नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस साताव्यापीरुपमा मनाउने

२०७९ फाल्गुन ३० गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस साताव्यापीरुपमा मनाउने बताएको छ । सो पार्टीको मंगलबार सम्पन्न स्थायी समितिको बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्त्थापना भएको दिन २२ अप्रिलको अवसरमा साताव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको बताइएको छ ।
साेभियत संघ रुसको समाजवादी क्रान्तिका एकजना सुत्रधार तथा मार्क्सवादी सिद्धान्तको प्रयोगकर्ता महान लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपालमा पुष्पलाल श्रेष्ठले नेकपाको स्थापना गरेका थिए । विगतमा लेनिन जयन्तीको अवसरमा मनाइदै आएको कार्यक्रमलाई साताव्यापी रुपमा मनाइने निर्णय भएको स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले बताए।

प्रतिक्रियाहरु

[anycomment]