष्ट्रपतिको चुनाव केन्द्रित अमेरिका, युरोपियन यूनियन र भारत लगाएतका प्रतिनिधिहरूको एक पछि अर्को भ्रमण र नेपालमा गरिएका हर्कतले यस कुराको आकाट्य पुष्टि गर्दछ । एकाइसांै शताब्दीको बहु धुर्वीय विश्वको चरित्रले शक्ति राष्ट्रहरूबीच दुश्मनीपूर्ण अन्तरविरोध बढ्दै गएको छ । साम्राज्यवादी शक्तिहरू नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन एवं जनक्रान्तिको बढ्दो प्रभावका विरुद्ध नेपाललाई आफ्नो नव औपनिवेशिक चंगुलमा राख्ने रणनीति अख्तियार गरिराखेका छन् । राष्ट्रिय राजनीतिमा दलाल संसदीय व्यवस्थाका संसदवादी दल र तिनका नेताहरू सत्ता र कुर्सीको खेलमा आफ्ना रहल पहल राजनैतिक मूल्य मान्यतालाई एक पछि अर्को तिलाञ्जली दिदै गएका छन् । संसदीय चुनावमा बनेको गठबन्धन प्रचण्ड सरकार बन्ने बेला तोडिनु र प्रचण्ड सरकार बन्ने बेला बनेको गठबन्धन राष्ट्रपति चुनावको क्रममा भत्किनु यसैका ज्वालन्त उदारणहरू हुन । यी घटना र अवस्थाले दलालहरूलाई साम्राज्यवादीका अगाडि नाङ्गो आत्मसमर्पणतिर धकेलीराखेको छ । परिणाम स्वरुप आगामी दिनमा देश भयानक अस्थिरताको शिकार बन्ने छ । निगम पूँजीको हस्तक्षेप, दलाल पूँजीको भ्रष्ट, कमीसन खोर, चर्को व्याजदर, मुल्यवृद्धि र चक्रवृद्धि शोषणका कारण देशको अर्थतन्त्र टाट उल्टिन थालेको छ । विकास निर्माण त टाढाको कुरा, दलाल राज्यले आफ्नो प्रशानिक खर्च समेत धान्न नसक्ने अवस्थामा पुग्दैछ । कर्मचारी प्रशासन आगामी तलव खान नपाइने आतङ्कले प्रताडित हुन थालेको छ । सामाजिक असुुरक्षा बेरोकटोक छ । विकास निर्माण राज्यले भट्याउने विषयमात्र बनेको छ । राज्यका सबै सुचक र सूचकाँकहरूले देश गम्भीर संकटको अवस्थाबाट गुज्रिरहेको पुष्टि गर्दछन् ।
दलाल पूँजीपति वर्गको नेतृत्व रहेको सत्ता, संसदीय व्यवस्था र यसका संचालकहरूका कारण देश, नेपाली जनता र जनताको जीवीका कहाली लाग्दो अवस्थामा छ । चार क्रान्तिकारी कम्युष्टि पार्टी हुनुले यो संकटको जनक्रान्ति मार्फत सामाधान दिनु वर्तमान राष्ट्रिय राजनीतिको अहं दायित्व हुन गएको छ । यस महान र ऐतिहासिक कार्यलाई सम्पादन गर्न नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको एकता र धुर्वीकरणको वस्तुगत आवाश्यकतालाई सम्वोधन गर्ने तहसम्म आफुलाई तयार पार्नै पर्दछ । साम्राज्यवाद र दलाल पूँजीवादले देश र नेपाली जनतामाथि थोपरेको राष्ट्रिय संकटबाट मुक्त गर्न शतिशाली जनक्रान्तिको तयारीको मजबुद हतियारको रुपमा संयुक्त मोर्चालाई सुदृढ, गुणात्मक र व्यापक बनाउनु वर्तमान आवश्यकता बन्न पुगेको छ । परिस्थिति र विषयको यही गम्भीर्यतालाई मध्यनजर गरी चार क्रान्तिकारी कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा तयार पारिएको छ ।

१) संयुक्त मोर्चाको स्वरुपः

  • चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयु्क्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने र नेपालमा दलाल पूँजीवादी सत्ता एवं दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरी नेपाली शोषित वर्ग र उत्पीडित समुदायको राज्य व्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार हो । नेपाली जनक्रान्तिको आगामी आवश्यकतामा यस संयुक्त मोर्चालाई व्यापक साम्राज्यवाद र दलाल पूँजीवाद विरोधी सम्पुर्ण नेपाली जनताको संयुक्त मोर्चामा विकास गरिने छ ।
  • संयुक्त मोर्चामा साम्राज्यवाद, दलाल पूँजीवाद र सामन्तवाद विरोधी राजनीतिक शक्ति, समु्ह र स्वतन्त्र व्यक्तित्व सहभागी हुने छन् ।
    -यस संयुक्त मोर्चाको नाम समाजवादी, देशभक्त मोर्चा हुने छ ।
  • नेपाली श्रमिक जनताको राज्य व्यवस्था स्थापना गर्ने जनक्रान्तिको साधन भएकोले संयुक्त मोर्चाको केन्द्रीय समिति हुने छ । केन्द्रीय समितिमा अध्यक्ष मण्डलको व्यवस्था हुने छ । अध्यक्ष मण्डलमा पार्टीका प्रमुख नेतृत्व रहने छन् । अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने छ । अध्यक्षको कार्यवधी एक वर्षको हुने छ ।
    ख्) संयुक्त मोर्चाको केन्द्रीय, प्रदेश र जिल्लाको निकाय रहने छ । आवश्यकतामा स्थानीय तहसम्म गठन गर्न सकिने छ ।
  • संयुक्त मोर्चाको केन्द्रीय समितिको आकार १५–२१ जना र प्रदेश तथा जिल्लाको आकार ११ देखि १५ जनासम्मको हुने छ ।
  • केन्द्रीय समिति गठन चार पार्टीले पठाएका प्रतिनिधि, चार पार्टीले निर्णय गरेको संगठन र स्वतन्त्र व्याक्तित्वहरूबाट गरिने छ । सार्वभौम पार्टी र सहअस्तित्वको सिद्धान्तको आधारमा चार पार्टीको समान संख्यामा प्रतिनिधित्व रहने छ । पार्टीहरूले प्रतिनिधि पठाउँदा एक तिहाई महिला अनिवार्य पठाउनु पर्नेछ । श्रमिक समुदाय÷दलित, जनजाति, मुस्लिम र उत्पीडित क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरिने छ ।
  • संयुक्त मोर्चाको केन्द्रीय कार्यालयको कामको व्यवस्थापन गर्न १ जना सचिव रहने छ । आवश्यकतामा प्रदेश र जिल्लामा पनि बनाउन सकिने छ ।
  • संयुक्त मोर्चाले गर्ने निर्णयमा सहमतीय पद्धति अवलम्बन गरिने छ ।

३) संयुक्त मोर्चाको कार्यक्रमः
क) राष्ट्रिय स्वाधीनता सम्बन्धीः

  • अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिको अंग ःऋऋ र क्एए का विरुद्ध संघर्ष गर्ने र खारेज गर्ने ।
  • भारतीय साम्राज्यवादसंग गरिएका सन् १९५०, गोर्खा भर्ति, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेश्रो, पश्चिम सेती जस्ता असमान सन्धीहरू खारेजी गर्ने र कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्ता लगायत अतिक्रमित भूमि फिर्ता गर्ने ।
  • अमेरिकी, भारतीय लगायत सवै खाले साम्राज्यवादी हस्तक्षेप विरुद्ध संघर्ष गर्ने र देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गर्ने ।
    ख) वैज्ञानिक समाजवाद÷जनवाद सम्बन्धीः
  • दलाल पूँजीवादी राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्य गरी नेपालका मजदुर, किसान, मध्यम वर्ग, राष्ट्रिय पूँजीपति वर्ग, महिला, श्रमिक समुदाय÷दलित, जनजाति, मधेशी, मुस्लीम र उत्पीडित क्षेत्रका जनताको राजनीतिक अधिकारका निम्ति संघर्ष गर्ने, नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै शोषित वर्ग एवं उत्पीडित समुदायको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने ।
  • दलाल, भ्रष्ट, कमिशनखोर, बैंकको चर्कोे ब्याज, लघुवित्तीय संस्थाको लुटपाट, वहुसंख्यक वित्तीय सहकारी शोषण, मिटर ब्याज र मनपरी घरभाडा वृद्धिका विरुद्ध संघर्ष गर्ने ।
  • दलाल पुँजीपति, भु–माफियाको कब्जा र सामन्ती भु–स्वामित्वको अन्त्य गरी भूमिहीन किसानहरूलाई जग्गा वितरण गर्ने, मध्यम किसानहरूको हित संरक्षण गर्ने र जमिनमाथि नेपाली श्रमीक जनताको स्वामित्व कायम गर्ने ।
  • निगम पूँजीवाद र दलाल पुँजीवादको नियन्त्रणमा रहेका उद्योगधन्दालाई नेपाली जनताको नियन्त्रणमा ल्याउने ।
    ख्) राष्ट्रिय पूँजी, राष्ट्रिय उद्योगधन्दा र राष्ट्रिय पूँजीपतिको हितलाई संरक्षण गर्ने । राज्यको स्वामित्वमा रही आएका उद्योगहरू संचालनको पक्षमा संघर्ष गर्ने ।
  • मजद्ुर वर्ग विरोधी ऐन, कानुन, ठेक्का र करार लगायतका प्रावधानहरूको खारेज गरी मजदुरको रोजगारी, ज्याला र सुविधानको व्यवस्था गर्ने र मजदुर पक्षीय कानुन निमार्णका निम्ति संघर्ष गर्ने ।
  • नेपाली जनताको आधारभूत आवश्यकता गास, वास, कपास, वेरोजगार युवाहरूलाई देशभित्र रोजगारीको व्यवस्था, संचार, यातायात र विदेशमा अलपत्र परेका श्रमीकहरूको पक्षमा संघर्ष गर्ने । शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण र व्यापारिकरण विरुद्ध संघर्ष गर्ने ।
  • साम्राज्यवादी निगम पूँजीको एकाधिकार अन्त्य गरी स्वतन्त्र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका निम्ति संघर्ष गर्ने ।
    -जनक्रान्ति र जनसंघर्षको कालमै वैज्ञानिक समाजवादी सत्ता, वैज्ञानिक समाजवादी अर्थ व्यवस्था र वैज्ञानिक समाजवादी संस्कृतिको अभ्यास आरम्भ गर्ने ।
  • बन्दी रिहा र झुट्टा मुद्दा खारेजीका लागि तीन बुँदे सहमति लागु गराउन संघर्ष गर्ने ।
  • महिलामाथिको शोषण, असमानता, बलात्कार, हत्या, हिंसा लगायत विविध सामन्ती प्रथा विरुद्ध संघर्ष गर्दै दलाल पुँजीवादी पृतिसत्ताको अन्त्य गर्ने ।
  • श्रमिक समुदाय÷दलितमाथिको जातीय विभेद र छुवाछुत विरुद्ध संघर्ष गर्ने । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक शोषण, उत्पीडन र विभेदका विरुद्ध संघर्ष गर्दै जातव्यवस्थाको अन्त्य गर्ने ।
  • जनजाति, मधेषी, मुस्लिम र क्षेत्रीय रुपले उत्पीडन एवं विभेदमा परेका जनताको पूर्ण राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारको निम्ति संघर्ष गर्ने ।
    -नेपाली किसानहरूको उत्पादन माथिको विचौलियाहरूको नियन्त्रण अन्त्य गर्दै उत्पादित वस्तुको भण्डारण, ढुवानी र बजार व्यवस्थाका समस्या विरुद्ध संघर्ष गर्ने ।
  • साम्राज्यवादी एवं दलाल पुँजीवादी छाडा, अश्लिल, उपभोक्तावादी र सामन्ती रुढीवादी संस्कृतिका विरुद्ध संघर्ष गर्दै नेपाली श्रमिक जनताको वैज्ञानिक समाजवादी संस्कृति स्थापना गर्ने ।
  • नेपाली जनताको परम्परागत वौद्धिक सम्पति र पर्यावरण रक्षाको निम्ति संघर्ष गर्ने ।
  • शहीद, वेपत्ता योद्धा, घाइते र पुर्व जनमुक्ति सेनाको मुद्धालाई लिएर संघर्ष गर्ने ।
  • समाजको ९७ प्रतिशत भन्दा माथि श्रमजीवी जनताको सम्पुर्ण अधिकार र समानताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका विरुद्ध समाजका ३ प्रतिशत भन्दा कम मुठ्ठिभर शोषक मान्छेहरूको स्वार्थको प्रतिनिधित्व गर्ने पुँजीवादी व्यवस्था (नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था) लाई कथित लोकतन्त्रको जामा पहि¥याउने साम्राज्यवाद र विश्व पुँजीवादी विभ्रमका विरुद्ध संघर्ष गर्दै वहुसंख्यक श्रमीक जनताको अभिव्यक्ति, संगठित हुने र चुन्ने चुनिने जनवादी व्यवस्था लागु गरिने छ ।
  • विश्वका श्रमजीवी जनताको मानव अधिकारलाई साम्राज्यवादी एवं पुँजीवादी डाँकाहरूको फाँसीवादी शासनको पैतलाले कुल्चेर मानव अधिकारको दुहाई दिने साम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध संघर्ष गर्ने ।
    -१० वर्षको महान जनयुद्ध, १९ दिनको ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन र एकीकृत जनक्रान्ति लगायत सबै प्रकारका न्यायपूर्ण जनसंघर्षमा सहादत प्राप्त गर्ने महान शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा र शहीद परिवारको राहत तथा व्यवस्थापनका निम्ति संघर्ष गर्ने ।
    -जेष्ठ नागरिक, युवा, वालवालिका र अपांगता भएका नागरिकको हकहितको निम्ति संघर्ष गर्ने ।

ग) जनजीवीका सम्बन्धीः
-नेपाली जनताको दैनिक उपभोग्य वस्तुमा भएको आकासिदो मुल्यबृद्धि विरुद्ध संघर्ष गर्ने ।
-गुणस्तर र विषादी जाँच नगरी भित्र्याइने भारतीय लगायत अखाध्य वस्तुको आयात विरुद्ध संघर्ष गर्ने ।

घ) संघर्षको कार्यक्रम सम्बन्धीः
-आगामी संघर्षको कार्यक्रम संयुक्त मोर्चाले विकास गर्ने छ ।

द्रष्टव्यः मोर्चाको केन्द्रीय समितिको गठन र कार्यक्रम आगामी वैठकबाट तय गरिने छ ।’

प्रतिक्रियाहरु

[anycomment]